समाचार

    Showing 16,701-16,710 of 25,891 items.
  • डुवान क्षेत्रमा पानी घटे पनि विस्थापितहरू सडकमै

    कैलाली- कैलालीको डुबान प्रभावित क्षेत्रमा बाढी घटे पनि विस्थापितहरु सडकमा बस्न बाध्य छन् । डुबान भएको घर हिलाम्मे भएका कारण उनीहरु सडकमा बस्न बाध्य भएका हुन् । हिजो मोहना, पथरैया, कान्द्रा, काँढा नदीमा आएको बाढीले सो पालिका जलमग्न भएको थियो । बाढीले १ देखि ९ वडासम्म डुबान गरेपछि चार हजार ३२७ परिवार प्रभावित भएका थिए । प्रभावितमध्ये ७५० परिवार विस्थापित भएर हुलाकी राजमार्ग र आफन्तको घरमा आश्रय लिएको जनाइएको छ । बाढी घटे पनि कतिपय विस्थापित अझै सडकमा बसिरहेको भजनी नगरपालिकाको विपत् व्यवस्थापन स्रोत व्यक्ति विष्णु न्यौपानेले जानकारी दिए । बाढी घटे पनि घरभित्र हिलो छ । मान्छेहरु घरसम्म आ

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 371 पटक पढिएको
  • नेपाली सेनामा खुल्यो २८० जनालाई जागिर

    काठमाडौं- नेपाली सेनामा २८० जनालाई जागिर खुलेको छ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो । भर्ना छनोट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ । फारम भरी सो को प्रिन्ट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेस गर्न आह्वान गरिएको छ ।  आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 410 पटक पढिएको
  • कैलालीमा १५० घर डुबानमा, १९ परिवार विस्थापित

    काठमाडौं— बुधबार र बिहीबारको वर्षाले कैलालीका विभिन्न बस्ती डुबानमा परेका छन् ।  एक हजार ५८ घरधुरी डुबानमा परेकोमा १९ घरधुरीका एकसय दुई व्यक्ति विस्थापित भएका प्रशासनले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकाको ३, ४, ५, ८, ७ र ९ नम्बर वडा, घोडाघोडी नगरपालिकाको वडा ५ र ९, गौरीगङ्गा नगरपालिका–९ र कैलारी गाउँपालिका–५ का बस्ती डुबानबाट प्रभावित भएको छ । भजनीका १४ र कैलारीका पाँच परिवार विस्थापित भएका हुन् ।बाढीले भजनीको जनजीवन प्रभावित बनेको छ । तस्बिर : झलनाथ खनाल / राससविस्थापित कतिपय परिवार अग्लो भागमा रहेको हुलाकी राजमार्ग खण्डमा त्रिपाल टाँगेर बसेका छन् । कैलारीक

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 514 पटक पढिएको
  • सर्वोच्चको आदेशले जोगियो प्रहरीका १०८ अधिकृतको जागिर

    काठमाडौं— सर्वोच्च अदालतले ३० वर्षे सेवाअवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश जारी गरेको छ ।सर्वोच्च अदालतले एक दशकअघि नै प्रहरीको निवृत्तिभरण र अवकाशसम्बन्धी ऐनमा राख्न निर्देशनात्मक आदेश जारी गरेको थियो । २०७० साल चैतमा सर्वोच्चको विशेष इजलासले प्रहरी कर्मचारीको नियुक्ति, निवृत्तिभरण र अवकाशसम्बन्धी व्यवस्था ऐनमा राख्न निर्देशनात्मक आदेश दिएको थियो । यो आदेशले नेपाल प्रहरीका  १०८ अधिकृतको जागिर जोगिएको छ । 

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 364 पटक पढिएको
  • टिकटकले मापदण्ड पूरा गर्‍यो कि आर्थिक चलखेल भयो ?

    काठमाडौं— पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टिकटक खुलाउनुको पछाडि आर्थिक चलखेल भएको हुनसक्ने आशंका गरेको छ। दाहाल नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तत्कालीन सरकारले टिकटकलाई मुख्यतः तीन बुँदे मापदण्ड पूरा गर्न परिपत्र नै पठाएको थियो। टिकटकले मापदण्ड पूरा नगरेपछि दाहाल नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको थियो।प्रतिबन्ध भएको ९ महिनापछि केपी शर्मा ओली नेतृत्वको सरकारले बिहीबार टिकटकमाथि लगाइएको प्रतिन्ध फुकुवा गरेको हो। ओली नेतृत्वको सरकारले टिकटकाथिको प्रतिबन्ध फुकुवा गरेपछि दाहालले आशंका व्यक्त गरेका हुन

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 832 पटक पढिएको
  • संसदीय छानविन समितिले आज रवि लामिछानेको वयान लिने

    काठमाडौं— सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्वगृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वयान लिने भएको छ । लामिछानेको वयान अघि पूर्वडीआईजी छविलाल जोशीको वयान लिने तयारी समितिको छ । दुई ठूला सहकारी संस्थाको बचत रकम लगानी गरिएको तत्कालीन गोर्खा मिडिया नेट्वर्कमा रवि लामिछानेका साझेदार रहेका जोशीलाई वयान लिन आज ११ बजे बोलाएको समितिले जनाएको छ ।उनको वयान सकिएलगत्तै पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई वयानका लागि बोलाइएको समिति सभापति सूर्य थापाले बताएका छन् ।गोर्खा मिडिया नेट्वर्कमा छवि, रवि लामिछाने र हाल फरार

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 643 पटक पढिएको
  • यी हुन स्टार्टअप कर्जाका लागि प्राथमिकतामा रहेका १९ क्षेत्र

    काठमाडौं— सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयनमा ल्याएको कार्यविधिले स्टार्टअप गर्न चाहनेलाई मार्ग प्रशस्त गरेको छ । कार्यविधिले नवप्रवर्तनमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहज वातावरणसँगै रोजगारी र लगानीको थप क्षेत्रसमेत पहिचान गरेको छ ।कार्यविधिअनुसार परियोजना धितो राखेर पाँच लाखदेखि २० लाख रुपैयाँसम्म कर्जा पाइन्छ । त्यसमा तीन प्रतिशत मात्रै ब्याज लाग्नेछ । वस्तु–सेवा र प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणमा नवीन अन्वेषण एवम् सिर्जनशील सोचको प्रयोगगरी व्यवसायका रुपमा सञ्चालन भ

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 385 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक\दुई स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 384 पटक पढिएको
  • १७ वर्षभन्दा कम उमेरमा विवाह गर्नेको संख्या ७४ हजार २७२

    काठमाडौं— कानुनले २० वर्ष नपुगी विवाह गर्न निषेध गरे पनि देशमा कम उमेरमै घरजम गर्नेको संख्या ठूलो रहेको तथ्यांकले देखाएको छ।राष्ट्रिय जनगणना, २०७८ को बालबालिकासम्बन्धी तथ्यांकीय प्रतिवेदनले ७४ हजार २ सय ७२ जनाले १० देखि १७ वर्षको उमेरमै विवाह गरेको देखाएको हो। यसले देशमा बालविवाहको समस्या गम्भीर रहेको देखाएको छ।तथ्यांकअनुसार २० देखि २४ वर्ष उमेर पुगेका विवाहित बालबालिकालाई सोधिएको विवाहको उमेरसम्बन्धी प्रश्नअनुसार १४.१ प्रतिशत उत्तरदाताले आफ्नो विवाह १८ वर्ष नपुग्दै भएको उत्तर दिएका छन्। जसमध्ये २१.९ प्रतिशत बालिका छन्। यसले प्रत्येक पाँचमध्ये एक बालिकाको १८ वर्षको उमेर नपुग्दै विवाह भइरहेको द

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 351 पटक पढिएको
  • ३० वर्षे सेवाहदविरुद्ध २१ प्रहरी अधिकृतले सर्वोच्चमा हाले मुद्दा

    काठमाडौं— सेवाहदका आधारमा अन्यायपूर्वक अवकाश दिन लागिएको भन्दै नेपाल प्रहरीका २१ प्रहरी अधिकारीले सर्वाेच्च अदालतमा रिट दर्ता गराएका छन्। ३० वर्षे सेवा अवधिका कारण आगामी १५ भदौदेखि अवकाशमा जान लागेका पाँच एसएसपीसहितका अधिकृतले अन्तरिम आदेशको माग गरी रिट दायर गरेका हुन्। पाँच एसएसपी, ६ एसपी, सात डिएसपी र तीन इन्स्पेक्टरले बुधबार रिट दायर गरेका छन्। एसएसपीहरू जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, दिनेशराज मैनाली, बेलबहादुर पाण्डे र रवीन्द्र रेग्मी तथा एसपीहरू कृष्ण प्रसाईं, अवदेश विष्ट, लक्ष्मीराज अधिकारी, प्रेम बस्नेत, राजेन्द्रबाबु रेग्मी र नरेन्द्र कार्कीले रिट दायर गरेका हुन्। सर्वोच

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 433 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.