काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान र कानुनलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्न खोजिरहेको आरोप लगाएका छन् ।पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले चालु वर्षमा डेढ सयभन्दा बढी कानुन संशोधन गर्ने तयारी गरेको भन्ने विषय सार्वजनिक भएको उल्लेख गर्दै कानुन सुधारका नाममा दुरुपयोग हुन सक्ने जोखिमप्रति सचेत हुनुपर्ने बताए ।‘कानुनमा सुधार र संशोधन आवश्यक हुन्छ । तर जुन दृष्टिकोणका साथ सरकार अघि बढिरहेको छ, त्यसले गर्ने हेरफेर कानुन सुधारका लागि हो कि दुरुपयोगका लागि हो भन्ने कुरामा ध्यान दिनुपर्छ,’ उनले भने ।उनले क
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद भूमिका श्रेष्ठले देशभरका बाल सुधार गृहको अवस्था सन्तोषजनक नरहेको भन्दै सुधारका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएकी छन्। सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले भक्तपुर, रूपन्देही र कास्कीस्थित बाल सुधार गृहको अनुगमनपछि तयार गरिएको प्रतिवेदनले पूर्वाधार, सुरक्षा र व्यवस्थापनमा गम्भीर कमजोरी देखाएको जानकारी दिइन्। श्रेष्ठका अनुसार रूपन्देहीस्थित बाल सुधार गृहको अवस्था अत्यन्तै कमजोर रहेकाले त्यहाँ रहेका बालबालिकाको व्यवस्थापनका लागि गृह मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयबीच समन्वय
काठमाडौं / फिफा विश्वकप २०२६ को फाइनल खेलअघि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले टोलीको एकता र आपसी सम्बन्धबारे भावुक सन्देश दिएका छन् । साविक विजेता अर्जेन्टिनाले आइतबार न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक मार्टिनेजले सामाजिक सञ्जाल ‘एक्स’ मा अर्जेन्टिना टोलीको तस्बिर सार्वजनिक गर्दै टोलीभित्रको बलियो सम्बन्ध र एकताप्रति गर्व व्यक्त गरेका हुन् ।उनले लेखेका छन,‘यो उत्कृष्ट समूह हो । मानवीय पक्षलाई शब्दमा वर्णन गर्न सकिँदैन । सबै जना, साँच्चै सबै जना, यो राष्ट्रिय टोलीका लागि हरेक सानो कुरामा पनि अगाडि
काठमाडौं / विद्युत् खरिद–बिक्री सम्झौता पीपीए भइसकेका तर अझै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति आरसीओडी थप गर्ने तयारी गरिएको छ ।नेपाल विद्युत् प्राधिकरणले निर्माणको अवस्था, पीपीएमा उल्लेखित दायित्व पूरा गरेको अवस्था र भौतिक प्रगतिका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गरी आरसीओडी व्यवस्थापन गर्ने तयारी गरेको हो ।असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए भएका तर सञ्चालनमा आउन नसकेका आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ समूहमा वर्गीकरण गर्ने निर्णय गरेको छ ।समूह ‘क’ मा समयमै अघि बढिरहेका आयोजनाआरसीओडी अवधि समाप्त नभएका
काठमाडौं / काठमाडौं उपत्यकाका नदीकिनारबाट हटाइएका सुकुम्बासी परिवारहरूको दीर्घकालीन पुनर्स्थापनाको स्पष्ट योजना अझै सार्वजनिक नभए पनि सरकारले उनीहरूलाई स्थायी बसोबास रहेको स्थानीय तहमा फर्काउने प्रक्रिया अघि बढाएको छ।भूमि समस्या समाधान आयोगका अनुसार हालसम्म २३ परिवारलाई सम्बन्धित स्थानीय तहमा पठाइसकिएको छ। अन्य परिवारको विवरण संकलन तथा व्यवस्थापनको काम जारी रहेको आयोगले जनाएको छ। सरकारले हाल होल्डिङ सेन्टरमा रहेका परिवारलाई क्रमशः उनीहरूको स्थायी ठेगानामा पठाउने रणनीति अपनाएको छ। यद्यपि, पुनर्स्थापनासँगै रोजगारी, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवाको सुनिश्चितता गर्नुपर्ने आवश्यकता रह
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताएका छन् । आइतबार ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले थापाले सबै निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको बताए ।‘पटक पार्टीको वैधानिक संरचनामा हामीले प्रत्येक वडाबाट प्रतिनिधिहरू छानेर आउँदै गर्दाखेरी ३० वर्षभन्दा मुनिको यति संख्यामा हुनैपर्छ भनेर हामीले क्रियाशीलबाट छानिने प्रतिनिधिहरूबाटै छानेर बनाएका छौँ,’ उनले भने, ‘त्यसै गरिकन ३५ वर्षभन्दा मुनिक
काठमाडौं / फिफा विश्वकप फाइनलअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अर्जेन्टिना टोलीलाई शुभकामना दिँदै आफ्नो समर्थन रहेको बताएका छन्।इजरायलका लागि अर्जेन्टिनाका राजदूत तथा रब्बी शिमोन एक्सेल वाहनिशसँगको भेटमा नेतन्याहुले अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईको शुभकामना सन्देश प्राप्त गरेका थिए। त्यसको प्रत्युत्तरमा उनले मिलेईलाई आफ्नो ‘सच्चा मित्र’ भन्दै अर्जेन्टिना र त्यसका जनताप्रति समर्थन व्यक्त गरेका हुन्।राजदूत वाहनिशका अनुसार नेतन्याहुले भने, “हाभियर, तपाईं मेरो सच्चा मित्र हुनुहुन्छ। हामी अर्जेन्टिनालाई समर्थन गर्छौं, भोलिको विश्वकप फाइनलमा पनि शुभकामना छ।”आइतबार हुने स्प
काठमाडौं। देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले शनिबार पनि अधिकांश क्षेत्रमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसमविद्का अनुसार आज विशेषगरी कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।पछिल्लो एक घण्टामा नवलपरासी ९परासी० क्षेत्रमा २७।४ मिलिमिटर र कञ्चनपुरमा २५।८ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानसहित अन्य प्रदेशका थोरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।काठमाडौं उपत्यकामा भने दिनभर लगातार
काठमाडौं। अविरल वर्षापछि खोटाङमा उर्लिएका खहरे खोलाले दुई जनाको ज्यान लिएको छ। शनिबार साँझ आएको बाढीमा परी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको हो।प्रहरीका अनुसार, आफन्तको घरबाट फर्किने क्रममा छाँगे खोलामा आएको बाढीले बगाएकी शान्ता राई राति अबेरसम्म घर नफर्किएपछि स्थानीयले खोजी गरेका थिए। खोजतलासका क्रममा उनको शव खोलामा फेला परेको नेर्पाका वडाध्यक्ष माधव राईले जानकारी दिए।यस्तै, केपिलासगढी गाउँपालिका–४ स्थित गाइखुरे खोल्सीमा आएको बाढीले बगाएका पर्शुराम परियारको शव पनि खोजीका क्रममा घटनास
काठमाडौँ / नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ ।यससम्बन्धी आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले मन्त्रालयले विज्ञ, विशेषज्ञ तथा सरोकारवालाहरूबाट लिखित सुझाव माग गरेको हो । मन्त्रालयले जारी गरेको सूचना अनुसार, हाइड्रोजन प्रविधिको प्रयोगका लागि अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड, निर्देशिका र आवश्यक जनशक्ति विकाससम्बन्धी विषयमा सुझावहरू संकलन गर्न लागिएको हो ।यस प्रक्रियामा विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग,
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.