समाचार

    Showing 13,691-13,700 of 25,809 items.
  • प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका पक्राउ

    झापा । झापाको बाह्रदशी गाँउपालिका-५ स्थित बिक्रम बिकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका ३९ वर्षीय बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ गते मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरु बिक्री बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पसलमा चेकजाँचको क्रममा ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाईक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट बरामद गरेको हो । प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित पक्राउ परेकी उनको थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 358 पटक पढिएको
  • स्कोर्पियो दुर्घटनामा दमक नपाका कानुन अधिकृत बस्नेतको मृत्यु, ६ घाइते

    झापा ।  उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–३ का ५५ वर्षीय माधव बस्नेत रहेका छन् । उनी दमक नगरपालिकाका कानुन अधिकृत हुन् । दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान दोङका अनुसार मदन भण्डारी लोकमार्गबाट पश्चिमबाट पूर्व जाँदै गरेको मे १ च ३०४० नम्वरको स्कारपियो गाडी बिहीबार दुर्घटनामा परेको हो । दुर्घटनामा परेको स्कारपियोमा सवार माधब बस्नेत उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको थियो । चालक झापा दमक नगरपालिका–९ का वर्ष ३८ का

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 596 पटक पढिएको
  • भाइरल पेस्तोल डान्स प्रकरणः ‘पेस्तोल’ बरामद, नेतृ बबीले दिइन प्रहरीमा स्पष्टीकरण

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा.  बबी सिंह यादवले पड्काएको भनिएको पेस्तोल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले आज दिउँसो मलंगवा नगरपालिका वडा नम्बर ५ स्थित अञ्जनी कुमारको घरबाट उक्त उपकरण बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बरामद भएको वस्तुको मुचुल्का उठाउने काम भइरहेको र उक्त काम सकिएपछि परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशाला पठाइने बताए । डीएसपी राईका अनुसार यो घटना वैशाख ११ गते मलंगवा नगरपालिका–५ बस्ने बसन्त कुमारकी छोरी कोमल सुप्रियाको विवाहको हल्दी कार्यक्रममा भएको थियो ।प्रहरीले उक्त घ

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 369 पटक पढिएको
  • कर्मचारी परिषद् र शिक्षक महासंघका पदाधिकारीबीच चर्काचर्की भएपछि समापन कार्यक्रम स्थगित

    काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच चर्काचर्की भएपछि समापन कार्यक्रम स्थगित भएको छ ।सरकारसँग बुधबार सहमति भएपछि महासंघले विहीबार (आज) मध्यबानेश्वरको रत्नराज्यलक्ष्मी माविमा समापन तथा शुभकामना कार्यक्रम राखेको थियो । तर, विद्यालय कर्मचारी परिषद्का कमर्चारी सहमतिप्रति असन्तुष्टि जनाएपछि कार्यक्रम स्थगित गरिएको हो ।विद्यालय कर्मचारी परिषद्ले कर्मचारीका विषय पनि सहमतिमा समेट्नुपर्ने र बढाउने भनिएको सेवासुविधाको रकम स्पष्ट खुलाउनुपर्ने माग राखेको छ ।

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 446 पटक पढिएको
  • शिक्षक महासंघ र सरकारबीचको सहमतिमा कर्मचारीको असहमति

    काठमाडौं— नेपाल विद्यालय कर्मचारी परि परिषद्ले हिजो सरकारसँग भएको शिक्षक र सरकारबीचको सहमतिमा असन्तुष्ट जनाउँदै असहमति जनाएको छ। परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै असहमति जनाएको हो।परिषद्ले परिषद्‌को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना गरेको छ।‘नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९ औं दिन प्रश्चात २०८२/०१/१७ गतेका दिन नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको ब्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्‌को

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 551 पटक पढिएको
  • जसपा नेत्रीको पेस्तोल डान्स भाइरल भएपछि सोधपुछका लागि प्रहरीले बोलायो

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ बाहिरिएसँगै प्रहरीले अनुसन्धान कार्य अघि बढाएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि यसबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिए । यद्यपी उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने विषयमा भने खुलिनसकेको उनले बताए ।भिडिओ सार्वजनिक भएपछि सोधपुछका लागि सिंहलाई बोलाइएको उनको भनाइ छ । ‘हामीले उहाँलाई बोलाइसकेका छौं । उहाँ पनि आउछु भन्नु भएको छ । त्यसपछि यसको वास्तविकता आउला’, एसपी ढकालले भने ।सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की याद

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 327 पटक पढिएको
  • पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान भण्डारी र भुर्तेललाई

    काठमाडौं— मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम तत्कालीन राजा महेन्द्रलाई प्रदान गरेको विरोधमा आवाज उठाउँदा जेल परेका दुई व्यक्तिलाई यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गरिने भएको छ ।पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम २०२८ सालमा तत्कालीन युवराज बीरेन्द्र बीर बिक्रम शाहमार्फत २५ लाख रुपैयाँ महेन्द्रलाई पठाइएको थियो । सो क्रममा याम भण्डारी (मेचीनगर) र दिव्य भुर्तेल (भद्रपुर) ले विरोध जनाउँदा उनीहरुलाई पक्राउ गर्दै चरम यातना सहित जेल चलान गरिएको थियो ।उनीहरुको सहासिक कदमको उच्च सम्मान गर्दै जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ पुर

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 188 पटक पढिएको
  • रेशम चौधरी प्रकरणः कारागारसम्म पुर्याउने बिष्टलाई ३ कसुरमा मुद्दा चलाउन सवोच्चको पत्र

    काठमाडौं— नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्ने पत्र लेख्ने कर्मचारीलाई कारबाही गर्न सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान गर्न पत्राचार गरेको छ । बुधबार सर्वोच्च अदालतका शाखा अधिकृत देवराज भट्टराईले जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान गर्नका लागि भनेर पत्राचार गरेको हो ।पत्रमा शाखा अधिकृत महिमान सिंह विष्टले आफ्नो जिम्मेवारीभन्दा बाहिर गई अन्य पदाधिकारीलाई तोकिएको जिम्मेवारी ग्रहण गरी अदालतको लेटर प्याड, छाप र पदको दुरूपयोग गरी कारागार कार्यालय, डिल्लीबजारलाई पत्राचार गरेको देखिएको उल्लेख छ ।पत्र बोकेर उनी आफै कारागार कार्यालय डिल्लीबजार र जिल

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 305 पटक पढिएको
  • प्रधानमन्त्री ओली भन्छन श्रमिकको पसिनाले देश अगाडि बढेको छ, श्रम र श्रमिकलाई सम्मान गरौँ

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताएका छन् ।श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्दा व्यङ्ग्य सहनुपरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएका सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको बताउँदै प्रधान

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 367 पटक पढिएको
  • सशस्त्र प्रहरी बलले लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा

    काठमाण्डौ । सुनसरीमा लागूऔषध गाँजासहित सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले ७८३ किलो गाँजासहित ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ ।गाँजासहित पक्राउ परेका ट्रक चालक बराहक्षेत्र–१ निवासी ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाको सिदुवा नगरपालिका–६ निवासी १८ वर्षीय आकाश राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गको निशाने डाँडामा शंका लागेर जाँच गरिएको ट्रकमा २२ वटा पोका गाँजा फेला परेको थियो। बिना नम्बर प्लेटको देखिएको उक्त ट्रकमा पछि ना ७ ख २८१ नम्बर प्लेट समेत फेला परेको थियो ।उन

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 306 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.