झापा ।  उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–३ का ५५ वर्षीय माधव बस्नेत रहेका छन् । उनी दमक नगरपालिकाका कानुन अधिकृत हुन् । दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् । FB_IMG_1746111781538

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान दोङका अनुसार मदन भण्डारी लोकमार्गबाट पश्चिमबाट पूर्व जाँदै गरेको मे १ च ३०४० नम्वरको स्कारपियो गाडी बिहीबार दुर्घटनामा परेको हो । दुर्घटनामा परेको स्कारपियोमा सवार माधब बस्नेत उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको थियो । FB_IMG_1746111775945

चालक झापा दमक नगरपालिका–९ का वर्ष ३८ का देबेन्द्र तामाङ, वडा नम्वर १० का वर्ष ४९ का राजेन्द्रप्रसाद भण्डारी, वडाम्वर १ का वर्ष ४५ का  ज्ञानेन्द्र गौतम, वडा नम्वर ६ का वर्ष ५४ का कमल श्रेष्ठ,  वडा नम्वर २ का  वर्ष ३८ का नबिन खतिवडा, झापाकै गौरादह नगरपालिका–१ का वर्ष ५४ का  भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको डिएसपी दोङले जानकारी दिए । Screenshot_2025_0501_204640

उनका अनुसार चितवनबाट मकवानपुर हुँदै झापा तर्फ जाँदै गरेको थियो । स्कारपियो गाडी आँफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठक्कर दुर्घटनामा परेको थियो ।