काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच चर्काचर्की भएपछि समापन कार्यक्रम स्थगित भएको छ ।

सरकारसँग बुधबार सहमति भएपछि महासंघले विहीबार (आज) मध्यबानेश्वरको रत्नराज्यलक्ष्मी माविमा समापन तथा शुभकामना कार्यक्रम राखेको थियो । तर, विद्यालय कर्मचारी परिषद्का कमर्चारी सहमतिप्रति असन्तुष्टि जनाएपछि कार्यक्रम स्थगित गरिएको हो ।

विद्यालय कर्मचारी परिषद्ले कर्मचारीका विषय पनि सहमतिमा समेट्नुपर्ने र बढाउने भनिएको सेवासुविधाको रकम स्पष्ट खुलाउनुपर्ने माग राखेको छ ।