काठमाण्डौ । सुनसरीमा लागूऔषध गाँजासहित सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले ७८३ किलो गाँजासहित ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ ।
गाँजासहित पक्राउ परेका ट्रक चालक बराहक्षेत्र–१ निवासी ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाको सिदुवा नगरपालिका–६ निवासी १८ वर्षीय आकाश राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गको निशाने डाँडामा शंका लागेर जाँच गरिएको ट्रकमा २२ वटा पोका गाँजा फेला परेको थियो। बिना नम्बर प्लेटको देखिएको उक्त ट्रकमा पछि ना ७ ख २८१ नम्बर प्लेट समेत फेला परेको थियो ।
उनीहरूलाई ट्रक र गाँजासहित आवश्यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, इनरुवा पठाइएको छ।