धादिङ । धादिङको चैनपुर ७ का कक्षा १२ मा पढ्ने १९ वर्षिय जित बहादुर बयलकोटीले आफ्नो जीवन समाप्त गरेका छन । गरिब परिवारबाट रहेका उनी बैशाख २६ बाट सुरु हुने १२ को परिक्षाको लागि परिक्षा प्रबेश पत्र लिन स्कुल गएका थिए ।तर स्कुलका प्रिन्सिपलले पहिला पैसा लिएर आउ अनि मात्रै प्रबेश पत्र दिनेछौं भने पछी उनी साथीहरुकै अगाडी निराश हुँदै घर फर्किएका थिए ।सोही राती उनले आफ्नो जीवन समाप्त गरेको उनको परिवारले जनाएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मासिक रुपमा कर्जाको ब्याजदर समेत परिवर्तित आधार दरको आधारमा परिवर्तन गर्नुपर्ने व्यवस्था लागू गरेको छ । बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ लाई संसोधन गर्दै केन्द्रीय बैंकले यसअघि कायम एक त्रैमासमा एकपटक मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्न पाइने व्यवस्था हटाएको हो । यो सँगै अब मासिक रुपमा घटबढ हुने आधारदरसँगै पुराना र नयाँ कर्जाको ब्याजदर पनि घटबढ हुनेछ । विशेषतः पछिल्लो समय मासिक रुपमा घट्दो आधार दरका कारण पुराना ऋणिहरुले कर्जाको ब्याजदर घट्दा राहात पाउने अवस्था बन्नेछ । संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बजारलाई चलायमान बनाउन पुनर्कर्जा र कर्जाको पुनर्संरचना गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेको छ। सोमबार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसादलाई भेट गरी यस्तो आग्रह गरेको हो ।मौद्रिक नीति २०७९\८० को चौथो त्रैमासिक समीक्षाका लागि सुझाव प्रस्तुत गर्दै महासंघले निक्षेपको व्याजदर घटेसँगै कर्जाको व्याजदर पनि घटाउन आवश्यक उपकरण ल्याउन आग्रह गरेको छ। आर्थिक गतिविधिहरु शिथिल हुँदा उद्यमी व्यवसायीहरुमा ऋणको सावाँ ब्याज तिर्न सक्ने क्षमता कम हुँदै गएको, बैंकहरुको खराब कर्जा अनुपात पनि बढेकोले तत्काल पुन
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसदका रुपमा काम गर्न नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । यसअघि रवि लामिछानेको नागरिकताको विषयलाई लिएर सर्वोच्च गई उनको सांसद तथा मन्त्री पद खारेज गरिदिएका युवराज सफलले उपनिर्वाचनबाट रवि अत्याधिक मत सहित विजय भएर आएपछि फेरि उनलाई सांसदका रुपमा काम गर्न नदिन भन्दै सर्वोच्च गएका हुन् ।प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गर्दै रिट निवेदन बोकेर सर्वोच्च पुगेका सफलले आफूले विधी र कानुनी राज्यको हितका लािग यस्तो गरेको बताए ।रवि सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि न
काठमाडौं । नक्कली शरणार्थी प्रकरणको तरंगपछि नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरको अमेरिका भ्रमण रद्द भएको छ ।अमेरिकी सरकारको निमन्त्रणामा उनी सोमबार जाने कार्यक्रम तय भएको थियो। तर सरकारले नक्कली शरणार्थी प्रकरणको कारण देखाउँदै भ्रमण नजान भनेपछि नक्कली भुटानी शरणार्थी प्रकरणको तरंगपछि आईजीपी कुँवरको अमेरिका भ्रमण रद्द भएको छ।
काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ । प्रहरीलाई आफैं आउँछु भन्दै ढाँटेर भागेका रायमाझीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा प्रहरी प्रधान कार्यालयलले सबै जिल्लामा सर्कुलर गरेको हो ।भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर गत बुधबारदेखि रायमाझी फरार भएका छन् । पूर्व उप्रधानमन्त्री समेत रहेका रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको नेपाल प्रहरीले जनाएको छ ।
काठमाडौँ । प्रधानन्यायाधीश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस भएको छ । सोमबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशका लागि अहिलेका कामु प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको हो ।
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ।तीन दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ । जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने प्राधिकरणको भनाइ छ ।यो जहाजको ल्यान्डिङ गियरमा अस्ति शनिवार समस्या आएकोमा आज साेमवार फेरि त्यही समस्या दोहोरिएको थियो । प्राधिकरणले जहाजको मर्मतमा संलग्न इन्जिनियरलाई पनि सोधपुछका लागि ड्युटीबाट हटाएको छ ।आज बिहान भैरहवाबाट उडेको श्री एअरको जहाज बीच बाटोबाटै फर्किएर भैरहवामै अवतरण भएको थियो । जहाज अवतरण भए पनि पाङ्ग्रा लक हु
काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाली कांग्रेसका स्थानीय नेता विकाश कुमार ठाकुरले सांसद सिंहले अकुत सम्पत्ती आर्जन गरेको दाबी गर्दै सो विषयमा अनुसन्धान गर्न माग गर्दै अख्तियार दु्रुपयोग अनुसन्धान अयोगमा उजुरी दिएका हुन् । नेपाली कांग्रेस परित्याग गरी मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र रुपमा चुनाव लडेर निर्वाचित भएका सिंह पछिल्लो समय कांग्रेसविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएका छन् ।
काठमाडौं । राष्ट्रियसभा सदस्य कमला पन्तले ५०० र हजार रुपैयाँका नोटलाई ब्यान्ड गर्नुपर्ने माग गरेकी छन् । सोमबार राष्ट्रियसभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उनले यस्तो माग गरेकी हुन् ।अर्थतन्त्र उकास्नका लागि ५०० र हजारका नोटहरू प्रतिबन्ध गर्नुपर्नेमा उनले जोड दिइन् । उनले सधैँभरि बिरालो बाँधेर श्राद्ध गर्नेतिर जान नहुने भन्दै सरकारले गर्न सक्ने काम मात्र उल्लेख गर्न आग्रह गरिन् । किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको उनले बताइन् ।किसानको उत्पादन राज्यले किन्छ भन्ने हो भने किसानले उत्पादन बढाउँछ । सडकमा लगेर उत्पादन प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.