काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् । आफ्नै घरको शौचालयमा लडेर घाइते भएका दाहाललाई गएराति करिब १२ बजेतिर मेडिसिटी अस्पताल पुर्याइएको थियो । अहिले उनको अवस्था सामान्य रहेको स्वकीय सचिव गोविन्द आचार्यले बताएका छन् ।
उनका अनुसार राति बाथरुममा लडेर टाउकोमा सामान्य चोट लागेको थियो । प्रचण्डले अस्पताल जानु नपर्ने बताए पनि परिवारले अरु चेकअपका लागि मेडिसिटी अस्पताल लगेका थिए ।
अस्पताल श्रोतका अनुसार उनको टाउकोमा तीन टाका लगाइएको छ। उनको सिटीस्क्यान रिपोर्ट सामान्य छ । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् ।