काठमाण्डौ । नेकपा एमालेका नेता एवं पूर्वसंचार तथा सूचना प्रविधिमन्त्री प्रदीप नेपालको निधन भएको छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा नेता नेपालको केहीबेरअघि निधन भएको हो।चर्चित प्रगतिशील साहित्यकारसमेत रहेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। 

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गोठाटार काँडाघारी निवासबाट नर्भिकस्थित आइसीयुमा उपचारका लागि ल्यााइएको थियो। प्रगतिशील लेखकसमेत रहेका नेता नेपालको थुप्रै पुस्तकहरुसमेत प्रकाशित छन्।

कोअर्डिनेशन केन्द्र, तत्कालीन नेकपा माले हुँदै पटकपटक एमाले स्थायी समिति सदस्य रहेका उनी नवौं महाधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासी बनेका थिए। उनी पाँच दशकभन्दा बढि समय कम्युनिष्ट आन्दोलनमा सकृय थिए।

ब्रेन ट्युमरसहित पार्किन्सनको समस्या भोग्दै आएका नेपाल आठ दिनअघि नर्भिक अस्पताल भर्ना भएका थिए ।नेपालका एकमात्र सन्तान छोरी डाक्टर समीक्षा नेपाल बेलायत बस्दै आएकी थिइन् । उनी पिताको स्वास्थ्य अवस्था बिग्रिएको खबरपछि केही दिन अघि स्वदेश फर्किएकी छन् ।

लेखक तथा साहित्यकार समेत रहेका नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगनेमा भएको थियो।

नर्भिक अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन। साथै नेकपा एमालेका नेताहरू ठूलो संख्यामा उपस्थिति रहेको छ।

नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको पार्थिव शरीर आर्यघाटतर्फ लगिएको छ । नेकपा एमालेका नेता समेत रहेका नेपालको परिवारकै आग्रह अनुसार पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्ने निर्णय भएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

‘परिवारकै आग्रह अनुसार श्रद्धाञ्जलीका कुनै कार्यक्रम राखिएका छैन,’ उनले भने, ‘पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आजै अन्त्येष्टि गरिनेछ ।’ प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि श्रद्धाञ्जली सभामा उपस्थित नहुने भएका छन् Screenshot_2025_0506_195050

उनको पार्थिव शरीरमा एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

नेता नेपालले आफ्नो मृत्युपछि पार्टीको झण्डा नओढाउनू भनेको भन्दै घरपरिवारले नमानेपछि उनलाई श्रद्धाञ्जलीका लागि एमालेको कार्यालय च्यासलमा नलगिएको हो ।