काठमाडौं । प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पछिल्लो घटनाक्रमका विषयमा कतिपय सञ्चारमाध्यम एवं सञ्चारमाध्यमको झल्को दिने गरी भ्रम फैलाउने सामाजिक सञ्जाल (युट्युबरफेसबुकलगायत)बाट दुष्प्रचार भएको बताएको हो ।काउन्सिलले यथेष्ट प्रमाणबिना र अपुष्ट स्रोतरबयानको हवाला दिई घटनासँग असम्बन्धित व्यक्ति, सङ्घसंस्था, राजनीतिक दल र नेताको चरित्रहत्या एवं मानहानी हुने गरी भएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजमा भ्रमरअफवाह फैलाउने, अतिरञ्जि
काठमाडौं । काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज पक्राउ परेका छन।भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ ।रिजाललाई झापाबाट काठमाडौँ आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। मियाँलाई सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पक्राउ गरेको काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले बताएका छन ।उक्त घटनामा यसअघि प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको
काठमाडाैं। बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ। दुई देशबीच भएको सचिवस्तरीय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो।नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ। नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात गरि आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ।दुई देश बीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ। ४० मेगावाट बिजुली परीक्षण स्वरुप लैजाने सहमति गत बर्ष भदौ मै नेपाल र बंगलादेश बीच भएको थियो।
झापा । नेकपा एमालेले आज मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस मनाउँदैछ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरि मदन-आश्रित स्मृति दिवस मनाउँदै आएको छ । जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा भने बाँच्न सफल भएका थिए ।यसैबीच नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पनि आज मदनआश्रित स्मृति दिवस मनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले मनसुनजन्य विपद्उ द्धारका लागि तयारी हालतमा रहन निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको सोमबार निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सवै युनिटहरुलाई यस प्रकारको तयारी गर्न निर्देशन दिएका हुन् ।मनसुनको बारेमा पूर्व जानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि तत्काल तयारी गर्न जरुरी रहेको बताउनुहुँदै उनले जति धेरै पूर्व तयारी गर्न सक्यौ त्यति नै मनसुनजन्य प्रकोपबाट मानवीय तथा भौतिक क्षति कम गर्न र पीडितको उद्धार सारथी बन्न सकिने बताए । मुलुकमा आईपर्ने विषम परिस्थितिमा ज
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि गणडकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागको एक दुई सथानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाक
काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि सत्ताधारी दल समेत रहेको नागरिक उन्मुक्ति पार्टीले विरोध जनाएको छ ।सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पार्टीका केही नेता–कार्यकर्ताहरूले विरोध जनाएका हुन् । उनीहरूले मंगलबार साँझ माईतीघर मण्डलामा भेला भइ सर्वोच्चको फैसलाप्रति बिरोध जनाए। फैसलाको विरोध गर्न नागरिक उन्मुक्तिकी केन्द्रीय सदस्य एलिजा गौतमसहितका कार्यकर्ता माइतीघर मण्डला पुगेका थिए । उनीहरूले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको र तत्काल रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका छन् ।त्यसअघि टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्म
झापा । सर्वोच्च अदालतले अयोग्य लडाकुलाई दुई/दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको हो । वैशाख ३१ गते सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।इजलासले सरकारलाई कारण देखाऊ आदेश पनि जारी गरेको छ । यस्तै, जेठ ८ छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ ।
काठमाडौं । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला गर्ने उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।मंगलबार न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाई दिन अस्वीकार गरेको हो । इजलासले यही प्रकरणमा सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ।मगलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो ।भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो । सो
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.