काठमाडौं— रुपन्देहीबाट हुण्डी कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्चवारी–८ घर भएका निदेश बानियाँ रहेका छन् ।आरोपीको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार बरामद गरिएको रुपन्देहीका एसपी प्रदीप क्षेत्रीले जानकारी दिए। १ हजार र ५ सयको नोटसहित उनी सिद्धार्थनगर नगरपालिका–५ स्थित मिलनचोकबाट पक्राउ परेका हुन् । आरोपीबारे अनुसन्धान भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।
महोत्तरी– महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ । सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधि अभाव हुँदा उपचारमा समस्या हो ।दश नगरपालिका र पाँच गाउँपालिका भएको उक्त अस्पतालमा दुई महिनादेखि औषधि अभाव भएको गुनासो गर्दै अस्पताल प्रमुख डा. विकास साहले समस्या समाधानका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराए । अस्पतालमा दैनिक ३०० जना बिरामी आउने गरेका साहले जानकारी दिए ।मधेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द्र सरकारसँग पनि औषधिको लागि निरन्तर अनुरोध भएको प्रमुख साहले बताए । आकस्मिक कक्षका लागि आवश्यक पर्ने औषधि अस्पतालले आफ्नै
काठमाडौं— कालिकोटको रास्कोट नगरपालिका–२ स्थित मोतिराम माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले महिला जनप्रतिनिधि तथा नगर कार्यापालिका सदस्यलाई हातपात गरेका छन् । शिक्षक उपेन्द्र सिम्खाडाले वैशाख ३१ गते मदिरा सेवन गरी महिला जनप्रतिनिधिमाथि हातपात गरेका हुन् ।शिक्षकले दिउँसो मदिरा सेवन गरेको अवस्थामा २ नंम्बर वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि हातपात गरेपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म उनको तीव्र आलोचना भएको छ ।आपसी विवादका क्रममा मदिराले मतिभ्रमित अवस्थामा रहेका सिम्खाडाले नगर कार्यपालिका सदस्यमाथि कुटपिट गर्दा योगीको कानमा चोट लागेको स्थानीय चक्रनाथ योगीले जानकारी
काठमाण्डौ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ ।दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।राती कोश
धादिङ— धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छभने दुई जना पुरुषको सनाखत हुन बाँकी छ।दुर्घटनामा घाइते आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए
काठमाडौं— नागढुंगाको सडकमा धुवाँ र चिसो मिसिएको थियो। पहाड काटेर बनेको त्यो सडक, सधैं झै भीडभाड नै थियो। ट्राफिक सहायक हवल्दार रमेश (नाम परिवर्तित) सदाझैं ड्युटीमा खटिएका थिए उनी, पोशाक लगाएर, सिटी सम्हालेर, मनमा जिम्मेवारीको भारी बोकेर।सडकमा ट्राफिक प्रहरीहरू, गाडीहरूको चाप व्यवस्थापन गर्नमा व्यस्त नै थिए। सहायक हवल्दार पनि आफ्नो पोशाकमा ढुंगाजस्तै अनुशासित भएर आफ्नो काममा खटिइरहेका थिए।तर त्यो दिन भने फरक भयो।एक्कासी आएको चर्को आदेशात्मक आवाज । ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख, निरीक्षक जितेन्द्र साह, तेज कदममा अघि बढ्दै आए। उनको अनुहारमा रिसको रेखा त थियो नै, आँखामा त्यसको चिन्गारी पन
काठमाडौं। सोलुखुम्बुको छेक्साम केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु जिल्लाको छेक्साम आसपास रहेको जनाइएको छ। भूकम्पको तीव्रता म्याग्निच्युडमा ४.६ मापन गरिएको छ।यसअघि गत वैशाख १४ गते डोल्पाको कान्जिरोबा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
काठमाडौँ । सशस्त्र प्रहरीको भावी नेतृत्वमा पुग्ने हिसाब देखिएपछि अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा चलखेल बढेको छ।सरकारले नै एक महिनादेखि एआईजी बढुवा थाती राखेर चलखेल गर्न डिआइजीहरूलाई मौका दिएको हो। वरीयताअनुसार एआईजी बढुवा भए बढुवा हुने अधिकारी नै अबको तीन वर्षपछि नेतृत्वमा पुग्नेछन्। सशस्त्र प्रहरीमा तीन जना एआईजीको दरबन्दी छ। त्यसमध्ये सीमा सुरक्षा विभाग खाली छ। अरू दुई जना एआईजीमा नारायणदत्त पौडेल र वंशीराज दाहाल कार्यरत छन्। सीमा सुरक्षा विभागमा कार्यरत एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाश भएका थिए। गौतमको अवकाशपछि एआईजी बढुवाका आवेदन माग गर्दै सूचना समेत जारी भ
काठमाडौं— मुलुकका विश्वविद्यालयहरूसँग रहेको करिब एक हजार ४७९ हेक्टर अर्थात् १ करोड ४७ लाख ८९ हजार वर्गमिटर जग्गाको ठूलो हिस्सा नियमविपरीत प्रयोग भएको पाइएको छ । महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार विश्वविद्यालयहरूको महत्त्वपूर्ण सम्पत्ति अतिक्रमण, अनियमित भोगाधिकार, प्रयोग नभएको अवस्था वा विवादग्रस्त रूपमा रहेको छ ।प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालयसँग मात्र १ करोड ३१ लाख ३७ हजार वर्गमिटर क्षेत्रफल बराबरको जग्गा थातथलो, ९ लाख ९९ हजार भोगाधिकार र अन्य ६ लाख ५३ हजार वर्गमिटर जग्गा रहेको छ । तर, विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा रहेको ११३ रोपनी जग्गा एक निजी आवासी
कास्की— पोखरा महानगरपालिका–२२ स्थित पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । पोखरा महानगरपालिका–२२ शान्ति स्तूप नजिकै छोरेपाटन बजारदेखि केही माथि बुधबार दिउँसो करिब १ बजे ग १ ख ३८८६ नम्बरको नगर बस पल्टिएको हो।दुर्घटनामा २४ जना घाइते भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। दुर्घटनामा २० जना सामान्य घाइते भएका छन् भने बाँकी ४ जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन्।उक्त बस रिजर्भ रहेको र त्यसमा भारतीय पर्यटक सवार रहेको स्थानीयले जानकारी दिएका छन्। प्रहरीले घाइतेहरूको विवरण संकलन गरिरहेको छ।बसमा २६ जना सवार रहेक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.