काठमाडौं। सोलुखुम्बुको छेक्साम केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु जिल्लाको छेक्साम आसपास रहेको जनाइएको छ। भूकम्पको तीव्रता म्याग्निच्युडमा ४.६ मापन गरिएको छ।

यसअघि गत वैशाख १४ गते डोल्पाको कान्जिरोबा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।