कास्की— पोखरा महानगरपालिका–२२ स्थित पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । पोखरा महानगरपालिका–२२ शान्ति स्तूप नजिकै छोरेपाटन बजारदेखि केही माथि बुधबार दिउँसो करिब १ बजे ग १ ख ३८८६ नम्बरको नगर बस पल्टिएको हो।
दुर्घटनामा २४ जना घाइते भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
दुर्घटनामा २० जना सामान्य घाइते भएका छन् भने बाँकी ४ जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन्।
उक्त बस रिजर्भ रहेको र त्यसमा भारतीय पर्यटक सवार रहेको स्थानीयले जानकारी दिएका छन्। प्रहरीले घाइतेहरूको विवरण संकलन गरिरहेको छ।
बसमा २६ जना सवार रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।