काठमाडौँ । सशस्त्र प्रहरीको भावी नेतृत्वमा पुग्ने हिसाब देखिएपछि अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा चलखेल बढेको छ।

सरकारले नै एक महिनादेखि एआईजी बढुवा थाती राखेर चलखेल गर्न डिआइजीहरूलाई मौका दिएको हो। वरीयताअनुसार एआईजी बढुवा भए बढुवा हुने अधिकारी नै अबको तीन वर्षपछि नेतृत्वमा पुग्नेछन्। सशस्त्र प्रहरीमा तीन जना एआईजीको दरबन्दी छ। त्यसमध्ये सीमा सुरक्षा विभाग खाली छ। अरू दुई जना एआईजीमा नारायणदत्त पौडेल र वंशीराज दाहाल कार्यरत छन्। सीमा सुरक्षा विभागमा कार्यरत एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाश भएका थिए। 

गौतमको अवकाशपछि एआईजी बढुवाका आवेदन माग गर्दै सूचना समेत जारी भइसकेको छ। सूचनाअनुसार एआईजीमा बढुवाका आकाङ्क्षी डिआइजीहरूले आवेदन पनि दिइसकेका छन्।  तर सरकारले सशस्त्रको प्रमुख मानिने सीमा सुरक्षा विभाग नै खाली हुँदा पनि बढुवामा चासो दिएको छैन। 

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे पदावधि पूरा गरेर अवकाशमा जादैछन। अर्यालको अवकाशपछि हालका एआईजी नारायणदत्त पौडेल र वंशीराज दाहालमध्ये एक जना आइजिपी बन्नेछन्। यी दुईमध्ये जो आइजिपी बने पनि २२ महिना सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन्। त्यसपछिको आइजिपीमा अहिले बन्ने एआईजी नै करिब निश्चित हुने भएकाले अहिलेको एआईजी बढुवा पेचिलो बनेको हो। 

अहिले एआईजी नभए आगामी पुस २३ गते अनिवार्य अवकाश हुनुपर्ने भएकाले पनि अरू डिआइजीहरू पनि शक्तिकेन्द्र धाइरहेका छन्। एआईजी बढुवाका लागी कमल गिरीसँगै डिआइजी भएका गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी छन्। उनीहरू २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भए पछि सशस्त्र प्रहरीमा सरेका थिए। यीमध्ये एआईजी नबन्ने अब पुसमा डिआइजीको एक वर्ष थप गरिएको पदावधि पनि पूरा गरेर अवकाश हुनेछन्। 

यसपछि डिआइजी कालीदास धौवजी र कुमार न्यौपाने छन्। उनीहरूको पनि अहिले एआईजी बन्ने सम्भावना कम छ। डिआइजीहरू लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल पनि एआईजीको दौडमा पछि छन्। 

तर बढुवाका लागि ८ जनाले आवेदन दिएको भए पनि कमल गिरी र गणेश ठाडा मगर बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। डिआइजी बढुवा हुँदाको समयमा गणेश ठाडा मगर  १ नम्बरमा थिए भने कमल गिरी ५ नम्बरमा थिए। 

तर अहिले एआइजी बढुवाको दौडधुपमा रहेका  गिरी कोशी प्रदेशमा कार्यरत हुँदा सई देखि  हवलदारसम्मलाई घुमुवाको रूपमा काम लगाई क्यासिनो देखि जुवातास, वारिपारि लाइन चलाएर करोडौँ रकम असुली गरेका थिए। उनलाई असुली गर्न असहयोग गर्दा सामेल गराई सिपहीलाई कुटपिट गरी लुगा सम्म च्यातेका थिए। उनले आफूले गरेको काम देखाउन सीमापारिबाट हातहतियार ल्याउन लगाई हतियार पक्रेको नाटक गर्न सम्म भ्याएका थिए। सो मुद्दा हाल सम्म पनि अदालतमा विचाराधीन छ।  साथै मिडियाले उनले गरेको गलत कामकोबारे  समाचार लेख्न खोज्दा मिडियालाई नै घुमुवा मार्फत रकम पठाएर चुप गराएका थिए र एउटै खातामा महिनाको हजारौँ रकम घुमुवा मार्फत बैङ्कबाट पठाउने गरेको सम्म खुल्न आएको छ।

साँथै उनी एसपी हुँदा सप्तरी लगायत जिल्लामा कमान्डर भई कार्य गरेको बखत दारु खाई  मातहतलाई कुट्ने, दुर्व्यवहार गर्ने तथा कमजोर कमान्डर रहेको मात्र नभई निजको विरुद्धमा मानव अधिकार आयोगमा समेत निवेदन परेको र लिखित कारबाही गर्न खोज्दा रोई कराई गर्ने र विभिन्न पावर सेन्टरमा फोन गराउने गरी जोगिएका निजका तत्कालीन बाहिनीपतिहरु तथा तत्कालीन सङ्गठन प्रमुखहरू बताउँछन्।  

यसै  क्रममा गिरी २०७२ सालमा संयुक्त राष्ट्र सङ्घको  हाईटीमा युएनमा कार्यरत रहँदा दारु खाई  कमान्डर एसएसपी कमल बस्नेत लगायत सिनियरहरुलाई खुकुरी देखाई धम्क्याउने गरेकोले  युएनबाट कारबाही भई नेपाल फिर्ता पठाइएका  व्यक्ति  हुन्। त्यसो त सहकर्मीहरुले उनलाई सशस्त्र प्रहरी भित्र खुकुरी कान्छा भनेर चिन्ने गरेका छन् ।

गिरी कमजोर कार्यसम्पादन भएका नं ६ बाहिनी सुर्खेतमा सहायक बाहिनिपतिको रूपमा कार्यरत रहँदा तत्कालीन बाहिनीपतिलाई धम्काउने तथा कार्यसम्पादन मूल्याङ्कन भर्दा निज स्वयमले मेरो उपस्थितमा कार्यसम्पादन भर्नुपर्दछ भनी दबाब दिई भरेको तथा उल्टो कुरा लगाउने गरेको कुरा तत्कालीन बाहिनीपति अवकाश प्राप्त डिआइजी बत्ताउँछन् ।  

पूर्व क्षेत्रको बाहिनीपतिको रूपमा रहँदा सई देखि  हवलदारसम्मका  एक दर्जन घुमुवा परिचालन गरी अकुत आर्जन गरेको त्यस बेला बाहिनीमा कार्यरत सशस्त्र कर्मचारीहरू बताउँछन् । त्यसै  क्रममा तस्करसँग सेटिङ्ग गर्न भनी घुमुवा सहायक हवलदारलाई   गिरीले राजश्व अनुसन्धान कार्यालय इँटहरिमा पठाएको र उक्त कुरालाई हाकिमले ठाडै अस्वीकार गर्दा घुमुवाले  हाकिमलाई लछार पछार समेत गरेकोले र त्यस बेला ठुलो स्क्याण्डल बनेको भएता पनि उक्त कुरालाई गिरीले माथिको सेटिङ्ग गरी गुपचुप बनाएका थिए ।  

तर गिरीले गरेका गलत कामलाई सत्ता पक्ष देखि मिडियाहरूले अनदेखि गरिरहेको छ। हुन  त मेडिकल माफिया तथा हालको राजावादी आन्दोलनका प्रमुख नाइके दुर्गा प्रसाईँले तत्कालीन राजनीतिक दल नेकपाको शीर्ष नेताहरूसँगको सम्बन्धलाई दुरुपयोग गरी  गिरी थरको ससुराली नाता पर्ने  कमल गिरीलाई दुर्गा प्रसाईँ मार्फत ५ नम्बरमा रहेका गिरीलाइ  डिआइजी पदोन्नति हुँदा १ नम्बरमा पदेन्नती गराउन सफल भएका थिए। 

उनैको  जोडबलमा १ नं कोशी प्रदेशको बाहिनीमा पोस्टिङ  गर्न सफल भएको र निरन्तर सम्बन्धमा भएका कारण यही चैत्र १५ गते आन्दोलनकारीहरूलाई भड्काएर भागेका प्रसाईँलाई गिरीले नै काठमाण्डौबाट  भगाको आसन्का गरिन्छ। 

अहिले  एआइजीको दौडमा रहेका गिरी र ठाडा मगर बिच प्रतिस्पर्धा देखिए पनि  गिरी व्यावसायिकता, क्षमता  तथा चरित्रका कारण धेरै कमजोर उम्मेदवार मानिन्छन्। सशस्त्र श्रोतका अनुसार आधारभूत तालिममा ठाडा मगर सर्वोत्कृष्ट हुँदा गिरी आखिरीबाट दोस्रो रहेको भन्ने जानकारी  प्राप्त भएको  र नेपाल प्रहरीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा रहेको अभिलेखले पुष्टि गरेको छ। 

ठाडा मगरको कार्यशैली गिरीको कार्यशैलीभन्दा भिन्नै रहेको छ । उनी मिडियाबाजी गर्न चाहँदैनन्, उनले सशस्त्र प्रहरी बल दिवसमा सर्वोत्कृष्ट भई तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीबाट ट्रफि समेत प्राप्त गरिसकेका छन्। 

सधै काममा उत्कृष्ट ठाडा मगरले कमाण्ड गरेकाे सबै युनिट सर्बाेत्कृस्ट तुल्यायकाे उनी सग काम गर्ने अधिकृतहरु बताउछन् । डिआइजीमा मधेश स्थित २ नुम्बर बाहिनिपति हुदा आन्तरिक निरीक्षणमा २०७८ सालको सर्बाेत्कृस्त बाहिनि घाेषित भई तत्कालिन प्रधानमन्त्री तथा बाग्मती स्तरिय बाहिनिपति हुदा समेत सर्बाेत्कृस्ट भई गृहमन्त्री रमेश लेखकबाट २०८१ काे ट्रफि प्रप्त गरेका थिए । यी दुबै साल गिरि पनि बाहिनिपति भयकाे र मुल्याङ्कनमा ८ वटा बाहिनिमा क्रमस छैटौं र सातौ भयका थिए ।

बेसिक तालिममै सर्वोत्कृष्ट ठहरिएका ठाडा मगरले माओवादी द्वन्द्वकालमा दाङ, प्युठान, नुवाकोट र स्याङ्जाजस्ता संवेदनशील क्षेत्रमा खटिएर लडाकुकै रूपमा आफ्नो पहिचान बनाएका थिए। ती क्षेत्रका तत्कालीन एमाले तथा नेपाली काँग्रेसका नेताहरू आज पनि उनको कार्यशैली र अप्रेसन क्षमताको प्रशंसा गर्न पछि पर्दैनन्। स्थानीय स्तरमा प्रभावकारी अप्रेसनहरू सञ्चालन गर्दै आएका मगरले द्वन्द्वकालमा सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण मानिएका थुप्रै कार्यक्षेत्रमा सफल भूमिका निर्वाह गरेका छन। 

ठाडा मगरले मित्रराष्ट्र भारतबाट व्यवस्थापन  सम्बन्धी तालिम, संयुक्त राष्ट्रसङ्घको तालिम प्रशिक्षक, चिनबाट उच्चस्तरिय कमाण्ड तथा स्टाफ कलेज तालिम प्राप्त गरि  APF कमाण्ड तथा स्टाफ कलेजकाे प्रमुखको रुपमा कार्य गरि अहिले प्रतिस्पर्धामा रहेको सुरेश श्रेष्ठ लगायतलाई तालिम दिलायकाे कुरा जानकार बताउछन र इटालीबाट मानव अधिकार  सम्बन्धी तालिम प्राप्त गरेको श्रोतहरू बताउँछन्।

तर उनको कार्यसम्पादन गिरीको तुलनामा राम्रो देखिए पनि उनले आफ्नो सामाजिक सञ्जाल मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि पूर्व राजा ज्ञानेन्द्र शाहलाई  होच्याएको आरोप छ। सँगै उनी माथि नम्बर २ छिन्नामस्ता बाहिनीको बाहिनीपति हुँदा तस्करी गराएको आरोप समेत छ , जुन कुरालाई उनले नकार्दै आएका छन्।