समाचार

    Showing 13,501-13,510 of 19,897 items.
  • नागरिकता विधेयक प्रमाणीकरण भएसँगै एनआरएनए खुसी

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ ।सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको बताए ।नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौँ गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको उनको भनाइ छ ।“राष्ट्रपति पौडेलको यस कदमले ‘एक पटकको नेपाली सधँैको न

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 306 पटक पढिएको
  • भारत भ्रमणको उद्देश्य दुई देशको सम्बन्ध नयाँ उचाईमा पुर्‍याउनु हो ; प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणको प्रमुख उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनु रहेको बताएका छन् ।चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार भ्रमणको पहिलो साँझ नयाँदिल्लीस्थित नेपाली दूतावासको आयोजनामा भएको रात्रिभोज कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।यस क्रममा उनले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताए ।दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने पनि जानकारी गराएका छन् ।

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 162 पटक पढिएको
  • दिल्लीस्थित नेपाली राजदूतावास पुगे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाह्रखम्बास्थित नेपाली दूतावास पुगेका छन्।प्रधानमन्त्रीको सम्मान तथा स्वागतमा आयोजित रात्रिभोजमा सरिक हुन प्रधानमन्त्री प्रचण्ड दूतावास पुगेका हुन् ।रात्रिभोजमा भारतीय विदेश मन्त्रालयका अधिकारी, अन्य कूटनीतिक नियोगका अधिकारी, नेपाली समुदाय, सञ्चारकर्मीलगायतको सहभागिता छ ।आज दिउँसो दिल्ली उत्रिएका प्रधानमन्त्री दाहाल होटल मौर्यमा बसेका छन् । दूतावास आउनु अघि प्रधानमन्त्री दाहालले अजित डोभाल, विदेश सचिव विनय मोहन क्वात्रा सँग होटेलमै भेटेका थिए ।

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 290 पटक पढिएको
  • प्रमाणीकरण भयो नागरिकता विधेयक

    काठमाडौं । अघिल्लो प्रतिनिधिसभाले दुई दुई पटक पारित गरेर प्रमाणिकरणका लागि ततकालिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमणिकरणका लागि पठाएको नागरिकता विद्येयक अन्तत प्रमाणिकरण भएको छ । सरकारको आग्रहमा त्यही विद्येयकलाई अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेका हुन् ।सरकारले मनित्रपरिषद्को बैठकबाटै तत्कालिन राष्ट्रपतिले प्रमाणिकरण नगरी त्यक्तिकै थन्काएर राखेकी उक्त विद्ययेक प्रमाणिकरण गर्न राष्ट्रपति पौडेलसाग आग्रह् गर्ने निर्णय गरेको थियो । त्यसपछि आजै बिहान प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर विद्येयक प्रमणिकरणका बारेमा र आफनो भारत भ्रमणका बारेमा छलफल

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 420 पटक पढिएको
  • अस्पतालहरुमा बेड उपलब्धताको स्थिति वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् ।बुधवार काठमाडौं महानगरपालिकाले विश्व धुम्रपान रहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भुमिका विषयक कार्यक्रमा बोल्दै मन्त्री बस्नेतले यसबारे जानकारी दिएका हुन् । उनले अस्पतालहरुमा आइसियु, इमर्जेन्सी वा सिसियु बेडहरु के–कति छन् र कति खालि छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरे ।मन्त्री बस्नेतले सो काम शुरु भइसहेको भन्दै अब त्यसप्रकारको समस्या

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 265 पटक पढिएको
  • प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदै छन् ।भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रचण्ड दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गर्न लागेका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे नेपाल एयरलाइन्सबाट प्रचण्ड भारत जाने छन् । प्रधानमन्त्री प्रचण्ड चारदिने भ्रमणका लागि आज भारत जान लागेका हुन् ।भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित पाँच मन्त्री रहनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 179 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ ।सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू(भागका ‍एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।आज राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 200 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं    ।    हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भू-भागहरू साथै देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक वा दुई स्थानम

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • 159 पटक पढिएको
  • हेचरीको गोदाममा आगलागीहुदा दुई करोडभन्दा बढीको क्षति

    नवलपरासी   ।   पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– १३ सिख्रौलीमा रहेको अविनाश हेचरीको गोदाम घरमा आगलागी भएको छ। गुरुचन्द्र विष्टले सञ्चालन गरेको अविनास हेचरीको गोदाममा सोमबार दिउँसो २ बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।पाठकका अनुसार आगलागीबाट दुई करोड ५० हजार रुपैयाँबराबरको धनमाल जलेर क्षति भएको छ। प्रहरी र स्थानीय वासिन्दाले भरतपुर महानगरपालिका र कावासोती नगरपालिकाको दमकलको सहायताले साढे तीन बजेतिर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।आगलागीबाट भएको क्षतिको पूर्ण

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 156 पटक पढिएको
  • गुट्खा र सुर्ती प्लास्टिकमा प्याक गर्न नपाइने

    काठमाडौं । सरकारले गुट्का र सुर्ती प्याक गर्दा प्लास्टिक प्रयोग गर्न नपाइने नीति ल्याएको छ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१को बजेट वक्तव्य प्रस्तुत गर्दै अन्तःशुल्क लाग्ने सुर्ती तथा गुट्खाजन्य पदार्थको प्याकिङ गर्दा जैविक पदार्थबाट मात्रै गर्न पाउने घोषणा गरेका हुन् ।महतले २०८१ वैशाख १ गतेदेखि अनिवार्य रूपमा जैविक रूपमा सडेर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने बताए । हाल गुट्खा र सुर्ती प्लास्टिकमा प्याक हुँदै आएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 401 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा