समाचार

    Showing 13,501-13,510 of 25,809 items.
  • नेपाल प्रहरीको रिक्त रहेको ११ डिआइजी पदमा बढुवा सिफारिस

    काठमाण्डौ  ।  नेपाल प्रहरीको रिक्त रहेको ११ डिआइजी पदमा बढुवा सिफारिस भएको छ। मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेको हो । डिआइजीमा सिनियर टोलीबाट मात्र बढुवा सिफारिस भएको छ । बढुवा सिफारिस हुनेहरुमा सुदर्शन कोइराला, दिपक रेग्मी, दिपेन्द्र घर्ती क्षेत्री, ओमबहादुर राना, माधव प्रसाद श्रेष्ठ,  दिलिपसिंह देउजा, बिनोद घिमिरे, दिपक बस्नेत, जयराज सापकोटा, सुरेन्द्र गुरुङ र संजीव शर्मा दासको बढुवा सिफारिस भएको हो ।उनीहरुमध्ये कोइराला र रेग्मी बाहेक राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली हो । सो टोलीका शारदा प्रसाद चौधरी बढुवामा छुटेका छन्।

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 500 पटक पढिएको
  • सिद्धिविक्रम शाह एआईजीमा बढुवामा सिफारिस

    काठमाण्डौ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाहलाई बढुवा सिफारिस गरेको हो ।वहालवाला एआईजी लालमणि आचार्य उमेर हदका कारण जेठ १० गते अवकाशमा जादैँछन्।

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 438 पटक पढिएको
  • स्रोत नखुलेको २५ लाखसहित साँगाबाट दुई जना पक्राउ

    काठमाण्डौ  ।  स्रोत नखुलेको २५ लाख रूपैयाँसहित काभ्रेको साँगाबाट दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ का २१ वर्षीय राजन धमला र उनका साथी सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ का ३८ वर्षीय सञ्जय कुमार साह छन् । मंगलबार दिउँसो काभ्रेको बनेपा नगरपालिका-१४ साँगाचोकमा प्रहरी सहायक निरीक्षक भगवान अधिकारीको कमान्डमा ट्राफिकसहित खटिएको संयुक्त चेकिङ टोलीले पनौतीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बसमा सवार धमलाले बोकेको रातो जेब्रा झोलामा स्रोत नखुलेको २५ लाख रूपैयाँ फेला पारेको थियो । नगदसहित पक्राउ परेका दुवैलाई जिल्ला प्र

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 333 पटक पढिएको
  • बस दुर्घटना हुँदा २५ जना घाइते

    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्देमा बस दुर्घटना भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्। पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना ५ ख ६८४१ नम्बरको यात्रुवाहक बस मंगलबार दिउँसो साढे २ बजे म्याग्दे गाउँपालिका वडा ४, घुम्तीबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।दुर्घटनामा अधिकांशको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी अशोक थापाले जानकारी दिए। घाइतेमध्ये १५ जनाको प्रदेश अस्पताल दमौलीमा, ७ जनाको दमौलीको रत्नहरि अस्पताल र बाँकी ३ जनाको म्याग्दे पोलिक्लीनिक अस्पताल थर्पुमा उपचारपछि थप उपचारार्थ पोखरा रेफर गरिएको छ।प्रदेश अस्पताल दमौलीमा उपचार भइर

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 312 पटक पढिएको
  • सर्लाहीबाट ११७ किलो गाँजा भारतीय गाडी सहित एकजना पक्राउ

    सर्लाही  ।  सर्लाहीको लालबन्दी नगरपालिका १४ पत्थर कोटबाट ११७ किलो गाँजासहित भारतीय गाडी र एकजना पक्राउ परेको छ।प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको नेतृत्वमा खटिएको टोलीले प्राप्त गोप्य सूचनाका आधारमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित डाइनेखोलामा भारतीय नम्बर प्लेटको सेतो स्कर्पियो गाडी (BR 32 AN 0817) र लु ३३ प ३८९४ नम्बरको पल्सर मोटरसाइकल चेकजाँच गरेको थियो ।जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार पत्थरकोटतर्फ गाँजाको ओसारपसार हुँदै थियो । प्रहरी त्यहाँ पुगेको थाहा पाएपछि सवारीसाधन छोडी भाग्ने क्रममा लालबन्दी–१४ का ४२ वर्षीय सोम बहादुर तामाङलाई पक्राउ गरिएको हो ।प्रारम्भिक

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 589 पटक पढिएको
  • माइक्रो र बस ठोक्किँदा ९ जना घाइते

    काठमाण्डौ  ।  नवलपुरमा माइक्रो र बस ठोक्किँदा ९ जना घाइते भएका छन घाइतेहरुको भरतपुर नयाँ मेडिकलमा उपचार हुदै छ।मंगलबार दिउँसो अन्दाजी २:४५ बजे नवलपरासी (पूर्व)को गैडाकोट नगरपालिका वडा नं. ९, थुम्सीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई सवारी साधन आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्।काठमाडौंबाट भैरहवा जाँदै गरेको लु २ ख ६६७२ नम्बरको बस र बुटवलबाट नारायणगढतर्फ गइरहेको लु २ ख ६९८५ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किँदा माइक्रोबसमा सवार यात्रुहरू घाइते भएका हुन्। बसमा सवार कसैलाई पनि क्षति नभएको र दुर्घटनापछि सडक पूर्ण रूपमा सुचारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।दुर्घटनामा परेर

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 278 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन ।आज प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटमा पौडेललाई गभर्नर बनाउने सहमति भएको थियो । पौडेल काँग्रेसको कोटाबाट गभर्नर बनेका हुन् ।गभर्नर नियुक्तिमा लामो समयदेखि ढिलाइ हुँदै आएको थियो। यो ढिलाइका कारण सत्तारुढ दलहरूबीच आपसी असमझदारी र शक्ति सन्तुलनको खेल चलिरहेको आकलन गरिएको थियो। यस्तै परिवेशमा सोमबार बोलाइएको मन्त्रिपरिषद् बैठक समेत अन्तिम समयमा स्थगित गरिएको थियो, जसलाई कांग्रेस सभापति देउवाको हस्तक्षेपको रूपमा हेरिएको थियो।परराष्ट्रमन्त्री आरजु देउवा राणामा व्यापार

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 391 पटक पढिएको
  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई हेर्दाहेर्दैमा

    तर्फबाट सर्वोच्चमा दायर भएको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्चका न्यायाधीशद्वय  डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाई नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा ‘हेर्दाहेर्दै’मा परेको छ । रविका तर्फबाट १० जना वकिलले बहस गरेपछि मंगलबार (आज)को बहस टुंगिएको छ । छविलालका वकिल र सरकारी पक्षको बहस हुनै बाँकी छ ।

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 364 पटक पढिएको
  • काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई गुरागाईंले सोधे स्पष्टीकरण

    काठमाण्डौ  ।   गाडीमा ह्वील लक लगाईदिएको झोकमा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतले सोधे राजुनाथ पाण्डेलाई स्पष्टिकरण सोधेका छन।काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टिकरण सोधेका छन् । उनलाई जवाफ पेस गर्नको लागि ७ दिनको समयाबधी दिइएको छ ।गुरागाँई महानगर फर्कीएको २ महिना बढी भएको छ । सुरुमा कसैप्रति आफ्नो समस्या नरहेको बताएका गुरागाँईले दुई महिनाापछि भने  उपमेयर सुनिता ढगोंलको दबाबमा पाण्डेलाई स्पष्टिकरण सोधिएको महानगर स्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 290 पटक पढिएको
  • सशस्त्र प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागू औषध बरामत

    वीरगञ्ज  । सशस्त्र प्रहरी बल नेपालले पर्साको वीरगञ्ज महानगरपालिका–२, भगुवास्थित सीमा इलाकाबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । भकुवा नाकाबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट बरामद गरेको छ।सशस्त्र प्रहरीका अनुसार बरामद ट्याब्लेटको मूल्य भारतमा ७ लाख रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको भारतबाट तस्करी गरी ल्याइँदै गरेको ८१ हजार ४९० पिस ट्रामाडोल ट्याब्लेट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंहको नेतृत्वमा टोलीले भकुवा नाकास्थित सिर्स

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 393 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.