काठमाण्डौ  ।  स्रोत नखुलेको २५ लाख रूपैयाँसहित काभ्रेको साँगाबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ का २१ वर्षीय राजन धमला र उनका साथी सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ का ३८ वर्षीय सञ्जय कुमार साह छन् । मंगलबार दिउँसो काभ्रेको बनेपा नगरपालिका-१४ साँगाचोकमा प्रहरी सहायक निरीक्षक भगवान अधिकारीको कमान्डमा ट्राफिकसहित खटिएको संयुक्त चेकिङ टोलीले पनौतीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बसमा सवार धमलाले बोकेको रातो जेब्रा झोलामा स्रोत नखुलेको २५ लाख रूपैयाँ फेला पारेको थियो । 

नगदसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।