काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन ।आज प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटमा पौडेललाई गभर्नर बनाउने सहमति भएको थियो । पौडेल काँग्रेसको कोटाबाट गभर्नर बनेका हुन् ।

गभर्नर नियुक्तिमा लामो समयदेखि ढिलाइ हुँदै आएको थियो। यो ढिलाइका कारण सत्तारुढ दलहरूबीच आपसी असमझदारी र शक्ति सन्तुलनको खेल चलिरहेको आकलन गरिएको थियो। यस्तै परिवेशमा सोमबार बोलाइएको मन्त्रिपरिषद् बैठक समेत अन्तिम समयमा स्थगित गरिएको थियो, जसलाई कांग्रेस सभापति देउवाको हस्तक्षेपको रूपमा हेरिएको थियो।

परराष्ट्रमन्त्री आरजु देउवा राणामा व्यापारिक साझेदार डा. विश्व पौडेल विगतमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका अनुभवी अर्थशास्त्री हुन्। उनी अर्थतन्त्र, योजना तथा वित्तीय नीतिमा दीर्घ अनुभव भएका व्यक्तित्व मानिन्छन्।

विश्व पौडेल २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई चितवन क्षेत्र नम्बर १ मा चुनाव लडेर पराजित भएका थिए।