काठमाण्डौ । नवलपुरमा माइक्रो र बस ठोक्किँदा ९ जना घाइते भएका छन घाइतेहरुको भरतपुर नयाँ मेडिकलमा उपचार हुदै छ।
मंगलबार दिउँसो अन्दाजी २:४५ बजे नवलपरासी (पूर्व)को गैडाकोट नगरपालिका वडा नं. ९, थुम्सीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई सवारी साधन आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्।
काठमाडौंबाट भैरहवा जाँदै गरेको लु २ ख ६६७२ नम्बरको बस र बुटवलबाट नारायणगढतर्फ गइरहेको लु २ ख ६९८५ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किँदा माइक्रोबसमा सवार यात्रुहरू घाइते भएका हुन्। बसमा सवार कसैलाई पनि क्षति नभएको र दुर्घटनापछि सडक पूर्ण रूपमा सुचारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा परेर घाइते भएका सबैलाई तुरुन्तै भरतपुरस्थित नयाँ मेडिकल कलेज अस्पतालमा उपचारको लागि पठाइएको छ। घाइतेहरूको विवरण;
१. बिनोद सिह ठाकुर, ४२ वर्ष, माइक्रो चालक, देवदह–२, रुपन्देही – निधारमा मध्यम चोट
२. गोपाल मगर, २९ वर्ष, माइक्रो सहचालक – शरीरका विभिन्न भागमा मध्यम चोट
३. अनिता नेपाली, २१ वर्ष, भरतपुर–१६, चितवन – निधारमा मध्यम चोट
४. बिण्णु नेपाली, ३६ वर्ष – टाउकोमा मध्यम चोट
५. बर्षात सुबेदी, २२ वर्ष, बुटवल उपमहानगर–५, रुपन्देही – भित्री चोट, मध्यम अवस्था
६. जमुना लामा, ३० वर्ष, बुटवल उपमहानगर–१३ – हात र खुट्टामा सामान्य चोट
७. समर्थ नेपाली, ७ वर्ष, भरतपुर–१६ – अवस्था उल्लेख नभएको
८. अनुप गुरुङ, २५ वर्ष, भरतपुर उपमहानगर–१९ – हातखुट्टामा मध्यम चोट
९. होम बहादुर रुचाल, भरतपुर–१६ – दाहिने आँखामा चोट, स्थानीय सुमन मेडिकलमा उपचार भइरहेको
दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। स्थानीय र प्रहरीको सक्रियतामा समयमा उद्दार गरिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ।