समाचार

    Showing 1,251-1,260 of 25,313 items.
  • महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

    काठमाडौं । महानगर यातायात प्रा।लि।ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।३३ सिट क्षमताका नयाँ विद्युतीय बसहरू उभिएर यात्रा गर्ने यात्रुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । एक पटकमा करिब ७० यात्रु सहज रूपमा यात्रा गर्न सक्ने क्षमता भएका यी बसहरूमा अत्याधुनिक सुविधा समावेश गरिएको छ । आरामदायी सिट व्यवस्था, यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा व्यवस्थित संरचनाका कारण बसहरूलाई सुविधासम्पन्न मानिएको छ ।शशिला

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 185 पटक पढिएको
  • भारतीय प्रधानमन्त्री मोदीसँग सभापति लामिछानेको भेट

    काठमाडौं— रास्वपाका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ।भारत भ्रमणमा रहेका लामिछाने र प्रधानमन्त्री मोदीबीच नेपाल(भारत सम्बन्ध, आपसी हितका विषय तथा दुई देशबीचको सहकार्यका विभिन्न आयामबारे छलफल भएको जनाइएको छ।लामिछानेले यसअघि मंगलबार एस जयशंकर, अमित शाह तथा भारतीय जनता पार्टीका नेताहरूसँग भेटवार्ता गरेका थिए।भारत भ्रमणका क्रममा लामिछानेले भारतीय राजनीतिक नेतृत्व तथा उच्च सरकारी अधिकारीहरूसँग निरन्तर संवाद गरिरहेका छन्।रास्वपा सभापति नेतृत्वको प्रतिनिधिमण्डल जेठ २२ गतेसम्म भारत भ्रमणमा रहने कार्यक्रम छ।भ्रमणको मुख्य

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 807 पटक पढिएको
  • सहकारी काण्डमा कडाइः १४ कर्मचारीसँग स्पष्टीकरण, थप छानबिनका लागि समिति गठन

    काठमाडौं— सहकारी क्षेत्रमा देखिएको बेथिति, अनियमितता र प्रशासनिक कमजोरीमाथि सरकारले कडा कदम चाल्न थालेको छ। सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन कार्यान्वयन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले १४ जना तत्कालीन पदाधिकारी तथा कर्मचारीसँग स्पष्टीकरण मागेको छ।मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक गरिएको आयोगको प्रतिवेदनमा सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा स्वीकृति तथा एकीकरणजस्ता प्रक्रियामा कानुन र सहकारीका मूल सिद्धान्त विपरीत भूमिका निर्वाह गरेको उल्लेख गरिएका कर्मचारीहरूलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइएको मन्त्रालयले

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 406 पटक पढिएको
  • हर्क साम्पाङलाई झड्का, मेयर बनाउँछु भनेर ढाँटेको भन्दै निनाचन्द्रले छाडे श्रम संस्कृति

    विराटनगर । श्रम संस्कृति पार्टीभित्र असन्तुष्टि सतहमा आएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङ का निकट सहयोगी मानिएका निनाचन्द्र राई ले पार्टी परित्यागको घोषणा गरेका छन्। धरानमा पत्रकार सम्मेलन गर्दै राईले आजदेखि श्रम संस्कृति पार्टी र हर्क साम्पाङसँग आफ्नो कुनै राजनीतिक सम्बन्ध नरहेको बताएका हुन्। उनले आफूसँगै १०० भन्दा बढी कार्यकर्ताले पनि पार्टी छाडेको दाबी गरेका छन्। राईले आफूलाई धरानको भावी मेयर उम्मेदवार बनाउने आश्वासन दिएर पार्टीमा भित्र्याइएको तर पछि वाचा विपरीत अर्को व्यक्तिलाई अघि सारिएको आरोप लगाए। उनका अनुसार हर्क साम्पाङले आफूलाई मेयर उम्मेदवार निश्चित भएको बताएका थिए। तर पछि धरान

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 137 पटक पढिएको
  • लागू औषधसहित झापा, मोरङ र सुनसरीबाट ११ जना पक्राउ

    विराटनगर— कोशी प्रदेशअन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित ११ जनालाई पक्राउ गरेको छ।कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँचका क्रममा मेचीनगर नगरपालिका–१४ का आकाश चौधरीलाई १६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।यस्तै, प्रहरी चौकी टाघनडुब्बाले दमक नगरपालिका–१० का सुरज राय र विराटनगर–३ का बाबुराम दर्जीलाई १४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अर्जुनधारा नगरपालिका–७ का बिनोद मगर र भोजपुर

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 392 पटक पढिएको
  • वित्तीय अपराध अनुसन्धानसम्बन्धी तालिम विराटनगरमा सुरु

    विराटनगर— नेपाल राष्ट्र बैंक र नेपाल प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा ‘सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी तथा आमविनाशका हातहतियार निर्माण–विस्तारमा वित्तीय लगानीसम्बन्धी अपराध अनुसन्धान अनुशिक्षण तालिम’ विराटनगरमा सुरु भएको छ।तालिमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल को प्रमुख आतिथ्य तथा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको विशेष आतिथ्यमा भएको हो।उद्घाटन समारोहमा गभर्नर पौडेलले वित्तीय प्रणालीमा पारदर्शिता, सुशासन र आर्थिक स्थायित्व कायम राख्न सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी नियन्त्रण महत्वपूर्ण रहेको बताए। उनले सम्

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 385 पटक पढिएको
  • पार्टी सदस्यताको गुणस्तरमा सम्झौता गर्दा राम्रो नतिजा आउँदैन विष्णु पौडेल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी सदस्यताको विषय कम्युनिस्ट पार्टी निर्माणको आधारभूत र निर्णायक पक्ष भएको बताएका छन् । नेकपा एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा बोल्दै उनले पार्टीको प्रगति सदस्यहरूको वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, सक्रियता र लक्ष्यप्रतिको समर्पणमा निर्भर रहने बताए ।उनले पार्टी सदस्यहरू विचार र विश्लेषणप्रति जानकार, संगठित, अनुशासित, क्रियाशील तथा लक्ष्यप्रति समर्पित भए मात्रै पार्टीले सफलता हासिल गर्ने उल्लेख गरे। सदस्यताको गुणस्तरमा कमजोरी आए पार्टीको आकार ठूलो भए पनि अपेक्षित नतिजा प्राप्त ग

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 123 पटक पढिएको
  • प्रतिशोधको राजनीति बन्द गर्न सरकारलाई ओलीको चेतावनी

    काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली लामो अन्तरालपछि पार्टी कार्यक्रममा सार्वजनिक रूपमा उपस्थित भएका छन्। काठमाडौंमा सुरु भएको सदस्यता नवीकरण तथा विस्तारसम्बन्धी दुई दिने कार्यशालाको उद्घाटन गर्दै ओलीले सरकारमाथि कडा प्रहार गरेका छन्।सम्पत्ति छानबिन आयोगलाई लक्षित गर्दै ओलीले आफूले त्यस्तो आयोगलाई नमान्ने र बयानसमेत नदिने घोषणा गरे। सरकार पूर्वाग्रही ढंगले पुराना दलका नेताहरूलाई मात्रै निशाना बनाउन लागेको आरोप लगाउँदै उनले राज्य संयन्त्रलाई प्रतिशोधको हतियार नबनाउन चेतावनी दिए। ओलीले नयाँ सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सेना र अन्य शक्तिकेन्द्रको सम्पत्ति नछुने तर आफूहरूलाई मात

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 129 पटक पढिएको
  • प्रहरी महानिरीक्षक कार्कीद्वारा कोशीका प्रहरीलाई निर्देशन

    विराटनगर— नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले कोशी प्रदेश तथा मातहतका प्रहरी कर्मचारीलाई व्यावसायिकता, अनुशासन र सेवामुखी व्यवहारलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।मंगलबार कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले नेपाल प्रहरीले नागरिकको जन्मदेखि मृत्युसम्मका विभिन्न गतिविधिमा भरोसाको संस्थाका रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले सेवाग्राहीप्रति समान व्यवहार, अपेक्षारहित सेवा र नम्र बोलीचालीसहित कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई आग्रह गरे।उनले बन्द, हड्ताल, बाढी, पहिरो तथा अन्य विपद्का बेला खटिने प्रहरी सधैं चुस्त, दुरुस्त र शा

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 387 पटक पढिएको
  • पार्टीप्रति असन्तुष्टी जनाउँदै निराजन बमले छाडे राप्रापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता निराजन बम ले पार्टी परित्यागको घोषणा गरेका छन्। उनले पार्टीको केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको सदस्य सचिवसहित सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।लामो समयदेखि विद्यार्थी र युवा राजनीतिमा सक्रिय बमले वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै फरक ढंगको राजनीतिक अभियानमा सहभागी हुने निर्णय गरेको बताएका छन्। उनले अब पार्टीभन्दा बाहिर रहेर पनि राष्ट्रिय राजनीतिमा सक्रिय रहने स्पष्ट पारेका छन्।पार्टी छाडे पनि राजसंस्था, सनातन हिन्दु राष्ट्र र संघीयता खारेजीका विषयमा आफ्नो अडान यथावत रहने उनको भनाइ छ। 

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 176 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.