समाचार

    Showing 12,421-12,430 of 19,832 items.
  • भारतको काश्मिरमा बस दुर्घटना हुदा ३९ जनाको मृत्यु

    एजेन्शी  । भारत नियन्त्रित जम्मु-काश्मिरको डोडामा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ। घाइते १७ जनाको अस्पतालमा उपचार भइरहेको छ।डोडाका उपायुक्त हरविन्दर सिंहले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा उक्त जानकारी दिएका हुन्।डोडा जिल्लाका डीसी हरविन्दर सिंहका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि यो दुर्घटना भएको अनुमान गरिएको छ।सिन्हले दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने घोषणा गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख प्रकट गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • 207 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ ।  देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भ

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • 161 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।    पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।  दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती  कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा ह

    • प्रकाशित मितिः कार्तिक २९, २०८०
    • 173 पटक पढिएको
  • जनकपुरबाट जयनगर छुटेको रेलले ठक्कर दिदा एक जनाको मृत्यु

    झापा  । आज (मङ्गलबार) बिहान ९:३० बजे जनकपुरबाट जयनगर छुटेको  DPC1902 नम्बरको रेलले ठक्कर दिदा एक जनाको धटनास्थलमै मृत्यु भएको छ।   धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वे लीकमा एक जनाको रेलले ठक्कर दिदा मृत्यू भएको प्रहरीले जनाएको छ । रेल्वे लीकमा पर्दा शरिर दुई टुक्रा भएको छ।बिहान जनकपुरबाट भारतको जयनगरको लागि छुटेको रेलले ठक्कर दिदा रेलले काटेर दासको मृत्यू भएको हो ।रेलमा कटेर मृत्यू हुनेमा भारत बिहारको जयनगर बेल्ही बस्ने अन्दाजी बर्ष ६० को विन्देश्वर दास रहेको प्रहरिले बताएको छ । 

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 428 पटक पढिएको
  • फरार प्रतिवादी पक्राउ

    काठमाण्डौ   ।   मोरङ छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्धाका ३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत फैसला कार्यान्वयनको लागि परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा जबरजस्ती करणी मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०।०५।१५ गतेको फैसला आदेश अनुसार मोरङको पथरी शनिस्चरे नगरपालिका -७ का दिल कुमार तामाङ र २० बर्षिय बिनोद धिमाल।बैङकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७८।११।०३ गतेको फैसलाले दिन ५ कैद र नगद ७ लाख १५ हजार जरिवाना भई फरार रहेका मोरङको मिक्लाजुङ

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 184 पटक पढिएको
  • झापामा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

    झापा   ।   झापाको कन्काई नगरपालिका-९ मन्त्रिबारी स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । सोमबार राति साढे ११ बजे उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्र २-०३-०१५ प ४०७८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ४० बर्षिय संजय साह गम्भिर घाईते भएका थिए । घाईते उनलाई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषित गरेका थिए । घटनाबारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 206 पटक पढिएको
  • श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    काठमाण्डौ  ।  उदयपुरको त्रियुगा नगरपालिका-१६ धौरी कि ५० बर्षिया सुनमाया तामाङको हत्याको आरोपमा निजकै श्रीमान पक्राउ परेका छन् । गत २६ गते राती मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गर्ने ६१ बर्षिय जस बहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ । कुटपिटबाट घाईते भएकी सुनमायाको मंगलबार मृत्यु भएको उक्त कार्यालयले जनाएको छ भने घटनाबारेमा थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 179 पटक पढिएको
  • मेसिनमा चेपिएर कामदारको मृत्यु

    झापा  ।   सुनसरीको दुहबी ननरपालिका-३ सोनापुर स्थितमा रहेको premium organic बिअर फ्याक्ट्रीमा मेसिनमा चेपिएर कामदारको मृत्यु भएको छ । हिजो राति साढे ५ बजे स्थानिय १८ बर्षिय प्रमोद सरदारको काम गर्ने क्रममा मेसिनको बेल्टमा चेपिएर घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ घटनास्थलमा खटिएको ईलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनास्थलको कानुनि प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमकोलागी कोशी अस्पताल बिराटनगर पठाएको थियो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 178 पटक पढिएको
  • आज नेपाल संवतको नयाँ वर्ष

    काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत् लाइ हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत् को सुरुवात गराएका थिए । नेपाल संवत् ले  पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्  को मान्यता पाएको हो।लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत् का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।विसं २००७ मा प्रजातन्त्रको स्थापना भ

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 229 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशको मौसम प्रणालीमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।दिउँसो देशको पहाडी भूभागमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाश

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 140 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा