काठमाण्डौ । बैंक पनि साथी पनि हाम्रो पनि राम्रो पनि भन्ने नाराले यतिवेला एनआईसी एशिया बैंक र बैंकको उच्च व्यवस्थापनलाई नै गिज्याईरहेको छ ।कुनै समय आफूलाई बाणिज्य बैंकहरुमध्ये अब्बल देखाउन आक्रामक रुपमा साखा विस्तार गर्दै सोही रफ्तारमा कर्मचारी भर्ना गरेको ढोङ्ग गर्ने एनआईसी बैंकले यतिबेला तिनै कर्मचारीमाथि श्रमको शोषण गरेको छ ।सहज अवस्थामा तिनै कर्मचारीलाई कार्यलय समयपछि पनि घन्टौसम्म काम लगाएर अर्बौं मुनाफा कमाएको एनआइसी एशिया बैंकले परिस्थिति अप्ठ्यारो हुँदै गएपछि आफ्ना कर्मचारीको रोजिरोटी खोसिनेगरि बेरोजगार बनाएको छ ।अझ भनौं एनआईसी एशिया बैंकले ग्राहकपछि आफ्नै कर्मचारीमा आतंक सृजना गरेको छ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करी प्रकरणमा अनुसन्धान र कारबाही सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगले पाँच महिनासम्म पनि काम सम्पन्न गरेको छैन् ।सरकारले १४ असोजमा आयोग गठन गरी तीन महिनाको कार्यावधि दिएको थियो । तर दुई महिना म्याद थप गर्दा समेत आयोगले काम पूरा गरेको छैन् । श्रोतका अनुसार सरकारले फेरि जाँचबुझ आयोगको कार्यावधि थप गर्ने तयारी भइरहेको छ ।गत साउन २ गते विमानस्थलबाट बरामद भएको ६० किलोग्राम सुन र विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको नौ केजी सुन तस्करी प्रकरणपछि गठित जाँचबुझ आयोगलाई अदालतसरह अधिकार र सुविधा पाउने गरी जिम्मेवारी दिइएको छ ।सरकार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने भएको छ । महानगरले कलङ्की क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर सङ्कलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।कामपाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन अनुगमनको क्रममा ती अस्पतालको फोहर व्यवस्थापन प्रचलित ऐनबमोजिम नभएको भन्दै मा रोक लगाएको हो । यसअघि पनि कामपाले कान्ति बाल अस्पतालको फोहर सङ्कलनमा रोक लगाएको थियो ।&nbs
काठमाडौं । सरकारसँग वार्ताका लागि मिटरब्याज पीडितको तर्फबाट नौ सदस्यीय वार्ता टोली गठन भएको छ ।मिटरब्याज तथा ठगी विरुद्ध किसान(मजदुर संघर्ष समिति, नेपालको तर्फबाट अवधेश कुश्वाहाको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन भएको हो ।गृहमन्त्रालयले पीडितहरूसँग वार्ताका लागि पाँच सदस्यीय वार्ता टोली गठन गरी वार्ताका लागि डाकेको थियो ।संघर्ष समितिले वार्ता टोली गठन गरेसँगै आजैबाट सरकारसँग औपचारिक वार्ता सुरु भएको छ ।
काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उनले भने , “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।”
काठमाण्डौ । अमेरिकामा एक नेपाली नर्सको मृत्यु भएको छ । ६ महिनाअघि मात्रै अमेरिका पुगेकी इनु योल्मोको न्युयोर्कमा क्यान्सरबाट मृत्यु भएको हो ।ईलाम नाम्सालिङकी इनुको माउन्ट साइनाई अस्पतालमा मृत्यु भएको बताइएको छ । उनको मृत्युपछि शव नेपाल ल्याएर अन्तिम संस्कार गर्ने परिवारको चाहनाअनुसार सहयोग जुटाउन थालिएको छ ।निकै पेट दुख्न थालेपछि चेकजाँच गराउँदा उनलाई आन्द्राको क्यान्सरको देखिएको थियो ।
काठमाण्डौ । कलेजो शरीरको एक महत्वपूर्ण अंग हो । यदि यो सही छ भने, पाचन प्रणाली स्वस्थ रहन्छ । खाना राम्ररी पच्यो भने खानपान राम्रो हुन्छ र मानिस पनि स्वस्थ हुन्छ ।कलेजो स्वस्थ हुन खानेकुरा पनि स्वस्थ हुनुपर्छ । फोहोर खानेकुरा र दूषित पानी पिउँदा धेरैजसो मानिसको कलेजो प्रभावित हुन्छ ।कहिलेकाहीँ मदिरा सेवनले पनि कलेजोमा क्षति पुर्याउँछ । कलेजामा क्यान्सर, लिभर सिरोसिसजस्ता रोग पनि लाग्ने गर्छ ।हेपाटाइटिस बी पनि यस्तै गम्भीर प्रकृतिको कलेजोको रोग हो । केवल रोकथाम र समयमै उपचारको लागि ती लक्षणहरू पहिचान गर्न आवश्यक छ । चिकित्सकहरु कलेजोका यी ६ लक्षणलाई भूलले पनि बेवास्ता गर्न नह
काठमाण्डौ । धर्म शास्त्रमा मानिसको जीवन पद्धतिका विषयमा सबै कुरा उल्लेख गरिएको पाइन्छ । मानिसले नित्यकर्म गर्दा के के गर्ने ? के नगर्ने विषयमा उल्लेख गरिएको पाइन्छ ।केही मानिसहरु सामाजिक मान्यता र रीतिथितिमा निकै विश्वास गर्ने गर्दछन् । विश्वासका आधारमा मानिसले शास्त्रसंगै भाग्य तथा वास्तुलाई पनि मान्दै आएको पाइन्छ ।भाग्यले साथ दिए पनि मानिसले वास्तुमा ध्यान नपु-याउँदा वा वास्तुमा मात्र ध्यान दिई भाग्यले साथ नदिएमा पनि मानिसले उचित फल पाउन सक्दैनन् ।घरको उत्तरपूर्वी अर्थात इशान दिशामा फोहोर तथा कुचो लगायतका वस्तु राख्नु हुँदैन यसले घरमा कलह हुन्छ । वास्तुशास्त्र अनुसार अरु के
काठमाडौं । नेपाल प्रहरीमा ४ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)सहित ११ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)को अर्लि रिटायरको सूचीमा देखिएका छन्।प्रहरीको किताबखाना स्रोतका अनुसार ४ एआइजी र ११ डीआइजीहरु अर्लि रिटायरको सूचीमा देखिन्छन्। उमेर र ३० वर्षे सेवाहदको कारण उनीहरु सो सूचीमा परेका हुन्। जसमा एआइजी सन्दिप भण्डारी, मिरा चौधरी, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन्। यस्तै डीआइजीहरुमा भने विकासराज खनाल, सुरेन्द्र प्रसाद मैनाली, उमेशराज जोशी, पोषराज पोख्रेल, विष्णु कुमार केसी, यज्ञ विनोद पोखरेल, राजेन्द्रनाथ बास्तोला, किरण राणा, रामदत्त जोशी र भरतबहादुर बोहरा रहेका छन्। यी सबै २०८१ मा अ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको चन्द्रगढीमा सरकारी जग्गा हिनामिना गरेको अभियोगमा १८७ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले आइतबार नापी कार्यालय चन्द्रगढी झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसमेत १८७ जना विरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार झापाको साविक दमक ६ग हाल दमक नगरपालिका वडा नं. १३ र १४ मा पर्ने बालुवाटारको रतुवा र दिपिनी खोलाको दोभानको सार्वजनिक जग्गा अतिक्रमण गरेको अभियोगमा मुद्दा दायर गरेको हो।आयोगका अनुसार कि.नं. ७६०,७६१,७६२,७७३,७८३,७८४,७८६,७८७,७८८ र साविक दमक ६ग र दमक ५ख बिचको मार्जिनका जग्गाहरू २०२१ सालको शु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.