काठमाडौं । चर्चित भारतीय गजल गायक पंकज उदासको सोमबार निधन भएको छ ।उनकी छोरीले आफ्ना बाबुको ७२ वर्षको उमेरमा निधन भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेकि छन।आइतबार बिहान ११ बजे ब्रिज क्यान्डी अस्पतालमा उनको निधन भएको जनाइएको छ । चिठी आई है लगायतका उनका थुप्रै गजल चर्चित छन् ।पंकज उदास लामो समयदेखि बिरामी थिए, उनलाई १० दिनअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनले नाम, साजन र मोहरा लगायत धेरै हिन्दी फिल्महरूमा पार्श्व गायकको रूपमा पनि आफ्नो छाप छाडेका छन ।
काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिको उपाधि पाएका उनको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो । वरिष्ठ गायक तथा संगीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । अचानक अक्सिजनको मात्रा घटेपछि उनलाई अस्पताल लगिँदै थियो ।आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा आवाज दिएका छन् । गायक आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको परिसरमा
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहे
काठमाण्डौ । अवैध लागूऔषध चरेश २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धादिङ खनियावास गाउँपालिका ५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन तामाङ, सल्यान सिद्ध कुमाख गाउँपालिका ४ बस्ने ४० वर्षीय थल बहादुर रोका, धादिङ खनियाबास गाँउपालिका ५ बस्ने ५२ वर्षीया साङ जोम तामाङनी र रुकुम भूमे गाउँपालिका २ घर भई दाङ लमही नगरपालिका ४ बस्ने ३७ वर्षीया भावना बुढा रहेका छन्।ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले कृष्णनगर नगापालिका २ लिङ्गेट नेपालबाट भारततर्फ जादै गरेका सेती तामाङलाई ५ किलो ५ सय ५५ ग्राम रेगदोन तामाङलाई ५ किलो ३ सय ६५
काठमाण्डौ । १४ किलो तस्करीको सुन प्रकरणका मुख्य योजनाकार बताइने प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जोन भनिने जीवनकुमार गुरुङलाई प्रहरीले गएराती पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो तस्करीको सुन प्रकरणका मुख्य योजनाकार गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो।सीआईबीका प्रवक्ता एसपी हाेविन्द्र बाेगटीले घटनाकाे पुष्टि गर्दै थप अनुसन्धान भइरहेकाे पर्दाफासलाई बताए।प्रहरी उच्च स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयले गुरुङलाई पक्राउका लागि प्रहरीलाई पत्राचार गरेको थियो।प्लाटिनम कलेज डिल्लीबजार कालि
काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ ।इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो ।विमानस्थल स्रोतका अनुसार यति एयरलाइन्सको एनवाइटी ७८७ विमान विराटनगर उड्ने तयारीमा थियो । यसको उडानको निर्धारित समय ८:३० थियो ।
बिरगन्ज । जिल्लाको बीरगंज महानगरपालिका वडा नम्बर-२५ बहुअरीबाट सशस्त्र प्रहरीले संकास्पद बिलबिजक भएको ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी सह-प्रबक्ता डिएसपि शैलेन्द्र थापाले बीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना.८.ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको विलविजक संकास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रक सहित नियन्त्रणमा लिएको जानकारी दिए ।उनका अनुसार लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मुल्य ४० लाख मुल्यांकन गरि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बा
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसदभवन नयाँबानेश्वरमा बोलाइएको छ ।आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ । यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८०
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१३ स्थित बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदीस्थित जर्नेलीघाटमा आइतबार मृत गैँडा फेला परेको हो ।मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।उनका अनुसार मृत भाले गैँडा अन्दाजी १२ वर्षको थियो । आपसमा जुधेर गैँडाको मृत्यु भएको आशङ्का गरिएको छ ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति देशभर आंशिक बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.