राजनीति

    Showing 6,861-6,870 of 10,368 items.
  • अब सरकारले युद्धस्तरमा काम गर्छ : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिले लय समातेकाले सरकारको ध्यान  समद्धितर्फ रहेको बताएका छन्।  नेपाल निर्माण व्यवसायीहरूको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अस्थिर राजनीतिले लय समातेकाले आफूहरूको ध्यान सामाजिक न्याय सुशासनको समृद्धिको लक्ष्य हासिल गर्ने कुरामा युद्धस्तरमा काम गर्ने तर्फ जाने बताएका हुन्। उनले अर्थतन्त्रलाई चालु अवस्थामा ल्याउन सरकारको ध्यान रहेको बताए।‘राजनीतिले लय समातेकाले सरकारको ध्यान सामाजिक न्याय सुशासनको समृद्धिको लक्ष्य हासिल गर्ने कुरामा युद्धस्तरमा काम गर्ने तर्फ जानेछ। कोरोना महामारी, रुस युक्रेन युद्ध र आपूर्तिको व्

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 112 पटक पढिएको
  • नवनिर्वाचित राष्ट्रपतिको शपथ सोमवार दिउँसो १ बजे

    काठमाण्डाै – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमवार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुनेछ ।नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख पौडेल यही फा

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 116 पटक पढिएको
  • बिर्तामोडबाट १२ जना बन्दकर्ता पक्राउ

    झापा  । झापाको बिर्तामोडबाट १२ जना बन्दकर्ता पक्राउ परेका छन् ।जवरस्ती बन्द गर्दै हिड्ने ७ जना पुरूस र ५ जना महिलालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको हो ।प्रदेशको नाम कोसी राखिएको भन्दै खारेजीको मागमा आव्हान गरिएको बन्दको झापामा सामान्य प्रभाव परेको छ ।अन्य दिनहरुभन्दा सवारीको आवागमन कम भएको बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए ।उनका अनुसार जवरजस्ती गर्नेहरु पक्राउ गरेपछि अवस्था सामान्य बनेको छ ।लिम्बुवान, किरात संयुक्त संघर्ष समिति, पहिचान सहितको प्रदेश नं. १ को पुनः नामाकरण अभियान समिति र किरात राई यायोक्खाद्वारा प्रदेशको नाम कोसी खारेजीको माग सहित कोसी प्रदे

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 421 पटक पढिएको
  • राष्ट्रपतिका उम्मेदवार नेम्वाङले खर्च विवरण बुझाए

    झापा- राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले निर्वाचनका क्रममा १६ हजार ५०० खर्च भएको विवरण निर्वाचन आयोगका बुझाएका छन् । शुक्रबार आयोगका अधिकारीहरुलाई नेम्वाङले बुझाएको खर्च विवरणमा मतदाताहरुलाई एसएमएस गर्दा १० हजार खर्च भएको र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख छ ।नेम्वाङको खर्च विवरण राष्ट्रपतिका उम्मेदवार नेम्वाङका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई बुझाएका हुन् । हिजो बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी भएका थिए ।

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 123 पटक पढिएको
  • प्रधानमन्त्री ‘प्रचण्ड’ विरूद्धको रिट निवेदनमा सुनुवाइ सुरु

    झापा - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको हो ।  यसअघि बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन । प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 123 पटक पढिएको
  • अध्यक्ष रञ्जिता श्रेष्ठलाई नाउपाले उपराष्ट्रपतिको उम्मेदवार बनाउने

    झापा- नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिए ।नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भएको थियो । जस अनुसार जसपाले बाराबाट प्रतिनिधि सभामा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय गरेको थियो । तर गठबन्धनमै रहेको नाउपाले उपराष्ट्रपति उम्मेदवारमा श्रेष्ठलाई उठाउने निर्णय गरेको हो ।जसपाले यादवलाई उ

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 85 पटक पढिएको
  • माओवादी घटकले गर्यो यस्तो निर्णय

    झापा- माओवादी घटकहरूको बैठले शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले  शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिको खण्डन गर्ने निर्णय गरेको छ। बैठकपछि प्रतिक्रिया दिँदै माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय शान्तिप्रक्रिया उल्लंघन गर्ने प्रवृत्ति देखिएकोप्रति आपत्ति जनाए।उनले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते अन्तरक्रिया गर्ने जानकारी दिए। ‘शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका जुन प्रवृत्ति देखिएका छन्, त्यो मान

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 153 पटक पढिएको
  • चितवन–२ उपनिर्वाचनकोलागी : दलहरूलाई चिन्ह प्रदान

    काठमाडौं । आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ ।दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको हो ।सोही दफाको उपदफा (७) बमोजिम उपनिर्वाचन हुँदाका बखत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ती दलले २०७९ मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा र प्रतिनिधिसभामा प्रतिनिधित

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 233 पटक पढिएको
  • प्रधानमन्त्री 'प्रचण्ड'विरूद्धको रिटमा भोलि सुनुवाइ हुने

    झापा :प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरूद्धको रिटमा भोलि सुनुवाइ हुने भएको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिटको पेशी तोकिएको थियो। आज हेर्न नभ्याइने भएपछि रिट शुक्रबारका लागि सारिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले  जानकारी दिए। उनले भने,'  आज न्यायाधीश श्रेष्ठ सम्मिलित संयुक्त इजलास बसेको थियो। सो इजलासमा मुद्दा हेर्नुपर्ने भएकाले न्यायाधीश श्रेष्ठले एकल इजलासका मुद्दा हेर्न भ्याउनु भएन। उहाँको नेतृत्वमा गठित एकल इजलासमा प्रधानमन्त्री प्रचण्डविरूद्धको रिटको पेशी तोकिएको थियो।'अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार सर्वोच्च अदालतमा प्रच

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 213 पटक पढिएको
  • स्ववियु निर्वाचन आचारसंहिता : प्रचारप्रसार गर्न, रङरोगन र पोस्टर टाँस्न नपाइने

    झापा-  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ । त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयक निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो ।उहाँका अनुसार क्याम्पसको कम्पाउण्ड वालको बाहिरिपट्टि, भित्रपट्टि र क्याम्पस वरिपरि बालपेन्टिङ गर्न र त्रिविका क्याम्पसमा हानि नोक्सानी हुने कुनै प्रकारको प्रचार

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 228 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.