राजनीति

    Showing 6,751-6,760 of 10,367 items.
  • शुक्रबार समाजवादी केन्द्र घाेषणा

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव डा गङ्गालाल तुलाधरले केही वामपन्थी दलको समन्वयमा आगामी असार १ गते समाजवादी केन्द्र घोषणा गरिने बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले समाजवादी प्रेस सङ्गठन नेपालको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा बधाई दिन आज आयोजित कार्यक्रममा उनले अहिले केन्द्रमा आबद्ध आफ्नो पार्टीलगायतका दलहरूबीच कार्यगत एकता गरिने जानकारी दिए ।पार्टी कार्यालयमा सचिवसमेत रहनुभएका नेता तुलाधरले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन केन्द्रको महत्व हुने उल्लेख गर्दै तुलाधरले केन्द्रमा रहने दलबीच लामो गृहकार्

    • प्रकाशित मितिः असार १, २०८०
    • 198 पटक पढिएको
  • अदालत बाहिर प्रदर्शन गरेका विप्लवका कार्यकर्ता पक्राउ

    काठमाडौं । काठमाडौं जिल्ला अदालत बाहिर प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको अदालतमा थुनछेक बहस भइरहँदा विप्लव कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए ।उनीहरुले शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि कारबाही गर्नुपर्ने भन्दै  प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको थियो । 

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 285 पटक पढिएको
  • संसद भवन अगाडि नेविसंघको प्रदर्शन

    काठमाडौं । सत्तासिन नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐनलगायतका विभिन्न शिक्षा सम्बन्धी ऐन पारित गर्न दबाब दिँदै प्रदर्शन गरेको छ ।बुधबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।प्रदर्शनका क्रममा उनीहरूले शिक्षा सम्बन्धी विभिन्न ऐनहरु संसदमा पेश गरेर पारित गर्न मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 261 पटक पढिएको
  • प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत

    काठमाडौं । प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत भएका छन् ।सभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त दुवै विधेयक प्रस्तुत गरेका हुन् । दुवै विधेयक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले राख्नुभएको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।प्रतिनिधिसभाको बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 231 पटक पढिएको
  • कोशी प्रदेश सभा बैठक बोलाइयो

    विराटनगर । अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक बुधबारका लागि बोलाइएको छ । सभामुख बाबुराम गौतमले गत मंगलबारको बैठकबाट अनिश्चितकालका लागि स्थगित गरेको प्रदेश सभा बैठक जेठ ३१ गते बुधबारका लागि बोलाइएको सूचना प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जारी गरेका छन् ।माओवादी केन्द्रले सरकार छाडेका कारण मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले नीति तथा कार्यक्रमलाई छलेर बजेट भने अध्यादेशबाट ल्याउनसक्ने आशंका भइरहेको बेलामा बुधबारका लागि प्रदेश सभाको बैठक बोलाइएको हो । उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट पेस हुने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिर

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 228 पटक पढिएको
  • नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्‍याएपछि देशमा आर्थिक संकट भयोः प्रभू साह

    काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्‍याएको हुनाले नेपालमा आर्थिक संकट आएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सबै पदमा रहेकाहरुले कमिसन र घुसको नाममा पैसा लिएर विदेश पठाएको भन्दै यस्तो प्रवृत्तिले नेपालमा आर्थिक संकट कम नहुने बताए। उनले भने,व्यापारीहरु राजस्व छली गरिरहेका छन्,पैसा थुपारिरहेका छन्। कर्मचारीहरु घुस खाएर थुपारिरहेका छन्।नेताहरु कमिसनको पैसा थुपारिरहेका छन् र ती पैसा अवैध बाटोबाट विदेश पुर्‍याउने गरेका छन्। भन्नलाई नेपालको कानूनले कुनै सम्पत्ति लान मिल्दैन् तर तपाई पत्ता लगाउनुस घर भाडा पनि छोड्दैन्। भएक

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 325 पटक पढिएको
  • अधिकार प्राप्तिका लागि फेरि मधेश आन्दोलन; सीके राउत

    वीरगन्ज । जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले मधेस आन्दोलनका माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको बताएका छन् ।शनिबार वीरगन्जमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।उनले विगतमा भएका मधेस आन्दोलनमा मधेसी नेताहरूले गद्धारी गरेका कारण मधेसका माग पूरा नभएकाले ती माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको बताए ।२२ जिल्लको एक मधेस प्रदेश, नागरिकता, मधेसीको सम्मान र पहिचान मधेस आन्दोलनको माग भए पनि तीमध्ये कुनै पनि माग पूरा नभएकाले फेरि मधेस आन्दोलनको तयारीमा जनमत पार्टी लागिसकेको राउतको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 240 पटक पढिएको
  • सरकारले राम्रो काम गरेपछि भ्रष्टहरू अत्तालिए

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिएको बताएका छन् ।शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोध गरेको बताए ।‘सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो संघर्ष गर्यौं, त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ,’ प्रधानमन्त्रीले भने, ‘तर एउटा वर्गला

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 229 पटक पढिएको
  • आम जनता पार्टीका दुई संगठनबीच एकता

    काठमाडौँ । प्रभु साह नेतत्वको आम जनता पार्टीका दुई भातृ संगठनबीच एकता भएको छ ।शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघबीच एकता भएको अध्यक्ष साहले बताए । सो अवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ।

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 156 पटक पढिएको
  • वामदेव गौतमको एमालेमा जाने तयारी गर्दै

    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेले बोलाए आफु र केहि नेताहरु एमालेमा एकीकृत हुन जाने बताएका छन्।बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले पार्टीमा समावेश हुन बोलाए अहिलेको अवस्थामा नै एमालेसँग एकीकृत हुन जाने बताएका हुन्।उनले यसअघि आफुलाई नै रोक्नका लागि ७० बर्षे उमेरहद ल्याएको तर्क गरे। ७० बर्षे उमेरहद नहटाए एमालेमा अनुभव व्यक्तिहरु बाहिरिनुपर्ने अवस्था आउने उनले बताए। गौतमले आफु छाडेको कहिल्यैपनि नभनेको र पार्टी सदस्यता अहिले पनि एमालेमै रहेको उल्लेख गरे।उनले नेकपा एमाले आफुसँग नभएकाले पार्टी भएकाले नै पार्टीले नै औपचारिक रुपमा बोलाउनु

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 230 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.