काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसियल नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ ।विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसियल नेपालको आज सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रिय समितिलाई नै दिएको छ ।केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रिय समितिका सदस्यहरू भने चयन गरिएको वाईसियलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिनु भयो । नयाँ केन्द्रिय समितिमा २३ जना भने पछि मनोनित हुनेछन ।इन्चार्ज दिपशिखाका अनुसार वाईसियलको बिधानमा १० प्रतिशत सदस्
काठमाडौँ / बागमती प्रदेशका १२ सांसद नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेसंगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ ।एमाले एक्लैको बहुमत सांसद रहेको बागमती प्रदेशमा १२ सांसदले एमाले छाडेपछि शाक्यको पद धरापमा परेको हो । हाल बागमती प्रदेशसभामा ११० सदस्यीय रहेका छन् भने एमाले एक्लैको ५६ सांसद रहेका थिए ।मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई १२ सांसदले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका छन् ।
काठमाडौँ / सत्तारुढ गठबन्धनको बैठकले बुधबारसम्ममा मन्त्रिपरिषद् विस्तार टुंग्याउने निर्णय गरेको छ । यद्दपी आजको बैठकमा मन्त्रालय भागवण्डाबारे भने सहमति जुटेको छैन ।भोलि बिहान पुनः बैठक बसेर मन्त्रिमण्डल विस्तार टुंग्याउने विषयमा शीर्ष नेताहरु सहमत भएका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी थिए ।देउवा नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा जनस्तरबाटै सरकारको आलोचना भइरहेको छ ।
काठमाडौँ / विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । अध्यक्ष रविन्द्र मिश्रले एकतर्फी रुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै मंगलबार केन्द्रीय सदस्यहरूलाई इमेल गरेर बैठक बोलाएका थिए । संयोजक पाण्डेले मिश्रले बोलाएको बैठक एकीकरणको सम्झौता विपरीत भएको भन्दै रोक्न माग गरेका थिए । तर बुधबार केन्द्रीय सदस्यहरूलाई पत्र पठाउँदै उनले भदौ १७ गते बिहान ११ बजे छुट्टै बैठक आह्वान गरेका हुन् ।
बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो दलको संरक्षणमा रहेको समुहलाई ताप्लेजुङको फकताङलुङ गाउँपालिका, खम्बाचेनको १ हजार ५ सय रोपनी सरकारी दिने प्रयास गरेको सार्वजनिक भएको छ । सर्वोच्चको आदेशसँगै सरकार ढलेपछि ओली समुहको त्यो योजना विफल भएको हो । आफ्नो दलको सरकार रहेको समयमा सरकारी जग्गा जोगाउने काम भएको भनेर एमाले नेताहरूले प्रचार गरिरहेका वेला ओली समुहकै योजनामा मूल्यवान सरकारी जग्गा व्यक्तिलाई सुम्पेका विषय तथ्य सहित सार्वजनिक भईरहेका छन् । केही समय अघि ओली नेतृत्वकै सरकारले आर्थिक प्रलोभनमा परेर&nb
बिर्तामोड / नेकपा (एकीकृत समाजवादी) गठनमा साथ दिएका प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडको बताएका छन् । अध्यक्ष नेपालले झेली गरेको भन्दै नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पर्टी छाडेको फेसबुक मार्फत बताएका हुन् । पार्टीको मार्गदर्शक सिद्धान्तमा बहुदलीय जनवाद उल्लेख हुनुपर्ने आफ्नो अडान रहेको र बहुदलीय जनवाद नभएकाले आफू पार्टीमा नरहेको नेता नेपालले बताएका छन् । नेपालले आफू केपी ओलीसँग नजाने पनि स्पष्ट पारेका छन् ।उनले फेसबुकमा लेखेका छन् – ‘म केपीसँग जान्नँ, किनभने तानाशाही प्रवृत्तिको म सधैँ विरोधी हुँ, तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’ नेपालले भनेका
बिर्तामोड / विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य महेश पाठकले अध्यक्ष रविन्द्र मिश्रले पार्टी भित्र दादागिरी गरेको आरोप लगाएका छन् । अध्यक्ष मिश्रले पार्टी एकीकरण सम्झौता विपरीत संयोजकसँग परामर्श नगरी एकल रुपमा केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै पाठकले आरोप लगाएका हुन् । पाठकले मिश्रको दादागिरी धेरै दिन नटिक्ने समेत बताएका छन् । उनले भने –“मिश्रजीले बैठक आह्वान गर्दा प्रयोग गर्नुभएको भाषाले माघ १९ मा ज्ञानेन्द्र शाहले बोलेको कुराकै झल्को दिएको छ । ज्ञानेन्द्र शाहको ‘कू’ त टिकेन। मिश्रजीको ‘कू’ पनि टिक्ने छैन।” उनले मिश्रको पार्टी एकताघाती कदमको घोर भत्सर्ना गर्दै विर
काठमाडौँ / सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई पूर्णता दिने सहमति भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा त्यस्ताे सहमति भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, मूल्याङ्कन हुनुका साथै गठनबन्धनका शीर्ष नेताहरुले सरकार सञ्चालन सम्बन्धमा प्रधानमन्त्री देउवालाई सुझाव दिएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।बैठकमा काँग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, नेता
बिर्तामोड / नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल)मा नेतृत्वको विषयलाई लिएर विवाद भएको छ । वाईसीएलको दुई नेताबीच प्रतिष्पर्धा देखिएपछि नेतृत्वको विषयलाई लिएर विवाद भएको हो । महासचिव सुबोध श्रीपाली र उपाध्यक्ष सुमन देवकोटाबीच वाइसीएलमा कसले नेतृत्व गर्ने भनी प्रतिष्पर्धा भइरहेको छ । स्रोतका अनुसार अध्यक्षमा प्रत्यासी देवकोटामा ल्याउन उच्च नेतृत्वको दवाव छ । तर कार्यकर्ता तहमा भने महासचिव रहेका सुबोध श्रीपालीलाई अध्यक्ष बनाउनुपर्ने माग चर्को उठेको छ ।उनी महासचिव रहँदा कार्यकर्तामा भिजेको र यसअघि महासचिवबाटै राम प्रसाद सापकोटा दीपशिखा अध्यक्ष बनेका
नवलपुर / स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधबार रातिदेखि परेको बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले आइतबार तालाबन्दी गरिदिएका हुन् ।अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट –४ मा २०० भन्दा बढी घर डुबानमा परेको थियो । नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेर स्थानीयवासीले स्थानीय सरकारले जनतालाई डुबानबाट मुक्ति दिन नसकेको जनाउँदै पानीको निकास दिन आफूहरुले नै काम गर्ने बताएका छन् । गैँडाकोट –४ का तीर्थ पौडेलले निरन्तर परेको पानीका कारण घर डुबानमा परेपछि घरमा खान, बस्न, सुत्न समस्या
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.