राजनीति

    Showing 5,741-5,750 of 10,353 items.
  • चन्द नेतृत्वको पार्टीले सञ्चालनमा ल्यायो सी व्यापार केन्द्र

    काठमाडौँ । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बिक्री गर्न राजधानीमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ । बूढानीलकण्ठ नगरपालिकाको पासीकोटमा सञ्चालन गरिएको सो केन्द्रको आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतले शुभारम्भ गरे ।विभिन्न जिल्लामा रहेका नेकपाका ७५ वटा उत्पादन केन्द्रबाट उत्पादित चामल, दाल, तेल, मसला, मह, माछा तथा मासुजन्य, दूग्धजन्य र रैथाने उत्पादन तथा दैनिक उपभोग्य सामग्री बिक्रीमा राखिएको छ । व्यापार केन्द्रको शुभारम्भ गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले श्रम स

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 276 पटक पढिएको
  • सरकारले ल्याएको पाँचवटा अध्यादेश प्रक्रियाको नियत खोटपूर्ण रहेको रास्वपाको निष्कर्ष

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अधिवेशनको ३ हप्ताअघि हतारहतार काम देखाउन सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्दै, ति अध्यादेशका अन्तर्वस्तुगत सारमाथि रास्वपाका सांसदहरुले गुण–दोषका आधारमा खरो बहस गर्ने निर्णय गरेको छ ।सोमबार केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले विगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उद्देश्य अनुरुप कुनै पनि नतिजा नदेखिएको पृष्ठभूमिमा संसदको आसन्न अधिवेशनको ३ हप्ताअघि हतारहतार हतास मनस्थितिमा काम देखाउन सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्दै, ति अध्यादेशका अन्तर्वस्तुगत सारमाथि रास्वपाक

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 262 पटक पढिएको
  • कांग्रेसले सरकारलाई पूरै साथ दिएको छः प्रधानमन्त्री

    भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठुला दलको सहकार्यमा रहेको वर्तमान सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन् ।  भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै देश विकासको गति बढाउने बताएका हुन् ।उनले भने, ‘अब नेपालमा विकासको क्रममा अगाडी बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहका

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 191 पटक पढिएको
  • सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्यः प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् ।सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आबद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिए ।‘अपराधजन्य कार्यबाट प्राप्त सम्पत्तिको प्रवेश वित्तीय प्रणालीमा हुन नदिई वित्तीय स्वच्छता कायम गर्न सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रूपमा काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 251 पटक पढिएको
  • पाथीभरामा केबलकार बनाउने योजना खारेज गर : राजेन्द्र महतो

    .    झापा,बिर्तामोड । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा अवस्थित मुकुलुंग (पाथीभरा) क्षेत्रमा केबलकार बनाउने योजनालाई खारेज गर्न माग गरेका छन् ।अध्यक्ष महतोले आइतबार एक विज्ञप्ति जारी गरी उनले त्यस्तो माग गरेका हुन् । मुकुलुंग क्षेत्रमा हुन लागेको केबलकार निर्माण कार्यलाई त्यहाँको स्थानीय समूहले विरोध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । स्थानीयवासी ‘नो केबलकार समूह’ गठन गरेर नै आन्दोलनमा उत्रिएका छन् ।ती समूहमाथि प्रहरीले दमन गरेको भन्दै अध्यक्ष महतोले त्यसको भर्त्सना गरे । हिजो बेलुकी शान्तिपूर्ण रूपमा आफ्ना आस्था, संस्कृति

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 246 पटक पढिएको
  • कांग्रेस आउँदो सङ्घीय संसद् अधिवेशनमा एउटै आवाज र एकढिका भएर प्रस्तुत हुने

    काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको आजको बैठकले संसद्को आउँदो अधिवेशनमा पार्टी एउटै आवाज र एकढिका भएर प्रस्तुत गर्ने निर्णय गरेको छ ।सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र मन्त्रीलाई आगामी दिनमा संसद्भित्र होस् वा बाहिर एकढिका भएर प्रस्तुत हुन निर्देशन दिनुभएको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।बैठकमा गृहमन्त्री रमेश लेखकले लामो समयदेखि मुलुकको आर्थिक अवस्था शिथिलतातर्फ उन्मुख भएकाले अर्थतन्त्र चलायमान बनाउनका लागि अध्यादेशमार्फत केही कानुन संशोधन गर्नुपरेको बताएका

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 263 पटक पढिएको
  • कांग्रेस संसदीय दलको बैठक माघ १३ गते

    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ ।सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 372 पटक पढिएको
  • राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा सरकारले गरेका कामबारे समिक्षा गरिँदै

    काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । बैठक अगाडि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले लामो  समयदेखी बस्न नसकेको बैठक आजदेखी प्रारम्भ भएको बताएका हुन् । आजको बैठकमा वर्तमान समसामयिक राजनीतिकबारे छलफल हुने बताइएको छ । साथै, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल गरिने अध्यक्ष लिङ्देनले बताए ।उनले  ठूला दुई दल मिलेर बनेको  सरकारले  अहिलेसम्म के  के  गरेको छ त्यसको बारेमा समेत समिक्षा गरिने बताए । उनले भने, ‘लामो समयदेखी बस्न

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 255 पटक पढिएको
  • कर्णाली प्रदेशसभामा रिक्त संसदीय समितिले पाए पूर्णता

    कर्णाली । दश महिनादेखि नेतृत्वविहीन अवस्था रहेका कर्णाली प्रदेशसभाका तीन संसदीय समितिले पूर्णता पाएका छन् । गत वैशाखदेखि नेतृत्वविहीन रहेका सार्वजनिक लेखा, सामाजिक विकास, अर्थ तथा प्राकृतिक स्रोत समितिले आजबाट नेतृत्व पाएका छन् ।लेखा समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की दक्षिणा शाही र सामाजिक विकास समितिको सभापतिमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित भएका छन् ।कार्यवाहक सभामुख यशोदाकुमारी न्यौपानेले नवनिर्वाचित समितिका सभापतिहरूलाई आजै पद तथा गोपनियताको शपथग्रहण गराएकी

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 255 पटक पढिएको
  • मधेश प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुतला दहन

    जनकपुर । जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ ।बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरुले मुख्यमन्त्री सिंहको पुतला दहन गरेका छन् । मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले बिरोध जनाएका छन् । चार लाख भन्दा बढी बोलिने भाषालाई बिधेयकमा नराखिएकोमा उनीहरुले आक्रोश व्यक्त गरेका हुन् । मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन बढी बिरोध गर्ने र भाषा र पहिचानको लागि लडिरहने बताए ।  विरोध प्रदर्शनमा युवाहरुले पहिचानवादी सरकार मुर्दावाद, मुख्यमन्त्री

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 397 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.