राजनीति

    Showing 5,701-5,710 of 10,353 items.
  • रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न माग

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवं सांसद डीपी अर्यालले सभापति रवि लामिछानेमाथि संसद्ले पनि प्रतिशोध साधेको आरोप लगाएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद्ले पनि सरकारको रबैयालाई समर्थन गरेको बताएका हुन् ।उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त  प्रतिशोध साँध्यो साँध्यो, सार्वभौम संसद्ले पनि सरकारको रबैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ । एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ ।’साथै उनले झुटा मुद्दा लगाएर फसाउने सरकारको कुन

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 242 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक सुरु

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुहुने कार्यसूची रहेको छ ।त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले  ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको विधायन विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछ् ।आजै कानुनमन्त्री चौरसियाले ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव पेस गर्नेछन् ।आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 367 पटक पढिएको
  • विपिन रिहाइको पहलः परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता

    काठमाडौँ । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन् ।हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा राणाले गए राति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् ।त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले जोशीको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिनुभएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नि

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 238 पटक पढिएको
  • एनआरएनलाई भिसा दिने प्रावधान हास्यास्पदः प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गैरआवासीय नेपाली ९एनआरएन० हरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् ।बिहीबार प्रतिनिधि सभामा बोल्दै पूर्व प्रधानमंत्री  प्रचण्डले सो अध्यादेशमा भएको व्यवस्थाप्रति गैरआवासीय नेपालीहरूले असन्तुष्टि जनाइरहेको जनाए ।‘हामी सबैको सहमतिमा नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान हामीले राख्यौं ।  म प्रधानमन्त्री हुँदा मेरै हातले एनआरएनएका तत्कालीन अध्यक्ष कुल आचार्यलाई पहिलो गैर आवासीय नेपाली नागरिकता प्रदान गरेँ’, प्रचण्डले भने, ‘त्यसयता झन्डै चार हजार जना एनआरएनहरुले गैरआ

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 179 पटक पढिएको
  • अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंह मध्यरातमै पुगे नदीमा, गरे छड्के अनुगमन

    जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गरी चोरीनिकासी भइरहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पोर्ताहा क्षेत्रमा बुधबार मध्यरातमा अनुगमन गरेका छन् ।  नदीजन्य पदार्थको अवैध तथा अनाधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेको, मधेशको उर्वर भूमि मरुभूमिमा परिणत भइरहेको र सरकारलाई प्राप्त हुनुपर्ने राजस्व गुमिरहेको चिन्ताका बीच प्रदेश सरकार प्रमुख तहबाट त्यसविरुद्ध छड्के अनुगमन गर्न उनी त्यहाँ पुगेका हुन् । राष्ट्रिय वनक्षेत्र र सामुदायिक वन क्षेत्रमा रहेका खोलाबाट अवैध तथा अनुचित तवरमा

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 379 पटक पढिएको
  • लामिछानेसहितको मुद्दामा दोस्रो दिनको बहस सुरु

    चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० का सभापति रवि लामिछानेको मुद्दामा आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अहिले नेपाल सरकारका तर्फबाट छिमेकी जिल्लाबाट आएका न्यायाधिवक्ताहरुले बहस थालेका छन् । बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङका जिल्ला न्यायाधिवक्ता दशरथ पङ्गेनीले क्रमशः बहस गर्नेछन् ।चितवन सरकारी वकिल कार्यालयबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धवहादुर थ

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 387 पटक पढिएको
  • इटहरीका मेयर र उपमेयर आमन सामने, विवाद उत्कर्षमा

    इटहरी । मेयर हेमकर्ण पौडेलले प्रशासन शाखामा लगाइएको ताला फुटाइदिएपछि कोशी प्रदेशस्थित सुनसरीको इटहरी उपमहानगरपालिकाभित्रको राजनीतिक विवाद थप उत्कर्षमा पुगेको छ ।गत ११ माघमा उपप्रमुख संगीताकुमारी चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन शाखाका प्रमुख संजिव खड्काको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको भन्दै पालिका प्रमुख हेमकर्ण पौडेलले ताला फुटाइदिएका हुन् ।मेयर पौडेलले पे्रस विज्ञप्तिमार्फत भनेका छन,‘माघ ११ गतेदेखि लागेको ताला नखुल्दा कार्यालयको दैनिक कामकाजमा समेत बाधा पुग्न गएको, त्यसैगरी वडा कार्यालयहरुको सेवा समेत प्रभावित भइ

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 337 पटक पढिएको
  • कांग्रेसको पोखरा भेलाः पार्टी सङ्गठनदेखि जलवायु परिवर्तनसम्मको चिन्ता

    गण्डकी । चार दिनयता पर्यटन राजधानी पोखरा कांग्रेसमय भएको छ । देशैभरिबाट आएका कांग्रेसका नेता तथा कार्यकर्ताका कारण यहाँको चहलपहल बढाएको हो ।पार्टीको पोखरा महानगरपालिका समितिद्वारा यही २० गते आइतबार आयोजित महानगर कार्यसमतिको तेस्रो वार्षिक सम्मेलनको उद्घाटन समारोहमा पार्टी सभापतिसहितका नेताले सम्बोधन गरेका थिए ।यसैगरी, पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा  सोमबार भएको प्रदेशस्तरीय, मङ्गलबार र बुधबार भएको जिल्लास्तरीय प्रशिक्षणमा पार्टीका शीर्ष नेतृत्वसहित सात वटै प्रदेशका सभापति तथा उपसभापति, ७७ वटै जिल्लाका सभापति तथा उपसभापति पोखरामा रहेका छन् ।प्रशिक्षण

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 369 पटक पढिएको
  • संसदको पहिलो बैठकमा रास्वपाले उभिएर बैठकको मर्यादा भंग गर्योः प्रमुख सचेतक बर्तौला

    काठमाडौं ।  एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बिहीबारको प्रतिनिधिसभाको बैठकमा अध्यादेश पेश हुने बताएका छन् । बुधबार सभामुखसँगको  छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौलाले भ्रष्टाचारसँग सम्बन्धित प्रतिवेदनहरुसमेत भोलिको संसदमा पेश हुने बताएका हुन् ।उनले  भने, ‘भोलि अध्यादेश पारित हुने गरी पेश हुनेछ । विशेषगरी प्रतिपक्ष दलका नेताहरुले बोल्ने कुरा गर्नु भएको छ त्यो स्वभाविक कुरा नै हो । सुन्ने र  विशेष समय लगायत केही विषय हुन्छन् । सरकारका तर्फबाट मान्य स्वास्थ्य मन्त्रीले केही  विषयहरुमा छलफल राख्ने  हाम्रो तयारी छ । केही महत्वपूर्ण विषयहरु र प्रतिवेदनहरु माथ

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 411 पटक पढिएको
  • बेनी पुगेर प्रचण्डले भनेः गल्ती भएकै हो, अब सच्याउँछौं

    म्याग्दी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन् । माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गरे । उनले भने, ‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, आफ्नो वर्ग र समुदायबाट केही टाढा हुनपुग्यौं । म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि आफ्नै वर्ग र

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 420 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.