राजनीति

    Showing 5,691-5,700 of 10,353 items.
  • आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा

    चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए ।उनले भने, ‘हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशिल सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ, तल्लो तहका साथीहरूले त्यसलाई सहयोग गर्नुप¥यो ।’ विधानले एक वर्ष समय थप गर्नसक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उनले बताए ।उनले भने, ‘नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मङ्सिर ÷पुसमा चार वर्षको

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 369 पटक पढिएको
  • केपी ओली रहँदासम्म बाम एकता सम्भव छैनः प्रचण्ड

    जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहँदासम्म नेपालमा कम्युनिस्ट वा बामपन्थी एकता सम्भव नभएको बताएका छन् । जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘केपीजी रहँदासम्म नेपालमा कम्युनिस्ट एकता, बामपन्थी एकता हुने स्थिति छैन।’प्रचण्डले तत्काल सरकार बनाउनेतर्फ आफ्नो दलको ध्यान नरहेको स्पष्ट पार्दै नेपाली कांग्रेससँग पनि सहकार्यको सम्भावना नरहेको बताए।उनले भने, ‘अहिले हाम्रो प्राथमिकता सरकार होइन। हामी जनतामा जाने, जनचेतना अभिवृद्धि गर्ने, पार्टीलाई नयाँ ढंगले विस्तार गर्दै सुदृढ बनाउने अभियानमा छौं। यो हाम्रो लागि मात्र हो

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 306 पटक पढिएको
  • समाजवादीका नीति–कार्यक्रम जनमुखी छन्ः नेता खनाल

    मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीका तर्फबाट ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको बताएका छन् । विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले अन्य पार्टीका भन्दा एकीकृत समाजवादीको नीति तथा कार्यक्रम राम्रो रहेको दाबी गरे ।सम्मानित नेता खनालले वर्तमान सरकार ढालेर अर्को जनमुखी  सरकार निर्माण हुने अवस्था नरहेको स्पष्ट गरे । उनले भने, ‘वामपन्थीहरु अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ ।’नेता खनालले दिगो विकाससहित समृद्धिको दिशा

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 265 पटक पढिएको
  • नयाँ शक्तिलाई मूलधारमा लैजान्छौँ: डा भट्टराई

    काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा बाबुराम भट्टराईले महाधिवेशनमार्फत नयाँ शक्तिलाई जोडेर मूलधारमा लैजाने बाटो तय गर्ने बताएका छन् ।पार्टीको प्रदेश राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण जरूरी रहेको खाँचो औँल्याए । ‘महाधिवेशनले नयाँ राजनीतिक शक्तिहरूलाई जोडेर मूलधारमा लैजाने बाटो तय गर्नेछ”, डा भट्टराईले भने, ‘नयाँ युगमा नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूबीच गोलमेच सम्मेलन र विचार विमर्श हुन जरूरी छ ।’पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले वैकल्पिक शक्तिहरूलाई मिलाएर रूपान्तरणकारी

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 224 पटक पढिएको
  • ओलीको के खुस्कियो बुझ्न बाँकी छः सांसद् सापकोटा

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले  सरकारले  ल्याएको  अध्यादेश ‘खाउँ भने कसको अनुहार, नखाउँ भने दिनभरिको शिकार’भनेको जस्तो  भएको बताएका छन् ।आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको प्रधानमन्त्री प्राविधिक रुपमा जोड घटाउ, हिसावकिताब अलि गर्न नजान्ने भाष्य नै सिर्जना गरिसकेको बताएका हुन् ।उनले प्रधानमन्त्री मादल बजाउने, गितार बजाउने, सोसल साइडहरु पनि आफैंले ह्यान्डल गर्ने विपक्षी दलको नेताको मनतव्य सुन्न छाडेर टिकटकरहरुसँग गफ गरेर बस्ने गरेको आरोप लगाउँदै ‘ओलीको के खुस्कियो’अब यो बुझ्न बाँकी रहेको बताए ।उनले भने, ‘अध

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 323 पटक पढिएको
  • उपेन्द्र यादवले सोधेः‘यस्तो फोहोरी र फटाहा कुरा कहाँबाट आयो ?’

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले ल्याएको अध्यादेश संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने भएको छ । शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष उपेन्द्र यादवले आफूहरुको कारणले अध्यादेश नअड्किएको भन्दै संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका हुन् । उनले भने,‘हामीले अध्यादेश अड्काएको होइनौं । सरकारले आफै कार्यसूचीबाट हटाएको छ । हामी धारणा बनाउँदैंछौं, हाम्रो सोच सकारात्मक छ । अब सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्नेछौं ।’त्यस्तै उनले अध्यादेशमा

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 305 पटक पढिएको
  • ०८४ मा माओवादीलाई पहिलो हुनबाट कसैले रोक्न सक्दैनः प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका छन् । अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । २०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले थप उत्साह र प्रेरणा दिइरहेको बताए । उनले भने, ‘२०६४ मा यस्तै उभार थियो, नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने अवस्था थियो । जनतामा ठूलो आकर्षण थियो, अहिले त्यस्तै देखिएको छ । म विह

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 263 पटक पढिएको
  • समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि

    काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले  आइतबारदेखि सुरु हुने पहिलो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही माघ २७ देखि २९ गतेसम्म हुने महाअधिवेशनमा  एक हजार पाँच समय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिइन् ।उक्त पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिनेछ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहि

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 277 पटक पढिएको
  • दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाबमा  नपरी प्रमाण र तथ्यमा आधारित भएर  न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्मित ‘द ब्लु  पेभिलियन’को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा विधिको शासन तथा शान्ति सुरक्षा कायम गर्ने काममा दृढताका साथ अघि बढ्न निर्देशन दिएका हुन् ।‘तपाईंहरु जनताको अपेक्षाअनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र असल व्यवहारको अपेक्षा गरेका छन् । त्यसैले तपाईंहरु संविधान र कानुनबमोजिम देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस्’, प्रधानमन्त्री ओलीले भने,

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 264 पटक पढिएको
  • सत्तामा बसेर ओलीले आफ्नो स्वार्थ पूरा गरिरहेका छन्ः माधव नेपाल

    काठमाडौं  । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकप्रति गम्भीर नभएको बताएका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले ओली देश चलाउनका लागि र जनताको समस्या समाधानका गर्नका लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्न केन्द्रित भएको बताएका हुन् ।उनले भने, ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मुलुक सञ्चालनल गर्ने कुरामा गम्भीर हुनुहुन्न । जनताको समस्या समाधानका गर्नका लागि जिम्मेवार हुनुभएको छैन् । सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने कुरामा केन्द्रित भएर लाग्नुभएको  छ

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 252 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.