राजनीति

    Showing 5,651-5,660 of 7,596 items.
  • प्रदेश-१ मा आज सर्वदलीय बैठक बस्दै

    काठमाडौं / प्रदेश–१ सरकार प्रदेशको नाममा सहमति जुटाउन आज मंगलबार मध्याह्न १२ बजेपछि बस्ने गरी सर्वदलीय बैठक बोलाइएको छ । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता तथा सरकारका सबै मन्त्रीलाई बोलाइएको हो। गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्री जयराम यादवलाई प्रदेश–१ को नामकरणका लागि सहजीकरण गर्ने जिम्मा दिएको थियो । प्रदेशको स्थायी राजधानी विराटनगर कायम भइसकेको लामो समय भइसक्दा पनि प्रदेश–१ ले नाम टुङ्गो लगाउन सकेको छैन् । मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण गर्न पहल गरे पनि अहिलेसम्म नाममा सहमति हुन सकेको छैन् ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 73 पटक पढिएको
  • जसपाले फागुन १३ गतेलाई बोलायो कार्यकारिणी समितिको बैठक

    काठमाडौँ / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन् । यादवका प्रेस संयोजक महेश चौरसियाका अनुसार फागुन १३ गते बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाइएको छ ।३५ सदस्यीय कार्यकारिणी समितिको बैठकमा समयसामयिक राजनीति, संसदमा टेबल भएको एमसिसी, पार्टीभित्रको विवाद र सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनबारे छलफल हुने बताइएको छ ।माघमा भएको राष्ट्रिय सभा चुनावपछि जसपामा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीच विवाद बढेको छ।

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 88 पटक पढिएको
  • राजाराम बर्तौलाले राप्रपाबाट दिए राजीनामा

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य राजाराम बर्तौलाले राजीनामा दिएका छन् । राप्रपाको केन्द्रीय महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे पार्टीमा उठाएको छानबिनको विषयलाई नेतृत्वले बेवास्ता गरेको भन्दै उनले राजीनामा दिएका हुन् ।उनले भनेका छन्– ‘नैतिकरूपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा आजैका मितिदेखि साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको छु ।’बर्तौला हालै राप्रपाबाट अलग भई राप्रपा नेपाल पार्टीको घोषणा गरेका कमल थापाका निकट सहयोगी हुन् । 

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 81 पटक पढिएको
  • एमसीसी टेबल गरेपछि सरकारले बढायो सञ्चारमन्त्रीको सुरक्षा

    काठमाडौं / सरकारले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडीसहित थप सुरक्षाकर्मी परिचालन गरेको हो । फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए ।एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले जानकारी दिए । उनको निजी सुरक्षा अधिकृतमा यसअघि दुई जना प्रहरी नायव निरीक्षक (सई) खटाइएको थियो । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 91 पटक पढिएको
  • बार एसोसिएसनको निर्वाचन कार्यक्रम सार्वजनिक

    काठमाडौं / नेपाल बार एसोसिएसनको चैत १९ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले निर्वाचन देशैभर एकसाथ हुने जनाएको छ ।निर्वाचनबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् । चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिनेछ भने नामावलीमा दावी विरोधको मिति फागुन १३ गतेलाई तोकिएको निर्वाचन समितिले जनाएको छ ।यस्तै अन्तिम नामावली फागुन २० गते प्रकाशित हुँदा फागुन २३ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ । फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरेर चैत १९ गते बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 117 पटक पढिएको
  • एकीकृत समाजवादीले सचिवालय बैठक बोलायो

    काठमाडौं / सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमसीसीबारे चर्को विवाद भएपछि आज(सोमबार) दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा मुख्य एमसीसीको विषयमा छलफल हुने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जनाएका छन् । यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । पार्टीका सम्मानित नेता झलनाथ खनालले भने एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए ।नेता खनालले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए । शनिबारको स्थायी क

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 69 पटक पढिएको
  • सर्वोच्चद्धारा सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न आदेश जारी

    काठमाडौं/ सर्वोच्च अदालतले सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासले उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार उपभोक्ता अदालत गठन गर्न आदेश दिएको हो ।ऐनमा भएको व्यवस्था अनुसार सरकारले अदालत गठन नगरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको थियो । सर्वोच्च अदालतले ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्नू भनी आदेश दिएको हो । यो मुद्दाको जवाफ दिने क्रममा सरकारले सातवटै प्रदेशमा उपभोक्ता अदालत गठनको गृहकार्य भइरहेको जानकारी गराएको थियो । अरु छ वटा प्रदेशमा प्रदेश राजधानीमा र बाग्मती प्रद

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 78 पटक पढिएको
  • एमसीसी विरुद्धमा भद्रपुरमा मोटरसाइकल र्याली सहितको विरोध प्रर्दशन

    बिर्तामोड / एमसीसी सम्झौताको विरुद्धमा आज माओवादी केन्द्र भद्रपुर नगरपालिकाले मोटरसाइकल र्याली सहितको विरोध  प्रदर्शन गरेको छ । भद्रपुर नगरपालिका भरि प्रदर्शन गरे पछि पछि सम्पन्न कोण सभामा बोल्दै प्रमुख अतिथि झापा जिल्ला ३ नं क्षेत्रका इन्चार्ज डिल्ली घिमिरेले  अमेरिकी सहयोग एमसीसी सम्झौता देशको हितका नरहेको भन्दै खारेज गर्न माग गरेका छन् ।प्रदेश सदस्य मिरा संजेल बाइ सी एल झापाका इन्चार्ज कुमार आचार्य , भद्रपुर नगरपालिका नगर कमिटी इन्चार्ज नरेश संजेल नगर कमिटी सह इन्चार्ज पुकार राजवंशी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन माओवादी केन्द्र भद्रपुर नगरपालिका अध्यक्ष शिवर

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 308 पटक पढिएको
  • यस्तो छ टेबल भएको ‘एमसीसी’को ‘पूर्णपाठ’

    काठमाडौं / अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सङ्घीय संसदको तल्लो सदन प्रतिनिधिसभामा दर्ता भएको करिब अढाई वर्षपछि टेबल भएको छ । वि.सं. २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता भएको एमसीसी सम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा टेबल भएको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता’ प्रस्तुत गरेका थिए ।यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसिसी संसद्मा

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 91 पटक पढिएको
  • एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वर तनावग्रस्त

    काठमाडौं  / एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वर तनावग्रस्त भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले आइतबार पनि विरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारी उत्तेजित भएपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको छ । एमसीसीविरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका हुन् ।

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 89 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा