राजनीति

    Showing 5,451-5,460 of 6,741 items.
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधन लगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । पार्टीको कामका सिलसिलामा केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेका कारण भर्चुअल रूपमा बैठक बस्न लागेको उनले बताए ।सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारी स्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ । आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 68 पटक पढिएको
  • संसद् बाहिर बनेका कानुनबारे सदन बेखबर

    काठमाडौं  / मुलुकको कानुन बनाउने प्रमुख जिम्मेवारी संसद्को भएता पनि नेपालमा भने ८० प्रतिशतभन्दा बढी कानुन अझै पनि कार्यपालिका मातहतका निकायले बनाउने गरेको पाइएको छ । कुन प्रयोजनका लागि ती कानुन कहाँ बनाइएको, कहाँ दर्ता हुन्छ, त्यसको ठिक सदुपयोग भए/नभएको  भन्ने पनि यकिन लेखाजोखा नै पाइन्न । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी रहेको संसद्ले २० प्रतिशत मात्र कानुन बनाउँदै आएको बताए ।उनले भने, “देशमा अहिले करिब ३५० ऐन र ३०० जति नियमावली अभ्यासमा छन् तर हजारौँका सङ्ख्यामा रहेका निर्देशिका, मापदण्ड जस्त

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 76 पटक पढिएको
  • बारको आन्दोलनमा हस्तक्षेप नगर्न प्रधानमन्त्री देउवाको निर्देशन

    काठमाडौँ /  प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवसायीहरूको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन दिएको बारका महासचिव लिलामणि पौडेलले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनका कानुन व्यवसायीहरूले केही दिन देखि लगातार आन्दोलन गर्दे आएका छन् । शान्तिपूर्ण आन्दोलन गर्न र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नहुने सरकारबाट प्रतिबद्धता आएको उपमहासचिव पौडलले बताए । आन्दोलनलाई सम्बो

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 96 पटक पढिएको
  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं  / नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्न लागेको हो । समाजवादीले यो बैठकमा कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरू अनुमोदन गर्ने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टी प्रवेश गरेका एवं प्रवेश गर्ने तयारीमा रहेका नेताहरूको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने योजना छ ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 71 पटक पढिएको
  • सर्वोच्चमा कानुन व्यवसायीहरूको लडाइ

    काडामाडौँ / सर्वोच्च अदालत अगाडि कानुन व्यवसायीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै नेपाल बार एशोसियसनका कानुन व्यवसायिहरूले केही दिन देखि लगातार विरोध प्रदर्शन गर्दै आएका छन् । सोही विरोधका क्रममा आज आन्दोलनरत पक्ष र विपक्षबीच धकेला धकेल भए पछि झडप भएको हो । झडपका क्रममा केहीलाई भने प्रहरीले पक्राउ गरेको छ । बारले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वोच्च अदालत क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीप

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 73 पटक पढिएको
  • दश बुँदे कार्यान्वयनमा समस्या छैनः महासचिव पोखरेल

    काठमाडौँ  / नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताए । “१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छ”, उनले भने, “कहिँकतै समस्या भए त्यसलाई पार्टीले समाधान गर्छ ।” महाधिवेशनमा आफ्नो उम्मेदवारीको विषयमा टुङ्गो लागि नसकेको महासचिव पोखरेलले बताए । वरिष्ठ उपाध्यक्षमा तपाइएको उम्मेदवारी हो भन्ने पत्रकारको जिज्ञासामा उनले भने, “सल्लाह हुन बाँकी नै छ ।” नेकपा एमालेको १०औँ महाधिवेशनको तयारीको अवस्था बुझ्न पोखरेलसँगै मह

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 69 पटक पढिएको
  • नव नियुक्त प्रदेश प्रमुखले लिए सपथ

    काठमाडौँ / प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरूले आज (बिहीबार) पद तथा गोपनियताको सपथ लिएका छन् ।प्रदेश –१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते प्रदेश –१ को प्रदेश प्रमुखमा खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा परियार र सुदूरपश्‍चिम प्रदेशको प्रदेश प्रमुखमा जोशीलाई नियुक्त गरेकी थिइन् ।

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 72 पटक पढिएको
  • शुक्रबार बेन्च बहिष्कार गर्ने नेपाल बारको घोषणा

    काठमाडौँ / नेपाल बार एसोसिएसनले भोलि शुक्रबार सबै बेन्च बहिष्कार गर्ने घोषणा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले शुक्रबार सबै बेन्च बहिष्कार गर्ने घोषणा गरेको हो ।कार्यपालिकासँग मिलेर राजनीतिक भागबन्डा खोजेकोलगायतका आरोप लगाएर सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा छ । सोही क्रममा बिहीबार सर्वोच्च अदालतमा धर्ना दिएका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । घम्साघम्सीका क्रममा बार महासचिवसहित ६ जना कानुन व्यवसायी घाइते भएका छन् । घाइते हुनेमा नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 87 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा