राजनीति

    Showing 5,451-5,460 of 9,621 items.
  • मुलुकका सम्भावनाप्रति सकारात्मक सोच र स्वावलम्बी भावना अपरिहार्य : राष्ट्रपति पौडेल

    काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका स्रोत र सम्भावनाअनुरुपको सीप तथा लगनशीलताको निर्माण एवम् राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी तथा स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता भएको बताएका छन् ।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसङ्घको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘नेपाल युवा सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको सम्भावना पहिचान गरी त्यसको समुचित प्रयोगका लागि राष्ट्रिय भावना जागृत हुन आवश्यक रहेको बताए ।

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 344 पटक पढिएको
  • १७ अस्पतालमा सेवा थपिए सुविधा

    काठमाडौँ- संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १७ अस्पतालले सेवामा सुधार थालेका छन्। पदभार सम्हालेलगत्तै गत साउन ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको भिडदेखि सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न ९ बुँदे निर्देशन जारी गरेका थिए।एक महिनाभित्र भीड व्यवस्थापन गर्ने लक्ष्यअनुरुप हालसम्म रिपोर्ट प्राप्त सबै अस्पतालले सुधार भएको जानकारी पठाएको मन्त्रीको सचिवालयले जनाएको छ।शुक्रराजमा स्वास्थ्य बिमाबाट ९० प्रतिशत बढी औषधीअहिले संघ मातहतका १७ अस्पताल सबैले मन्त्रालयको निर्देशनअनुसार दुवै सिफ्टमा

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 507 पटक पढिएको
  • ५ लाख नयाँ संगठित सदस्य थप्न चार महिने अभियान सञ्चालन गर्दै जसपा नेपाल

    काठमाडौँ- जनता समाजवादी पार्टी नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत संगठन निर्माण अभियान सुरु गर्दैछ।यही भदौको पहिलो साता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नेगरी तयार गरिएको संगठन निर्माण अभियान मंसिरको मसान्तसम्म जारी रहनेछ।केन्द्रीय र प्रदेश सत्ताबाट बाहिर बसेको जसपा नेपालको सिंगो पार्टी पंक्ति आगामी चार महिनासम्म संगठन निर्माणमा होमिने बताइएको छ। त्यसका लागि जसपा नेपालले आफ्ना केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षण समेत दिएको छ। ललितपुरको महालक्ष्मीस्थान ६, सानोगाउँको थसी ब्यांक्वेटमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठक जारी छ।बैठक

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 335 पटक पढिएको
  • संविधान संशोधन हुन दुई वर्ष कुर्नुपर्छ: शेखर कोइराला

    काठमाडौं— नेपाली कांग्रेसका नेता शेखर कोईरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन् । काठमाडौंमा आइतबार आयोजित पुस्तक विमोचन कार्यक्रममा नेता कोईरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताए । अहिले नै संविधान संशोधन गर्न नसकिने बताउँदै उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाई बहुमत चाहिने भएपनि सरकारको बहुमत नपुग्ने बताए । दुवै सदनमा बहुमत पुर्‍याउन दुई वर्ष कुर्नुपर्ने उनको भनाइ छ । नेता कोईरालाले संविधान संशोधन गर्दा नेकपा(माओवादी केन्द्र) लगायतका राजनी

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 395 पटक पढिएको
  • भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।शिष्टाचार भेटका लागि काठमाडौं आएका भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन्।दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव  मिस्रीले आइतबार अपराह्न प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए। सोमबार बिहान विदेश सचिव मिस्रीले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको छ।

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 440 पटक पढिएको
  • कांग्रेसमा महामन्त्री वा उपसभापतिमा अनिवार्य महिलाको व्यवस्था गर्न माग

    काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री वा उपसभापतिमा महिला अनिवार्य निर्वाचित हुने व्यवस्था गर्नुपर्ने आवाज उठेको छ । केन्द्रीय समितिको जारी बैठकमा आइतबार केन्द्रीय सदस्य उर्मिला थपलियाले विधान संशोधन गरेर यो व्यवस्था अनिवार्य गरिनुपर्ने धारणा राखिन् ।राजनीतिमा महिलाहरूको उल्लेख्य सहभागिता र आकर्षण बढे पनि ‘उप’मै सीमित राख्ने परिपाटी तोड्न जरुरी रहेको भनाइ उनको छ ।“संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा पनि प्रमुख‚ उपप्रमुखमा एकजना महिला अनिवार्य त गरियो । तर, प्रमुखमा महिलाहरूको सहभागिता दुई प्रतिशत पनि छैन । अब कांग्रेसले विधान संशोधन गरेर नयाँ अभ्यास सुरु गर्नुपर्छ‚”

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 332 पटक पढिएको
  • कांग्रेसको विलम्बका कारण सरकार विस्तार हुन सकेन : कोशी मुख्यमन्त्री

    काठमाडौँ-  कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले कांग्रेसले विलम्ब गरेका कारण सरकार विस्तार हुन नसकेको बताएका छन् ।आइतबार पत्रकारसँग भएको अन्तरसंवादमा मुख्यमन्त्री कार्कीले सरकार विस्तारमा अझै २–४ दिन समय लाग्ने बताए । उनले भने, ‘आज पनि कुरा भएको थियो उहाहरुले अझै समय माग गर्नु भएको छ ।’नेपाली कांग्रेससँग राष्ट्रिय आवश्यकताका कारण सहकार्य भएको भन्दै आन्तरिक कुरा मिलाउन कांग्रेसले समय माग गरेको बताए । उनले बजेट पास भएपनि गति लिन नसकेको बताए । उनले सरकार विस्तार भएपछि सरकारको काम नयाँ चरणमा प्रवेश गर्ने बताए ।

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 569 पटक पढिएको
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी छनोट गर्ने

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीको पदाधिकारी छनोट केन्द्रीय कमिटीको पूर्ण बैठकले गर्ने भएको छ ।पार्टीमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न लागेको हो । पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक भदौ दोस्रो साता काठमाडौँमा बस्ने तयारी छ । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 305 पटक पढिएको
  • देउवासँग शेखरको प्रस्ताव : २०८२ मंसिरमा महाधिवेशन गर्नैपर्छ

    काठमाडौं- नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आगामी महाधिवेशन समयमै गर्न आग्रह गरेका छन्। आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा नेता कोइरालाले २०८२ मंसिरमा महाधिवेशन गर्ने सुनिश्चितता हुनुपर्ने माग राखे।‘१४औँ महाधिबेशन देखी थाती रहेका क्रियाशील सदस्यता लगायतका समस्या तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस्,’ कोइरालाले भने, ‘यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ। ठिक चार वर्षमा कांग्रेसको महाधिवेशन होस्।’उनले पार्टीमा बिग्रिएको प्रणालीलाई ट्र्याकम

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 373 पटक पढिएको
  • प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विजय मिश्रीले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा भएको भेटमा द्विपक्षीय सरोकारका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीसँगको भेटमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल एवम् भारतीय अधिकारीहरुको सहभागिता रहेको थियो ।आइतबार बिहान दुई दिने भ्रमणमा नेपाल आएका मिश्रीलाई नेपाली समकक्षी लम्सालले विमानस्थलमै पुगेर स्वागत गरेकी थिइन् । भारतका विदेशमन्त्री एस। जयशंकरले जलछिमेकी माल्दिभ्सको तीन दिने भ्रमण सकाएकै दिन भारतीय विदेश सचिवको स्थल छिमेकी नेपालमा दुई दिने भ्रमण सुरु भएको हो ।मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचा

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 400 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.