राजनीति

    Showing 4,341-4,350 of 4,502 items.
  • पुनरावलोकनमा जाने माओवादीको तयारी

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैलासविरुद्ध पुनरावलोकनमा जाने तयारी थालेको छ । उक्त फैसलाको पुनरावलोकनका लागि आज माओवादीले कानून व्यवसायीसँग पारमर्श गरेको हो । सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादी केन्द्र एकीकरण गरी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बदर गर्दै पूर्ववत् अवस्थामा फर्काउने निर्णय गरेको थियो । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग नेकपाको नाम जुधेको भन्दै अदालतले पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा बदर गरी ती दुुई दललाई एकीकरण पूर्वको अवस्थामा पुु¥याइदिएको थियो ।

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 43 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक आज बस्दैछ, कार्यसूची सहित

    काठमाडौं / संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछिको पुनःस्थापित संसदको यो पाँचौ पटक बस्ने बैठक हो ।दिउँसो १ बजे संसद भवन बानेश्वरमा प्रतिनिधि सभाको बैठक बस्न लागेको हो । आज बस्ने प्रतिनिध सभा बैठकमा तीन ओटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन तथा महान्यायाधीवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवदेन पेस गर्ने संघीय संसद् सचिवालयले निकालेको सम्भावित कार्यक्रममा उल्लेख छ ।संघीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौ

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 26 पटक पढिएको
  • नेपाल र बंगलादेशबीच चार विषयको समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं । नेपाल र बङ्गलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उनकी समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर –सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो ।समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 27 पटक पढिएको
  • राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

    ढाका / मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणमा रहेकि राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए ।भेटवार्तापछि उनिहरु राष्ट्रपति हमिदले सोही भवनमा आयोजना गरेकोको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा सहभागी भए ।बङ्गलादेशको राष्ट्रपति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि उनिहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटा

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 21 पटक पढिएको
  • पूर्वमन्त्री शर्मालाई मातृशोक

    देउखुरी / प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई मातृशोक परेको छ । पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री शर्माकी आमा पार्वता पौडेलको ७४ वर्षका उमेरमा आज बिहान आफ्नै निवास घोराही –१८ मसिनामा निधन भएको हो । उनका श्रीमान्, चार छोरी र एक  छोरा छन् । उनको केहीबेरमा कटुवाखोलाको जोरमिलघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ । 

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 37 पटक पढिएको
  • राष्ट्रपति भण्डारी ढाकामाः आजै महत्वपूर्ण भेटवार्ता

    बिर्तामोड / राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान त्यहाँको राजधानी ढाकामा पुगेकि छिन् ।  बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा पुगेकि हुन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को विशेष विमानबाट त्यहाँ पुगेकि राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरेका हुन् ।  राष्ट्रपत

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 45 पटक पढिएको
  • राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमणका लागि आज बङ्गलादेशतर्फ प्रस्थान गरेकी छन् । उनी बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा  प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बिदाइ गरेका थिए  । सो अवस

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 25 पटक पढिएको
  • सङ्गठनको संरचना र व्यवस्थापन पहिलो दायित्व : मुख्यमन्त्री पौडेल

    वाग्मती  / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको साङ्गठनिक व्यवस्थापन राम्रो भएमा मात्रै कार्यक्षेत्रमा भनेजस्तो काम गर्न सकिने भएकाले तीन वटै सरकारको ध्यान त्यसतर्फ जान आवश्यक रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतबार वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको ‘वाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका कार्यालयको कार्यसम्पादन समीक्षा एवं आगामी रणनीति निर्धारण कार्याशाला गोष्ठी’मा उनले त्यसतर्फ सरकारको ध्यान जाने बताएका छन् । तीन तहका सरकारको आ–आफ्न काम गर्ने कार्यक्षेत्र संविधानले नै व्यवस्था गरेकाले समायोजन भ

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 26 पटक पढिएको
  • गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो : पूर्वमन्त्री आचार्य

    भक्तपुर  / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताएका छन् ।गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा जिपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले सशस्त्र द्वन्द्वमा फसेको देशलाई कोइरालाले नै १२ बुँदे सम्झौता गरी तत्कालीन माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर निकास दिएको बताएका छन् ।उनले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले सबै विपक्षी दलहरुलाई एक ठाउँमा ल्याएर नयाँ सरकार बनाउनुपर्ने बताएका

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 26 पटक पढिएको
  • ‘हामी केपी ओली विरुद्ध संघर्ष गछौं, तर उहाँसँग छुट्टिइहाल्ने पक्षमा छैनौं’ : माधव नेपाल

    काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले बालुवाटारमा बोलाउँदैमा लुरुलुरु नजाने बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी स्वाभिमानी मान्छे हौँ । ओलीले बोलाउँदैमा बालुवाटार बैठकमा जाँदैनौँ ।’उनले ओलीले राखेको संसदीय बोर्डको बैठकमा पनि नबस्ने जिकिर गरेका छन् । ‘हामी दुई बबुरोलाई संसदीय बोर्डमा राखेको रहेछ । उहाँले राख्दैमा प्रभु भन्दै जाने पक्षमा छैनौँ । संसदीय बोर्डमा पनि बस्दैनौँ’ उनले भने, ‘संसदीय दलको बैठक बालुवाटारमा होइन । संसदीय दलको कार्यालय छ। त्यहाँ बैठक राखे जान्छौँ । पार्टीको बैठक निजी निवासमा राखे जाँदैनौँ।’उनले पार्टी एकतालाई ज

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 45 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा