बिर्तामोड / नेकपा ( माओबादि (केन्द्र ) बिर्तामोड नगर कमिटी को बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सचिव मोहन सुब्बाको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा प्रमुख अतिथि पार्टी का प्रदेश इन्चार्ज एवम् संघीय सांसद राम कार्की पार्थ क्षेत्री रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्की ले गणतन्त्र , धर्म निरपेक्षता , समावेशी समानुपातिक प्रणाली र संघीयता लगायत पछिल्ला उपलब्धि माथि निरन्तर आक्रमण भैरहेकोले माओवादीको औचित्य थप आवश्यक भएको जनाएका थिए ।आफूले झापा विद्रोहका योद्धा सानो दुर्गा अधिकारीको घर बनाइदिन पहल गर्दा एमाले आफूसँग बेस्सरी रिसाएको जिल्लाका युव
काठमाडौँ / तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध सर्वोच्च अदालतले जाहेरी दर्ता गर्न आदेश दिएको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टर घटनामा अदालतले जाहेरी दर्ता गर्न आदेश दिएको हो। २०७६ साल असार ५ गते तत्कालीन प्रहरी प्रमुख खनालकै निर्देशनमा प्रहरीले चलाएको गोली लागेर पौडेलको मृत्यु भएको थियो। जिल्लाको प्रहरीलाई समेत जानकारी नदिई हेडक्वार्टरबाट खटिएका प्रहरीले गोली हानेका थिए । ‘इन्काउन्टरमा मारिएका पौडेलकी आमा दुर्गादेवी पौडेल प्रहरी कार्यालय
बिर्तामोड / असोज १७ गतेका लागि बोलाएको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारिएको छ । संसद सचिवालयले बैठक १८ गतेका लागि सारेको जनाएको छ ।संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, –‘अध्यक्षज्यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’संसद्मा नेकपा एमालेले संघीय सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पूर्वाग्रही भएको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ।
बिर्तामोड / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन् । लेखिले पार्टीका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा दिएका हुन् ।राजपा नेपालमा आवद्ध रहेर पार्टी एकीकरणपछि जसपा नेपालमा सामेल भएका उनी राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत जसपा नेपाल विभाजनपछि लोसपा नेपालमा आवद्ध भएका थिए । पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने आफ्नो योजना पूरा नहुने देखेर राजीनामा दिनु परेको उनको भनाइ छ ।
बिर्तामोड / प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहिष्कार गरेका छन् । प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य गर्ने लगायतका विषयमा छलफल गर्न भन्दै आज (विहीबार) बिहान १० वजे बोलाएको सर्वदलीय बैठक अध्यक्ष ओलीले बहिष्कार गरेका हुन् । वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद् छलेर अध्यादेश फिर्ता लिएको लगायतका विषयमा एमालेको असहमति रहेको भन्दै आफूहरू बैठकमा नजाने एमाले दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, –‘एकीकृत समाजवादी पार्टी संसद्मा समे
विराटनगर / नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल (क्रान्तिकारी)ले मोरङ जिल्ला कमिटीको पदाधिकारी टुंगो लगाएको छ । अखिल क्रान्तिकारीले नगेन्द्रबहादुर घिमिरेको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।केही दिन अघि सम्पन्न पन्ध्रौं जिल्ला सम्मेलनले ६३ सदस्यीय जिल्ला कमिटी गठन गरेको भएपनि सहमति बन्न नसक्दा पदाधिकारी निर्वाचित हुन सकेको थिएन । असोज १० गते बसेको जिल्ला कमिटीको पूर्ण बैठकले आन्तरिक विवाद समाधान गरी जिल्ला कमिटीको पदाधिकारीको टुंगो लगाएको हो ।अखिल क्रान्तिकारीले चार जना उपाध्यक्ष, सचिव, र चार सह–सचिव र कोषाध्यक्ष सहित ११ सदस्यीय पदाधिकारी निर्वाचित गरेको छ । क्रान्तिकारीले
बिर्तामोड / पार्टी विभाजनपछि बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीमा आफ्ना नेतालाई जान नदिन जम्बो प्रदेश कमिटी बनाएको एमालेको एक नम्बर प्रदेश कमिटी विवादमा तानिएको छ । विगतमा एमालेको वडा अधिवेशनमा नै पराजित बनेका र वडा कमिटीमा रहेकालाई सम्म अन्य सिनियर नेताकै हैसियतमा प्रदेश कमिटी सदस्य बनाएपछि एमालेको एक नम्बर प्रदेश कमिटीमा विवाद सुरु भएको हो ।नयाँ पार्टीमा जानबाट रोक्नका लागि भन्दै एमालेले बनाएको प्रदेश कमिटीमा केन्द्रिय कमिटीका सदस्य भएका सम्मलाई वडामा नै रहेकासँग समान हैसियत दिएको भन्दै प्रदेश कमिटीमा विवाद सुरु भएको एमालेका एक नेताले जानकारी गराएका छन् ।मंगलबार एमालेले बनाएको ५ सय ८४ सदस्य
नेकपा एमालेमा भएको विभाजनको असर स्थानीय तहमा राम्रो पर्ने अनुमान गरिएपनि पार्टी परित्याग गरेर नयाँ दल रोज्नेको संख्या हेर्दा एमालेमा कम प्रभाव परेको पाइएको छ । एमालेका १९ प्रतिशत सांसदको साथ लिएर नयाँ दल दर्ता गरेका माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी संघ र प्रदेशमा ठूलो देखिए पनि स्थानीय तहमा भने कमजोर रहेको छ ।संघीय संसद्का १९ प्रतिशत सांसदको साथ पाएको एकीकृत समाजवादीलाई प्रदेश सभामा २३ प्रतिशत सांसदले साथ दिएका छन् । सङ्घीय संसद्मा नेकपा एमालेका १५४ सांसद मध्ये २९ जना एकीकृत समाजवादीमा गएका छन् । अझै केही सांसदले एकीकृत समाजवादीमा जान सर्वोच्च अदालतमा दिएको निवेदन विचाराधीन नै
उदयपुर / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उदयपुरका पालिका अधिवेशन सम्पन्न भएको छ । आठ पालिका रहेको उदयपुरमा दुईमा सर्वसम्मत र ६ वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । जिल्लाको उदयपुरगढी र ताप्ली गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ । निर्वाचन प्रक्रियाबाट सभापतिमा विजयी हुनेमा त्रियुगामा प्रकाश खड्का, बेलकामा अशोक कार्की, चौदण्डीगढीमा राजेन्द्र पौडेल र कटारीमा प्रकाश थापा रहेको कांग्रेस उदयपुरका
उदयपुर / नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उदयपुरका पालिका अधिवेशन सम्पन्न भएको छ । आठ पालिका रहेको उदयपुरमा दुईमा सर्वसम्मत र ६ वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । जिल्लाको उदयपुरगढी र ताप्ली गाउँपालिकमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ । निर्वाचन प्रक्रियाबाट सभापतिमा विजयी हुनेमा त्रियुगामा प्रकाश खड्का, बेलकामा अशोक कार्की, चौदण्डीगढीमा राजेन्द्र पौडेल र कटारीमा प्रकाश थापा रहेको कांग्रेस उदयपुरका पा
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.