काठमाडौं / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।लोसपाका सांसद शरत सिंह भण्डारीका अनुसार विश्वासको मत लिएर प्रतिपक्षमा बस्ने निर्णय अध्यक्ष महन्थ ठाकुरले बताएका हुन् ।यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो । ‘अध्यक्षले विश्वासको मत दिने तर, प्रतिपक्षमा बस्ने निर्णय लिएका छन्।प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । त्यस अगावै लोसपाले आफ्नो निर्णय सुनाएको हो ।
विराटनगर / प्रदेश १ प्रदेश सभाको दोस्रो बैठक आज बस्दैछ ।प्रदेश सभाको आजको बैठकले सभामुखको निर्वाचित मिति तोक्ने छ । आइतबार बसेको सर्वदलीय बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको थियो ।उपसभामुखको निर्वाचन पुस ३० गते हुनेछ । आजको प्रदेश सभा बैठकले मिति तोक्नेछ । सभामुखको निर्वाचन कार्यतालिका आज नै सार्वजनिक गरी मनोनयन पनि आज नै गर्ने तयारी छ ।सत्तारुढ गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।एमालेबाट संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । सभामुखको उम्मेदवार छनोट गर्न माओवादी केन्द्रला
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।प्रदेश प्रमुखको कार्यालयका अनुसार आज दिउँसो २ बजे शपथ ग्रहण गर्नेछन् । सपथग्रहण लगतै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ । एमालेबाट २, माओवादी केन्द्र र राप्रपाबाट १–१ जना मन्त्री बनाउने उनको तयारी छ ।नेकपा एमालेले बुद्धिकुमार राजभण्डारी र तिलकुमार मेन्याङ्बोलाई मन्त्री बनाउने सम्भावना छ । पूर्व संघीय सांसद मेन्याङ्बो संसदीय दलको नेताको आकांक्षी थिए । तर कार्कीले उनलाई मन्त्री बनाउने आश्वासन दिएपछि दाबीबाट पछि हटेका थिए । राजभण्डारी २०७४ सालमा निर्व
गृहमन्त्री लामिछानेले आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै आफ्नो अगुवापछुवामा हुने सुरक्षा टोली हटाएका हुन् ।गृहमन्त्रीको सुरक्षा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वको सुरक्षाकर्मी राख्दै आएका छन् ।‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारी क्रममा रहने अगुवापछुवा सुरक्षाकर्मीसहितको गाडी हटाएर मैले आजैबाट अगाडि एउटा मात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भैपरि आउँदाको परिस्थितिलाई अपवाद मानिदिनुहोला,’ शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्पष्ट पारेका छन् ।
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका हुन् ।प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएको उनले बताएका छन् ।
काठमाडौं / राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।५९ सदस्यीय राष्ट्रिय सभामा एमालेबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि एक सिट खाली रहेको छ । भट्टराई प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन गत मङ्सिरमा पदबाट राजनीतिमा दिएका थिए ।संविधान अनुसार पद रिक्त रहेको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्नेछ ।
काठमाडौं / सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रूप दिने सहमति भएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका हुन् । गठबन्धनको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारे समेत छलफल भएको थियो । भागबन्डा मिलाउन मन्त्रालय फुटाउने पक्षमा सरकार नरहे
काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन बुँदे भद्र सहमति भएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहित सात दल र स्वतन्त्र सांसदहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि प्रचण्ड र ओलीबीच तीन बुँदे भद्र सहमति भएको एक मन्त्रीले जानकारी दिएका हुन् ।सहमतिको पहिलो बुँदामा दुई नेताबीच आधाआधा कार्यकाल आलोपालो प्रधानमन्त्री चलाउने रहेको ती मन्त्रीको भनाई छ । त्यस्तै सहमतिको दोस्रो बुँदामा यो संसद्लाई पाँचै वर्ष चल्ने दिने र बीचमै संसद् विघटन नग
विराटनगर / प्रदेश १ मा सरकार गठनको विषयमा दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन् । प्रदेश १ मा केन्द्रमा भएको गठबन्धनअनुसार नै सरकार बनाउने गरी दलहरूबीच छलफल भइरहेको हो । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दलहरूबीच छुट्टाछुट्टै छलफल भइरहेको जानकारी दिएका छन् । केन्द्रको गठबन्धन गरेका दलहरूकै नेतृत्वमा सरकार बन्ने भएको कारण उनीहरूसँग छलफल भइरहेको उनको भनाइ छ । ‘हामीले माओवादी, राप्रपा, जसपा सँग छुट्टाछुट्टै छलफल गरिरहेका छौं,’ कार्कीले भने, ‘संयुक्त छलफल भने भएको छैन ।’ यता, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ले छुट्टाछुट्टै अनौपचारिक छलफल भए
काठमाडौँ / नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारलाई समर्थन माग गर्दै कुनै प्रस्ताव नआएको बताएका छन्।सरकारले समर्थनका लागि औपचारिक प्रस्ताव गरेमा मात्रै त्यसबारे छलफल गरेर आवश्यक निर्णय गरिने बताएका छन्।सरकारलाई समर्थन चाहिएको हो भने पार्टीमा औपचारिक रुपमा प्रस्ताव आउनुपर्यो। माग्दै नमागेको समर्थन हामीले किन दिने हो र उनले भने, यो खिचडी सरकारमा हामीलाई सहभागी हुन जरुरी छैन। पुसको बेलामा खिचडी खान ठीक पनि हुँदैन।गत पुस १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर आफू नेतृत्वको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए।यसबारेमा खन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.