राजनीति

    Showing 3,981-3,990 of 10,315 items.
  • प्रचण्ड भन्छन जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ता नै थिए

    काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सबैभन्दा ठूलो जेनजी विद्रोह त जनयुद्ध नै भएको दाबी गरेका छन् । शुक्रबार संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित  कार्यक्रममा बताउँदै उनले जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ताको सहभागिता रहेको बताउँदै ठूलो विद्रोह जेनजी विद्रोह नै भएको दाबी गरे । उनले भने,‘जतिबेला हामीले विद्रोह सुरु गरेका थियौं, त्यो बेलापनि ९० प्रतिशत भन्दा धेरै जेनजी पुस्ता नै थिए । त्यसैले सबैभन्दा ठूलो विद्रोह जेनजी विद्रोह त जनयुद्ध नै हो । कसैले यसलाई हो कि होइन भनेर दुविधामा नपरौं ।’त्यस्तै उनले संसद् विघटन गर्ने मात्र नभई संवि

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 677 पटक पढिएको
  • संविधानलाई दोष दिएर गल्ती गर्ने छुट कसैलाई छैन्ः देवकोटा

    मकवानपुर— बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान कार्यान्वयनमा देखिएका त्रुटि र कमीकमजोरीहरूलाई संविधानको दोष ठहर गर्नु उचित नहुने बताएका छन् । संविधान दिवस २०८२ को अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले यसका लागि दलहरूले जिम्मेवारी लिनुपर्ने र आफ्नो कमजोरी स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।उनले भने, ‘हामीले आफ्नो अनुहारमा धुलोमैलो परेको बेला ऐना पुछ्नु हाम्रो गल्ती नचिन्ने हो । गल्तीहरू बारम्बार दोहो¥याउनु मूर्खता सिवाय केही होइन ।’प्रदेश प्रमुख देवकोटाले जनताको बलिदानबाट प्राप्त संविधानलाई केवल कानुनी दस्तावेज नभई जनभावनाको प्रतिनिधि सजीव प्रा

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 614 पटक पढिएको
  • रामेछापमा यसरी मनाइयो संविधान दिवस

    रामेछाप— संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा रामेछापमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । दिवस मूल आयोजक समितिको आयोजनामा भएको ¥याली मन्थलीको मदन–आश्रित चोकबाट सुरु भई बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेको थियो । जिल्ला समन्वय समितिमा आयोजना गरिएको कार्यक्रममा रामेछाप बारका अध्यक्ष यादव दाहालले नेपालको संविधान २०७२ र यसका विशेषता बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि जिल्ला स्थिति राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरूले धारणा राखेका थिए । कार्यक्रमकी अध्यक्ष जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले अहिले दे

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 553 पटक पढिएको
  • संविधानको रक्षा र गणतन्त्र सुदृढीकरणमा सबै एकजुट हुन मुख्यमन्त्रीको अपिल

    विराटनगर— संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एकढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् ।मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लामो संघर्ष र बलिदानको फलस्वरूप वि.सं. २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी संविधान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधारस्तम्भ भएकाले यसको रक्षा र कार्यान्वयनमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।यस अवसरमा उनले सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २३ गते भ्रष्टाचार अन्त्य र स

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 586 पटक पढिएको
  • संविधान दिवसमा एमाले नेताहरूको प्रतिबद्धताः ‘आलोचना स्विकार, सुधारमा अग्रसर’

    काठमाडौं— नेकपा (एमाले) ले संविधान दिवसका अवसरमा संविधानको महत्वमाथि चर्चा गर्दै आन्तरिक समीक्षा, राजनीतिक एकता र असन्तुष्टिको कारणप्रति गम्भीर चासो व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसलाई आत्ममूल्यांकन र राष्ट्रिय एकताको दिवसको रूपमा मनाउनुपर्ने धारणा राखे ।महासचिव शंकर पोखरेलले पार्टी आलोचना र समीक्षा गर्नबाट कहिल्यै पछि नहटेको स्पष्ट पारे । ‘समीक्षाबाट भाग्ने पार्टी होइन नेकपा एमाले,’ उनले भने, ‘हरेक जटिल मोडमा इतिहास र कामको समीक्षा गर्दै त्यसकै जगमा पार्टीलाई अगाडि बढाउने प्रयास गरेका

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 611 पटक पढिएको
  • उपाध्यक्ष घिमिरे भन्छिन लोकतन्त्रलाई बलियो बनाउन संवाद, सहमति र सहकार्य अपरिहार्य हुन्छ

    काठमाडौं— राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभालाई जनमुखी बनाउन आह्वान गरेकी छन् । संविधान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले राष्ट्रियसभाअन्तर्गतका समितिलाई सबल बनाउने, नीतिगत छलफललाई गहिरो बनाउने, नागरिक सरोकारका मुद्दामा नियमित बहस गर्ने र सरकारलाई आवश्यक सुझाव प्रदान गर्ने अभ्यास बढाउनुपर्ने आवश्यकता औँल्याएकी हुन् । उनले भनिन् ,‘जनप्रतिनिधि तथा संस्थामाथि भएका आक्रमण र असुरक्षाका घटनाले लोकतन्त्रको आधारलाई कमजोर पार्ने प्रयास भएको देखिन्छ, लोकतन्त्रलाई बलियो बनाउन संवाद, सहमति र सहकार्य अपरिहार्य हुन्छ । हिंसा र असहिष्णुताले कुनै समाधान दिँदैन, बरु समाजला

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 654 पटक पढिएको
  • कांग्रेस सभापति देउवाको निवासमा भएको आक्रमणप्रति दुःख व्यक्त, अफवाहहरूप्रति खण्डन

    काठमाडौं— नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले एक प्रेस वक्तव्य जारी गर्दै भदौ २३ र २४ गतेको जेन–जी पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा भएको हिंसा र अफवाहप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।प्रेस वक्तव्यमा आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति गहिरो दुःख व्यक्त गर्दै उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत उनले व्यक्त गरेका छन्।वक्तव्यमा भनिएको छ कि ‘आन्दोलनलाई बदनाम गर्न र व्यक्तिगत स्वार्थ पूरा गर्न केही समूहहरूले देउवा निवाससहित विभिन्न स्थानमा आक्रमण र तोडफोड गरेका थिए ।’भदौ २४ गते देउवाको नि

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 650 पटक पढिएको
  • संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गरेका छन् ।राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र क

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 692 पटक पढिएको
  • पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले

    काठमाडौं –  नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाउने भएको छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् । जेनजीको आन्दोलनपछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् ।ओली बिहीबार मात्र सेनाको शिवपुरी ब्यारेकबाट भक्तपुर स्थित डेराको घरमा सरेका थिए । त्यसैले उनको सुरक्षालाई ध्यानमा राख्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । एमाले पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ छ ।कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 543 पटक पढिएको
  • संविधान दिवसमा च्यासलमा कार्यक्रम, ओली अनुपस्थित

    काठमाडौै, ३ असोज । संविधान दिवसका अवसरमा नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । च्यासलस्थित केन्द्रीय कार्यालयमा ओलीको अनुपस्थिति बिना कार्यक्रम जारी रहेको हो ।सो कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरिरहेकी छिन्। 

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 280 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.