राजनीति

    Showing 3,911-3,920 of 10,315 items.
  • एमालेको सचिवालय बैठक बस्दै

    काठमाडौं— नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्ने छ । सचिवालयमा बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल हुने उनले छ ।बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 567 पटक पढिएको
  • लोकतन्त्रमा मात्रै श्रमिक अधिकार सुरक्षित हुन्छ : भीमज्वाला राई

    धरान । लोकतन्त्रमा मात्रै श्रमिकहरुको अधिकार सुरक्षित हुने मजदुर नेता भीमज्वाला राईले बताएका छन् ।नेपाली श्रम आन्दोलनको सात दशक लामो संघर्ष र रगत पसिनाबाट निर्माण गरिएको संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्ध षड्यन्त्र भइरहेको प्रति श्रमिकहरुले खबरदारी गर्नुपर्ने समेत राईले बताएका हुन् । सुरक्षा श्रमिक ट्रेड युनियन नेपाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटीका सदस्य समेत रहेका राईले व्यवस्था खारेजीका लागि देशी तथा विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेक

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 373 पटक पढिएको
  • डा. महतको सक्रियता: कांग्रेसभित्र एकता र संगठन सुदृढीकरणतर्फ नयाँ मोड

    काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत पछिल्ला दिनमा पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधिहरुलाई चिर्दै संगठनलाई बलियो बनाउन सक्रिय भएका छन् । यही क्रममा उनले काठमाडौं उपत्यका भित्र रहेका पार्टीका बहुसंख्यक केन्द्रीय सदस्यहरूसँग विशेष छलफल गरेका छन् । यसअघि नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी र विभिन्न तहका नेताहरुसँग पनि निरन्तर संवादमा रहँदै आएका डा. महतले हालैको जेनेरेसन जी आन्दोलन, हस्ताक्षर अभियान र युवापुस्तामा देखिएको असन्तोषलाई सम्बोधन गर्ने उदेश्यले छलफललाई अघि बढाएको बताइएको छ ।छलफलमा सहभागी केन्द्रीय सदस्

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 530 पटक पढिएको
  • ‘जेनजी आन्दोलनले उठाएको विषयको सम्बोधन जरुरी छ’

    काठमाडौं— नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले समाजमा जकडिएका र दल तथा व्यवस्थाले सुधार गर्न नसकेका विषय जेनजी आन्दोलनले उठाएको भन्दै अब रुपान्तरणको यात्रामार्फत तिनको सम्बोधन हुनुपर्ने उल्लेख गरेका छन् । रामेछापमा पत्रकार अन्र्तक्रिया गर्दै उनले तर आन्दोलनका क्रममा गैरजेनजीले उत्पात मच्चाएर स्वार्थको रोटी सेक्ने काम गरेको बताए । ‘जेनजी आन्दोलन विषयविहीन थिएन । समाजमा जकडिएर बसेका दलहरुले सुधार गर्न नचाहेको तथा नसकेका विषयहरु थिए ।’ उनले भने, ‘नीतिगत प्रावधानभित्र भएका विषयले हुर्काएका कुरा आन्दोलनले उठाएको छ ।’उनले ती विषय महत्वपूर्ण, गम्भीर र संवेदनशील भए पनि त्यसको नाममा स्वार्थक

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 658 पटक पढिएको
  • पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री श्रेष्ठ

    काठमाडौं— नेपालमा विद्यमान जेनजी विद्रोहका कारण पहिलो नम्बरमा प्रभावित भएको पर्यटन उद्योग सुरक्षित रहेको सरोकारवालाहरूले बताएका छन् । बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय पर्यटन कार्यालय काठमाडौंको आयोजनामा विश्व पर्यटन दिवस २०२५ को अवसरमा आयोजित पर्यटन क्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले बागमती प्रदेशको पर्यटन सुरक्षित रहेको बताएका हुन् । बागमती प्रदेशको पर्यटकीय क्षेत्र तथा पर्यटन सुरक्षित अवस्थामा रहेका छन् भन्ने म्यासेज पर्यटनसम्म पु¥याउन नसक्दा पर्यटन उद्योग धारासायी भएको बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बताएका

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 688 पटक पढिएको
  • यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला १९ निर्णयहरु

    काठमाडौं—  सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा सारेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको हो । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिकीकरण गर्दै सरकारका प्रवक्ता समेत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले नेपाल सरकार (कार्य विभाजन) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको जानकारी दिएका हुन् ।&

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 461 पटक पढिएको
  • मेयर्स फोरमद्वारा सिंहदरबार पुनर्निर्माणका लागि पाँच करोड सहयोगको घोषणा

    काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले हालै जेनजी आन्दोलनको क्रममा भएको अराजक गतिविधिप्रति कडा आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिको सुरक्षा र पुनर्निर्माणका लागि ठोस कदम चालेको छ । असोज ९ गते गोदावरी नगरपालिकामा सम्पन्न बैठकले आन्दोलनको नाममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, नगरपालिकाका भवनहरू लगायतका संरचनामा गरिएको तोडफोड र आगजनीप्रति घोर निन्दा जनाएको छ ।फोरमले आन्दोलनको क्रममा भएको हिंसात्मक गतिविधि जेनजी पुस्ताको असली उद्देश्य नभएको ठहर गर्दै यसमार्फत लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र सार्वभौमसत्तामा आँच पु¥याउने प्रयास भएको उल्लेख गरेको छ ।यस्ता अराजक क

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 272 पटक पढिएको
  • अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

    काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन्। मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त हुनुभएका शर्माले आजै कार्यभार सम्हाल्नेछन्।

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 666 पटक पढिएको
  • मन्त्री घिसिङ र युरोपेली सङ्घका राजदूतबीच भेट

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेटवार्ता भएको छ ।सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत भेरोनिक लोरेन्जाले युरोपेली सङ्घकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । नेपालको ऊर्जा क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको युरोपेली सङ्घका राजदूतसँगको भेटमा रणनीतिक महत्व तथा रुपान्तरणकारी जलाशययुक्त जलविद्युत आयोजना, हरित ऊर्जा, ऊर्जा सुरक्षा एवम् दक्षता, ऊर्जा क्षेत्रमा थप सहायता लगायतका

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 319 पटक पढिएको
  • डा. प्रभात अधिकारीले रास्वपाको केन्द्रीय सदस्य पदबाट राजीनामा

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्य डा. प्रभात अधिकारीले पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन्।उनको राजीनामाको पुष्टि पार्टी सचिवालयका सदस्य दीपक बोहराले गरेका छन्। बोहरा भन्छन्, “प्रभातजीले आज राजीनामा दिनुभयो, तर उहाँले राजीनामाको कारण भने खुलाउनु भएन।” पछिल्लो समय रास्वपाभित्र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि देखिएको पाइएको छ। यसअघि पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले पनि यस्तै असन्तुष्टिको कारण देखाउँदै पार्टीबाट राजीनामा दिएकी थिइन्।

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 674 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.