काठमाडौं— सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।यसअघिका सरकारले आयोगका नाममा देशभर सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणलाई वैधानिकता दिने प्रक्रिया अघि बढाएका थिए।कतिपय अतिक्रमित जग्गावापत नाम मात्रको राजस्व लिएर लालपुर्जा वितरण गर्ने योजना समेत सरकारले बनाएको थियो।
हेटौडा— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राष्ट्रपतिको ठाउँमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गरेका छन् । राप्रपा मकवानपुरको आयोजनामा हेटौंडाको एभोकाडो होटलमा आयोजित भेटघाट तथा अगुवा कार्यकर्ता कार्यक्रममा बोल्दै लिङ्देनले यस्तो दृष्टिकोण प्रस्तुत गरेका हुन् । कार्यक्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्रको प्रवृत्तिका रूपमा राजा र कार्यकारी प्रधानमन्त्रीको समावेशी व्यवस्था महत्वपूर्ण रहेको दाबी गरे । उनले भने, ‘राष्ट्रपतिको भूमिका तटस्थ रहनुपर्ने हो भने, देशलाई समृद्धि र प्र
काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानको अनुगमन गरेका छन् । बिहीबार मन्त्री घिसिङले किर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन् ।उक्त मैदानको अनुगमन गर्दै उनले टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा भएको बताए । उनले यो नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि टियु क्रिकेट मैदानलाई प्राथमिकता दिएरै अगाडि लानुपर्ने बताए ।उनले भने, ‘धेरै खेलको पूर्वाधारहरु बनाउनुपर्ने छ । अरुपनि पूर्वाधारहरुलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौं । टियू क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा हो । यो नेपालको आवश्यकता हो
अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको छ । किनकि देशमा सरकार छ, तर संविधानअनुसार बनेको छैन । बलमिच्याइँले यो सरकार बनेको छ ।अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि सर्त राख्नुभएको छ — शपथ ग्रहण गरेपछि तुरुन्तै संसद् भङ्ग गर्ने सिफारिस गर्छु । त्यो भङ्ग र सिफारिस लागू गर्नुपर्छ र संसद् भङ्ग गर्ने हो भने मात्रै प्रधानमन्त्री हुन्छु, नत्र भने देशमा जेनजीले आगो बाल्छन् । संसद् भङ्ग गर्ने पूर्वसर्त राखेर सर्वोच्च, सार्वभौम सत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य, लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो ।उहाँलाई राम्ररी थाहा छ– नेपालको स
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीका तत्कालीन उपकुलपति प्राडा संगिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।आयोगका अनुसार प्रतिष्ठानमा एमआरआई मेसिन खरिद प्रक्रियामा बदनियतपूर्वक अनियमितता गरी राज्यकोषमा करिब १२ करोड रुपैयाँभन्दा बढीको हानि पु¥याइएको पाइएको छ ।अनुसन्धानबाट तत्कालीन उपकसलपति भण्डारीले प्रतिष्ठानका लागि एमआरआई मेसिन खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत कार्य गरेको खुलेको आयोगले जनाएको छ । प्रमुख प्रतिवादीहरूबाट करिब ९ करोड ३४ लाख रुपैयाँ असु
काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । मन्त्री अर्यालले बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् ।छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी भएको गृह स्रोतले बताएको छ ।पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे जानकारी समेत मन्त्री अर्यालले लिएका छन् । साथै, काठमाडौंमा बढेको सुरक्षा चुनौतीबारे पनि उनीहरूबीच छलफल भएको जनाइएको छ ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायकि बनाउनुपर्ने बताएका छन् । विहीबार विश्व हुलाक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाकलाई व्यवसायिक बनाउनुपर्ने भन्दै विश्वको सबै कुनामा रहेका नेपालीहरुसम्म हुलाकको पहुँच पु¥याउनुपर्ने बताए । उनले भने, ‘अब हुलाकको सन्दर्भमा हुलाकलाई आधुनिक बनाउनु पर्छ । हुलाकलाई प्रतिस्पर्धी बनाउनु पर्छ र व्यवसायकि बनाउनुपर्छ । हामीले जुन अभियान अगाडि बढाउदैँ छौ यो सबै कुराहरुले मात्र विश्वव्यापी पहुँच पु¥याउन सक्छौ । विश्वको सबै कुनामा रहेको नेपालीहरुसम्म हुलाकको पहुँच भयो भने बद्लिदो समय
काठमाडौं— माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।अहिले ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ । जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी शर्मा, गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।त्यसपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।जेन–जीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा प्रहरीलै पठाएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा प्रहरीले पठाउने तयारी गरेको छ ।एक पक्षले अर्को पक्षविरुद्ध जाहेर
काठमाडौं । लोकदोहोरी, तिहारका गीतदेखि देउडा शैलीका सिर्जनासम्म पछिल्ला वर्षहरूमा चर्चामा रहेका गायक तथा संगीत संयोजक बिनोद बाजुरेली सुदूरपश्चिमको लोक संस्कृतिलाई राष्ट्रिय स्तरमा चिनाउने कलाकारका रूपमा परिचित छन् ।बाजुरामा जन्मेका उनले विद्यालय जीवनमै संगीतको यात्रा सुरु गरेका थिए । उनी सम्झन्छन्,‘हामी स्कुल पढ्दा देउडा मात्र होइन, पूर्वेली र आधुनिक गीत पनि गाउन्थ्यौं । पछि जब चेतना जाग्यो, देउडा पनि हाम्रो गाउनुपर्ने भन्ने महसुस भयो ।’सुदूरपश्चिमको लोकसाहित्य, लोककथा र लोकसंस्कृतिको जरा नै देउडा रहेको बताउँदै उनले देउडा सबै वर्ग, जातजाति र भाषाभाषीहरूमा समान रूपमा लोकप्रिय रहेको बताए । उनका अ
सर्लाही । सर्लाहीको कोडैना गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा भ्रमण खर्चको शीर्षकमा आठ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको पाइएको छ ।तर सो खर्च कहाँ, कसका लागि र कुन प्रयोजनमा गरिएको भन्ने स्पष्ट विवरण नहुँदा उक्त रकमको प्रयोग विधिसम्मत नभएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ ।प्रतिवेदन अनुसार, गाउँपालिकाले वितरण गरेका कतिपय भ्रमण आदेशमा भ्रमणको उद्देश्य उल्लेख गरिएको छैन। भ्रमण खर्च पारदर्शी बनाउन र अभिलेखिकरण सुनिश्चित गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि पालिकामा भ्रमणसम्बन्धी अभिलेख खाता नै नरहेको उल्लेख छ ।यसले गर्दा कुन जनप्रतिनिधि वा कर्मचारी कहिले, कहाँ र किन भ्रमणमा ग
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.