राजनीति

    Showing 3,491-3,500 of 7,545 items.
  • प्रधानमन्त्री ओलीको जनसम्पर्क सल्लाहकारमा किरण पौडल नियुक्त

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा किरण पौडेल नियुक्त भएका छन्।नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष पौडेललाई प्रधानमन्त्री ओलीको जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा नियुक्त भएका छन्।

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 468 पटक पढिएको
  • कोशी प्रदेशमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

    विराटनगर- नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीको राजीनामा दिने भएको छ । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र आज राजीनामा दिन लागेको बताए । ‘उहाँले बाम एलायन्सलाई जोगाउँछु भन्नुभएको थियो,’ आङ्बोले भने, ‘पार्टी अध्यक्ष प्रचण्डले पनि मुख्यमन्त्रीले चाहेसम्म सरकारमा रहनु भन्ने प्रस्ट निर्देशन दिनुभएको थियो । तर, अहिले सहमतिको सरकार गठन गर्ने कुरा सम्भव नभएपछि सरकारबाट बाहिरिने भएका हौँ ।’

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 371 पटक पढिएको
  • विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

    काठमाडौँ- काठमाडौँ मेडिकल कलेजमा उपचाररत रहेका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ। कलजेका निर्देशक प्रा डा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताए। उनले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताए।‘ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ’, उनले भने, “घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।’ यही साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो। उक्त दुर्घटनामा विमा

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 374 पटक पढिएको
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३२९ सदस्यीय बन्ने

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको सदस्य सङ्ख्या बढाउने भएको छ।यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको सो पार्टीले नेताहरूको व्यवस्थापन गर्न सकस भएपछि केन्द्रीय सदस्यको सङ्ख्या १० प्रतिशत बढाउन लागेको हो ।१० प्रतिशत बढाउँदा ३२९ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । बिहीबार बसेको केन्द्रीय समिति बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य थप्नेबारे छलफल भएको एक नेताले जानकारी दिए । उनका अनुसार छलफल भएपनि निर्णय गर्न बाँकी नै रहेको छ । ‘छलफल भएको छ, निर्णय हुन बाँकी छ’, ती नेताले भने, ‘त्यो दश प्रतिशत २९९ सदस्यीय कमिटी बनेपछि थप्ने कि अहिले नै थपेर घोषणा गर्ने भन्नेमा नेताहरूबिच

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 221 पटक पढिएको
  • गण्डकीका मुख्यमन्त्री पाण्डे भारत जाँदै

    काठमाडौं–सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई कार्यवाहहको जिम्मेवारी दिएर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भारत जान लागेका छन् । उनी शनिबार उपचारका लागि नयाँदिल्ली जान लागेका हुन् । जानकारी अनुसार मुख्यमन्त्री पाण्डे नियमित उपचारका लागि जान लागेका पाण्डे ४ दिनपछि फर्किने छन् । यो सँगै मुख्यमन्त्री भारत गएपछि सत्ता समीकरणमा रहेको नेकपा एमालेको अझै केही समय सरकारमा सहभागि हुन नपाउने भएको छ । 

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 267 पटक पढिएको
  • बेचन झा थुनामुक्त हुने रिट खारेज, हिरासतमै रहने

    काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले आफूलाई थुनामुक्त गर्न माग गर्दै दिएको रिट निवेदन सर्वोच्चले खारेज गरिदिएको छ। सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट खारेजीको आदेश दिँदै थुनामुक्तको आदेश दिन अस्वीकार गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।सर्वोच्चले जिल्ला अदालतको अनुमति लिएर प्रहरीले अनुसन्धानका लागि थुनामा राखेको देखिएको भन्दै सर्वोच्चले उक्त निर्णय सदर गरिदिएको हो। जिल्ला अदालत काठमाडौँले संगठित अपराधमा अनुसन्धानका लागि पटक(पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखर झाले गत असार ३० गते

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 428 पटक पढिएको
  • योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी

    काठमाडौँ- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका सदस्य अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन  र गंगादत्त अवस्थीलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।त्यस्तै आजकै बैठकले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गर्ने निर्णय गरेको छ।

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 115 पटक पढिएको
  • लीलादेवी बनिन् नेपालको पहिलो महिला मुख्यसचिव

    काठमाडौँ- नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छन्।  आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि उनी कायममुकायम मुख्यसचिव थिइन्।उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन्। उनी कानुन सेवाबाट सचिव भएकी थिइन्। उनी २०७७ कात्तिक २७मा सचिव पदमा बढुवा भएकी हुन्। निवर्तमान मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लागेपछि उनी कामु मुख्यसचिव बनेकी थिइन्। अर्यालसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।अख्तियारले अर्यालसहित रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही,

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 350 पटक पढिएको
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

    काठमाडौं- प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठक राजदूत सिफारिस र राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्तिसम्बन्धी निर्णय गर्ने तयारी छ। 

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 114 पटक पढिएको
  • हामी विरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन् : माधव नेपाल

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताएका छन्। बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्ने कुरा पनि सुन्नमा आएको बताएका हुन् । उनले सो बारेमा यकिन नभइसके पनि पार्टीबिरुद्ध षड्यन्त्र सुरु भएको बताए । उनले षड्यन्त्रका विरुद्धमा गहन विश्लेषण गरेर जानकारी हासिल गर्नुपर्ने बताए । उनले पार्टीले पूर्ण शतर्कता अपनाउनुपर्ने पनि बताए । उनले भने, ‘हाम्रा बिरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाह

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 222 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा