राजनीति

    Showing 3,491-3,500 of 10,315 items.
  • शीर्ष नेताहरूसँग लागि छलफलको तयारीमा प्रधानमन्त्री कार्की

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्की विभिन्न दलका शीर्ष नेताहरूसँगको वार्ताका लागि तयारीमा जुटेकी छन् । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन उनी दलका शीर्ष नेताहरूसँगको छलफलमा जुटेकी हुन् ।स्रोतका अनुसार दलका दोस्रो तहका नेता र नागरिक समाजका केही अगुवाहरूले प्रधानमन्त्री कार्कीसँग शीर्ष नेताहरूको भेटवार्ताका लागि पहल गरिरहेका छन् ।विभिन्न दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । तर, कुन–कुन दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको भन्नेबारे भने खुलाइएको छैन ।‘छलफल चलिरहेको छ । एकसाथ भेट्ने कि अलगअलग भेट्ने विषय छलफलकै

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 540 पटक पढिएको
  • ‘नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक’

    काठमाडौं— वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका छन् । सोमबार काठमाडौंमा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गर्दै उनले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई संबोधन गर्न नसक्ने भएकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका हुन् ।महासचिव आहुतिले देशमा बारम्बार ठूलाठूला संघर्ष र बलिदानबाट बनेको राज्य सञ्चालन प्रणाली नेपाली विशेषता अनुसार नभई निश्चित वर्ग र समुदायका मानिसहरुको हितका लागि बनेको बताएका छन् । पछिल्लो समयमा प्रत्यक्ष कार्यकारी निर्वाचितको मुद्धा जोडदार उठ्दै गर्दा आहुतिले भ

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 585 पटक पढिएको
  • पार्टी दर्तापछि खगेन्द्र सुनारको दाबीः कांग्रेस–एमालेसँग सहकार्य हुन सक्दैन्

    काठमाडौं— दलितका लागि दलित अभियान चलाइरहेका खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको ‘हाम्रो पार्टी नेपाल’ले आधिकारिक प्रमाण पत्र पाएको छ । सोमबार दिउँसो निर्वाचन आयोगको कार्यालय पुगेर सुनारले पार्टी दर्ताको आधिकारिक प्रमाण पत्र लिएका हुन् । उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए । हाम्रो पार्टी नेपालले चुनाव चिह्न ‘लाइक’ को थम्मेल रहेको छ ।दल दर्ता प्रमाण पत्र लिएपछि अध्यक्ष सुनारले देश अप्ठ्यारोमा परेको बेलामा देशलाई सघाउन, परिस्थितीलाई सहज बनाउन चुनावमा भाग लिन पार्टी दर्ता गरेको बताए । उनले भने, ‘दल दर्ताको प्रमाण पत्र पाइसकेका छौं । देश अप्ठ्यारोमा परेको बेलामा

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 582 पटक पढिएको
  • विद्यालयको जग्गा भाडामा लगाउने अध्यक्षसहित आठ जनाविरुद्ध मुद्दा

    पोखरा— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरास्थित राष्ट्रिय माध्यमिक विद्यालयको भवन तथा जग्गा गैरकानूनी रुपमा निजी विद्यालयलाई भाडामा दिएको मुद्दामा संलग्न आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामविक्रम राणा, वडाध्यक्ष शाहारा प्रधान, पदेन सदस्य वरुणविक्रम राणा, शोवनाथ भट्टराई, विष्णुमाया लामिछाने, नारायणप्रसाद चापागाई, अञ्जुली बोर्डिङका सञ्चालक राजु केसी र प्रिन्सिपल सुनीता कुँवर केसीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएको हो ।उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार बिगो बराबर जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ। प्

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 479 पटक पढिएको
  • जेनजीको नाममा देशमा अस्थिरता र अराजकता बढ्योः प्रदीप ज्ञवाली

    काठमाडौं— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय जेन–जीको नाममा देशमा अस्थिरता र अराजकता बढ्दै गएको बताएका छन् । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गठन गरिएको जनपरिचालन समितिको पहिलो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले देशमा अराजकता फैलाउने गतिविधिलाई सरकारले नै संरक्षण र प्रश्रय दिइरहेको बताए ।अराजकतावादलाई प्रश्रय दिने गतिविधि खतरा बन्दै गएको बताउँदै उनले यस्तो प्रवृत्तिको संगठित प्रतिरोध गर्नुपर्नेमा जोड दिए । उनले देशको समृद्धिको मार्गमा अवरोध सिर्जना गर्न देश–विदेशका केही शक्ति सक्रिय रहेको बताए । ती सबै खालका शक्तिलाई परास्त गर्

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 495 पटक पढिएको
  • महेश बस्नेतलाई रङ छ्याप्ने युवा छुटे

    काठमाडौं— एमाले नेता महेश बस्नेतलाई रातो मसी छ्यापेर विरोध प्रदर्शन गर्ने युवाहरू छुटेका छन् । आइतबार विराटनगर विमानस्थल हुँदै इटहरीमा आयोजित युवा जागरण अभियानमा सहभागी हुन गइरहेका बस्नेतलाई एयरपोर्ट रोडमा सन्जोग गौतम र अर्पित कुँवरले रङ छ्यापेका थिए । घटनालगत्तै जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई प्रहरीले आइतबार साँझ छाडेको डीएसपी कोपिला चुडालको भनाइ छ । विमानस्थलदेखि केही टाढा चिया पसलमा बसेका दुई युवामध्ये एक जना अकस्मात उठेर आएर बस्नेत सवार गाडीमाथि रङ छ्यापेका थिए । अर्का युवाले सो घटनाको भिडियो खिचिरहेका थिए ।लोला प्रहार गर्ने युवा गौतम महेन्द्र

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 504 पटक पढिएको
  • कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन

    विराटनगर— कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता नामावलीका लागि निवेदन दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मतदाता नामावली संकलन सुरु गरिएको थियो । मङ्सिर ५ गतेसम्मको अवधिमा कोशी प्रदेशका जिल्ला, प्रदेश निर्वाचन कार्यालयबाट र राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत मतदाता नामावली दर्ताका लागि निवेदन दिइएको हो ।  निर्वाचन कार्यालयमा पुगेर ५८ हजार ९२५ जनाले तथा अनलाइनमार्फत ९८ हजार ६८८ जनाले नामावली दर्ताका लागि निवेदन दिएका छन् । मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालयमार्फत र अनलाइन दुवै गरी ताप्लेजुङबाट तीन ह

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 499 पटक पढिएको
  • आजदेखि सुरु हुदै लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन

    बुटवल— लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुदैछ । प्रदेश सभाको सोमबार दिउँसो १ बजे सातौ अधिवेशनको पहिलो बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार आजको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने र प्रदेश सभा सदस्यले सातौं अधिवेशन सफलताको शुभकामना आदानप्रदान गर्ने सम्भावित कार्यसूची रहेको छ ।पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त सातौं अधिवेशन आहृवानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे जानकारी र छैटौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुख तुलाराम घर्ती

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 557 पटक पढिएको
  • सिमरा खानेपानीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानलको पूर्ण जित

    बारा— सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्यानलले ऐतिहासिक विजय हासिल गरेको छ। सोमबार बिहान ४ बजे सकिएको मतगणनाअनुसार ११ सदस्यीय कार्यसमितिका सबै पदमा रास्वपाका उम्मेदवार विजयी भएका हुन्।तीन दशकदेखि एमाले नेतृत्वमा सञ्चालित सिमरा खानेपानीमा यसपटक पहिलोपटक एमालेको प्यानल पराजित भएको छ। नयाँ नेतृत्वमा अध्यक्ष युवराज न्यौपाने, उपाध्यक्ष हरिप्रसाद सिम्खडा, सचिव अमृत बस्याल, सहसचिव कृष्णकुमार रिमाल, कोषाध्यक्ष रामकुमार अर्याल रहेका छन्। महिला सदस्यमा दिलुमाया तामाङ र सुष्मा पण्डित तथा खुला सदस्यमा कल्पना कुमारी क्षेत्री, कृष्णकुमारी श्र

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 532 पटक पढिएको
  • जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्रीको राजीनामा

     काठमाडौं— जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारमाथि भ्रष्टाचार, पक्षपात र कुशासनको आरोप रहेको भन्दै मुभमेन्टले राजीनामा मागेको हो । जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको कानुनी वैधता, राजनीतिक नैतिकता र जनविश्वास समाप्त भइसकेको उल्लेख छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 481 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.