राजनीति

    Showing 3,481-3,490 of 7,545 items.
  • बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

    काठमाडौँ- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले यही साउन १५ गते विश्वासको मत लिने भएका छन्। गत मंगलबार मुख्यमन्त्रीमा नियुक्त लामाले आउँदो मंगलबार प्रदेश सभामा विश्वासको मत माग्ने भएका हुन्।नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली २०७४ को उपनियम १ बमोजिम मुख्यमन्त्री लामाले विश्वासको मत लिने भएका हुन्।  यसका लागि साउन १५ गते दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।बागमती प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दल कांग्रेससँग ३७ र एमालेसँग २७ गरी कूल ६४ सांसद छन्। ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद पक

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 245 पटक पढिएको
  • आउँदो चुनाव एक्लै लड्छौ : प्रचण्ड

    काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने बताएका छन् । आइतबार पेरिसडाडाँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ । यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ,’ उनले भने।सरकारबाट बाहिरिएपछि पार्टीलाई बलियो बनाउँदै संगठन विस्तारमा ध्यान केन्द्रित गर्ने अवसर प्राप्त भएको उनी बताउँछन् ।प्रचण्डले आफू नेतृत्वको सरकारले सुशास

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 229 पटक पढिएको
  • रास्वपाले गरेको कारबाही अवैध भन्दै निर्वाचन आयोगमा मुकुल ढकालको पत्र

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीबाट हटाएका डा। मुकुल ढकालले निर्वाचन आयोग गुहारेका छन्। आफूलाई कारबाही गर्ने पार्टीको निर्णय नै अवैधानिक रहेको उनको दाबी छ।निर्वाचन आयोगका प्रमुख आयुक्तलाई पत्र पठाउँदै ढकालले रास्वपाबाट विवरण अद्यावधिक गर्नका लागि कुनै पत्र आएको खण्डमा त्यसलाई कार्यान्वयन नगर्न दबाब समेत दिएका छन् ।पार्टीले कारबाही गरेको विषयमा आफूलाई कुनै पत्र प्राप्त नभएको र सञ्चारमाध्यमबाट थाहा पाएको उनको दाबी छ ।

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 246 पटक पढिएको
  • मिल्यो कोशीको भागबन्डा, भोली मन्त्रिपरिषद् विस्तार हुने

    काठमाडौं–केन्द्रमा गठबन्धन गरेपनि नेपाली कांग्रेस र नेकपा एमालेलाई प्रदेशमा भागबन्डा मिलाउन समस्या भइरहेको छ । कतिपय प्रदेशमा भागबन्डा नमिलेका कारण नै सरकार विस्तार अगाडि बढ्न सकिरहेको छैन । यसबीच सबैभन्दा अस्थिर प्रदेशको परिचय बनाएको कोशीमा भने दुई दलले बराबर मन्त्रालय लिने सहमति गरेका छन् । काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले आठ मन्त्रालयमध्ये ४–४ वटा बाँडफाँड गर्नेगरी सहमति गरेको हो । कोशीमा अब एमालेका मुख्यमन्त्रीसहित ५ र कांग्रेसका ४ जना मन्त्री बन्नेछन् ।  मन्त्रालय टुंगो लगाएर सोमबार सरकार विस्तार गर्ने तयारी गरिएको छ ।  

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 285 पटक पढिएको
  • संविधान संशोधनबारे जसपा नेपालले थाल्यो छलफल

    काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनको सवाल विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा गरिएको अन्तरक्रियामा अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी सदस्य एवम् मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतलगायतले ब्रिफिङ गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।संविधान संशोधनको विषयलाई अघि सारेर कांग्रेस–एमाले मिलेपछि जसपा नेपालले पनि सरकारलाई समर्थन गरेको छ।

    • प्रकाशित मितिः साउन १२, २०८१
    • 239 पटक पढिएको
  • कम्युनिस्ट पार्टीहरू सत्ता र भत्ताका लागि बने : उपेन्द्र यादव

    काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्ट पार्टीहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गरेका छन् । सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने कामसमेत नेपालका कम्युनिस्ट पार्टीका नेताहरूले गरेको उनको जिकिर थियो । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्ताका लागि कम्युनिस्टहरू राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताए ।कम्युनिस्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिस्ट पार्टीहरूमा अवसरवाद मात्रै बाँकि रहेको उनको भनाइ थियो । अध्यक्ष यादवले सही बाटोमा रहेका क

    • प्रकाशित मितिः साउन १२, २०८१
    • 198 पटक पढिएको
  • बागमतीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, मुख्यमन्त्रीसहित १४ मन्त्री

    काठमाडौँ- बागमती प्रदेश सरकारको मन्त्रीमण्डल सङ्ख्या बढाइएको छ। प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरिएको हो। प्रदेशका ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शनिवार एक समारोहका बिच मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका ४ मन्त्रीले शपथ ग्रहण गरेका हुन्।प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसका ४ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख शर्माले कांग्रेसका सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी  र विमल ठकुरीले शपथ ग्रहण गरेका हुन्। उनीहरूको शपथ पछि मन्त्रालयको कार्यभार समेत तोकिएको छ। बुधवार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४

    • प्रकाशित मितिः साउन १२, २०८१
    • 248 पटक पढिएको
  • प्रचण्ड भन्छन् : एमालेको ठूलो पंक्ति एकताकै पक्षमा छ

    काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक असफल हुँदैमा नेपालका कम्युनिस्ट पार्टीहरू एक हुने उद्देश्यबाट विमुख हुन नहुने बताएका छन्। शनिबार काठमाडौँमा पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  ‘एकचोटी असफल भयो भन्दैमा हामीले फेरि नेपालको समाजवादको आधार बनाउनका लागि उद्धेश्य फेर्ने भन्ने हुन सक्दैन। मैले पछिल्लो चोटि पनि वामपन्थी एकतालाई एकताबद्ध बनाउने आधारमा नै एकचोटी जमर्को गरेकै हो। अहिले त्यहाँ के के भयो भन्ने धेरै भन्न चाहन्नँ,’ प्रचण्डले भने। साथै, उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकत

    • प्रकाशित मितिः साउन १२, २०८१
    • 332 पटक पढिएको
  • राजेन्द्र महतोले भने : रामचन्द्र रायका हत्या गर्नेको छानबिन होस्

    काठमाडौँ- पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रति दुख व्यक्त गरेका छन्। रायको मलंगवास्थित घरमा पुगी महतोले आज श्रद्धाञ्जली अर्पण गर्नुका साथै रायको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।महतोले राज्यमन्त्री रायको हत्याको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकार सँग माग समेत गरेका छन्।पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको सोमबार मध्यराति चन्द्रनगर गाउँपालिका(१ स्थित निवासमा धारिलो हतियार प्रहार गरि हत्या भएको थियो।

    • प्रकाशित मितिः साउन १२, २०८१
    • 361 पटक पढिएको
  • सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँः माओवादी केन्द्र

    काठमाडौं- नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले सदन र सडकलाई प्रभावकारी ढंगले जोड्दै नयाँ तरिकाबाट जनतामा जाने निर्णय गरेको छ ।  शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।बैठकका निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा आफू नेतृत्वको सरकार सफल भएको बताएको जानकारी दिए ।अध्यक्ष दाहालले राम्रो काम गर्दागर्दै पनि सत्ता समीकरण फेरिएको र यसले पार्टीलाई जनतामा जान ठूलो

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 266 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा