राजनीति

    Showing 3,131-3,140 of 6,734 items.
  • मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

    काठमाडौँ । मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।बैठकमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 284 पटक पढिएको
  • आइतबार स्थगित दुवै सदनको बैठक आज बस्दै

    काठमाडौँ । विपक्षी राजनीतिक दलले गरेको अवरुद्ध पारेपछि आइतबार स्थगित गरिएका संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।आइतबारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्ण पाठ नआउँदै कैदीलाई आममाफी दिएको विषयमा विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।  बैठक सञ्चालनको प्रयास विफल भएपछि सूचना टाँस गरेर सोमबारसम्मका लागि बैठक सारिएको थियो । अवरुद्ध संसद् खुलाउन सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक र सचेतकस

    • प्रकाशित मितिः जेठ २२, २०८०
    • 261 पटक पढिएको
  • प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत प्रतिपक्षी दलहरूले संसद बैठक अवरोध गरेका छन् । प्रतिनिधि सभा बैठक सुरू हुनासाथ दलहरूले उठेर संसद अवरोध गरेका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेको भन्दै एमाले, रास्ववा, राप्रपा लगायतका दलले बैठक अवरोध गरेका हुन् ।एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाए ।सभामुखको पटक पटकको आग्रहपछि पनि अवरोध नखुलेपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको छ 

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • 120 पटक पढिएको
  • राप्रपाद्वारा संसद बैठक स्थगनको प्रस्ताव

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम आजको संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेश गरेको छ। अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीका तर्फबाट प्रस्ताव पेश गरिएको हो ।राष्ट्रपतिले नीति र नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयका छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्न शाहीले माग गरेका छन् ।

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • 339 पटक पढिएको
  • एमालेले कालापानी संबन्धी प्रधानमन्त्रीको अभिब्यक्तिको जवाफ माग्ने

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हालै भारत भ्रमणवाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग्ने भएको छ ।बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले दिएको अभिब्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो ।एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले शनिवार बसेको संसदीय दलको बैठकको निर्णायानुसार सो जवाफ माग्न लागेको जानकारी दिए । ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहित बिपरित बंगलादेशको सिमासम्म पहुँच पुरयाउनका लागि नेपालले कालापानीको भु–भाग छाडन सकिने भन्दै प्रधानमन्त्रीले अभिब

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • 292 पटक पढिएको
  • बजेटदेखि नागरिक विधेयक प्रमाणीकरणबारे एमालेले संसदमा विरोध गर्ने

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सचिवालय बैठकले निष्क्रिय नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै आलोचना गरेको छ ।आज बसेको पार्टीको बैठकले नागरिकता विधेयक प्रमाणीकरणले संविधानको उल्लंघन भएको टिप्पणी गरेको छ । साथै यसको सशक्त विरोध गर्ने पार्टीले जनाएको छ । शुक्रबार बसेको बैठकले गणतन्त्र दिवसका अवसरमा टीकापुर घटनाका दोषीलाई आम माफी दिएको भन्दै आपत्ति जनाएको छ ।बजेटले मुलुकको समस्या समाधान नगर्ने र हुलाक कार्यालय खारेज गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 238 पटक पढिएको
  • एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । च्यासलस्थित पार्टी मुख्यालयमा बिहान साढे ११ बजे सचिवालय बैठक बस्न लागेको हो ।बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरूलाई यसअघि तोकिएको भूगोलभन्दा फरक ठाउँमा कार्यक्षेत्र रहने गरी जिम्मेवारी दिनेछ।आजको बैठकमा वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने कार्यसूची पनि रहेको छ । त्यस्तै बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन समेत गर्ने जनाइएको छ ।

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 172 पटक पढिएको
  • इमरान खानको पार्टीका अध्यक्ष परवेज पक्राउ

    एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफका अध्यक्ष परवेज इलाही पक्राउ परेका छन् ।परवेजलाई उनको घर बाहिरबाट पक्राउ गरिएको हो । पाकिस्तान तहरीक–ए–इन्साफका प्रवक्ताले परवेज इलाहीको गिरफ्तारीको पुष्टि गरेका छन् ।इलाहीलाई चौधरी जहुर इलाही रोडस्थित उनको घरबाटै पक्राउ गरिएको उनले बताएका छन् । उनी आतंकवादसँग सम्बन्धित मुद्दामा फरार सूचीमा रहेका थिए ।

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 213 पटक पढिएको
  • कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का

    काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेका उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी कार्यबाहक तोकिएको हो।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यबाहक प्रधानमन्त्री तोकेका हुन्।

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 353 पटक पढिएको
  • विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन सरकार प्रतिबद्ध छ; प्रम प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।चार दिने भारत भ्रमणका क्रममा बुधबार नयाँ दिल्लीमा नेपाली दूतावासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकालाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् ।भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिनसमेत उनले आग्रह गरे ।यस्तै प्रधानमन्त्री दाहालले दुई देशबीचको सुमधुर सम्बन्धलाई नयाँ उचाइ दिई जनस्तरसम्म लैजानु भ्रमणको मूल उद्देश्य रहेको बताए ।नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोज कार्यक्रमलाई सम्बोधन गर्दै दाहा

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 313 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा