राजनीति

    Showing 2,991-3,000 of 10,309 items.
  • कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीको प्रदर्शन

    काठमाडौं— कोरिया जान नपाएको भन्दै ईपीएस प्रणालीमार्फत रोजगारीका लागि छनोट भएका विद्यार्थीहरूले बुधबार विरोध प्रदर्शन गरेका छन्।ईपीएस कोरिया शाखा, ग्वार्को (ललितपुर) अगाडि विद्यार्थीहरूले युवाहरूको भविष्यसँग खेलबाड गरिएको आरोप लगाउँदै प्रदर्शन गरेका हुन्। लामो समयदेखि प्रक्रिया अघि नबढ्दा आफूहरू अन्योलमा परेको उनीहरूको भनाइ छ।प्रदर्शनकारी विद्यार्थीहरूले छिटो र पारदर्शी रूपमा समस्या समाधान गर्न माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले समयमै कोरिया पठाउने सुनिश्चितता गर्न र स्पष्ट जानकारी दिन सरकार तथा ईपीएस कार्यालयसँग आग्रह गरेका छन्।प्रदर्शन शान्तिपूर्ण रहेको र घटनाबारे थप

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 522 पटक पढिएको
  • शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन

    काठमाण्डौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूलाई १० बुँदे निर्देशन जारी गरेको छ ।मन्त्रालयले शिक्षणको गुणस्तर सुधार, पारदर्शिता कायम गर्ने र विद्यार्थीको हित संरक्षण गर्ने उद्देश्यले उक्त निर्देशन दिएको हो । मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ को अनुसूची ३ मा उल्लेखित सर्तहरू अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ ।साथै, विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा ‘डिसिप्लिन इन्चार्ज’ (डीआई) राख्दा सिकाइ प्रक्रियामा नकारात्मक असर परेको गु

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 582 पटक पढिएको
  • देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैनः गृहमन्त्री अर्याल

    मोरङ— गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको काम तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताएका छन् ।बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारको काम दिन गनेर सरकारमा बस्नु नभई निर्वाचन सम्पन्न गराउनु रहेको बताएका हुन् ।उनले भने, ‘निर्वाचन लोकतन्त्र एक असल अभ्यास हो र यो अपरिहार्य छ। निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पु¥याई शासनको वैधानिकता प्रदान गर्दछ।’निर्वाचन विना सुशासन कायम गर्न कठिन हुने हु

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 476 पटक पढिएको
  • नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस

    कञ्चनपुर। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली सिफारिस गरेको छ । पार्टीको जिल्ला कार्यदलको बैठकले अनुभवी नेतादेखि नयाँ अनुहारसम्मलाई समेट्दै केन्द्रमा नामावली पठाएको हो ।निर्वाचन क्षेत्र नं १ बाट पूर्वमन्त्री बिना मगरसहित सात जनाको नाम सिफारिस भएको छभने अन्य सिफारिस हुनेमा जीवनराज थापा, मदनसेन वडायक, तिलक भट्ट, दीपक बिसी, भक्तबहादुर अधिकारी र लोकेन्द्र लम्साल रहनुभएको छ । निर्वाचन क्षेत्र नं २ मा भने आकाङ्क्षीहरूको सङ्ख्या उल्लेख्य देखिएको छ । पार्टीले यस क्षेत्रबाट जयराम पाण्डेय, दुर्गा जोशी

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 263 पटक पढिएको
  • निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

    काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका छन् । निर्वाचन आयोगका अनुसारका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा दलले आफ्नो निर्वाचन चिन्हमा र १० वटा राजनीतिक दलले चार वटा एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन् ।नेपालको संविधानअनुसार पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिकतर्फ ११० जना निर्वाचन हुने व्यवस्था छ ।त्यसैगरी निर्वाच आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका उम्मेदवारले पेस गर

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 326 पटक पढिएको
  • झलनाथ खनाल दम्पती भन्छन्ः सरकारमा मानवता छैन, विवेकहीन छ

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ ।गत भाद्र २४ गतेको जेनजी आन्दोलनको नाममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो । निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी चित्रकार भारतमा तीन महिनाको उपचारपछि नेपाल फर्किएकी हुन् । अहिले उनी आफ्नौ घरमा आराम गरिरहेकी छिन् ।उक्त आन्दोलनमा जेनजीको प्रयोग गरेर बाह्य शक्तिले आफूमाथि र पूरा सिंगो देशमाथि आक्रमण गरेको उनले बताइन । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले राजनीतिमा संलग्न होस् या राजनीतिबाट टाढा भएकाहरुको होस यस्तोखाले आक्रमण हुनु जंगली पारा भए

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 483 पटक पढिएको
  • राष्ट्रिय मेलमिलापमा नेता कोइरालाको जोड

    काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिमा उदाएका नयाँ चुनौतीको सामना गर्न राष्ट्रिय एकता तथा मेलमिलापको खाँचो रहेको बताउनुभएको छ ।राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले पार्टीभित्रमात्र नभई मुलुकमा नै राष्ट्रिय एकता आजको आवश्यकता भएको बताउनुभएको छ ।“वर्तमान राजनीतिक परिस्थितिमा हामीलाई जनताले विश्वास गरेमात्र हाम्रो सान्दर्भिकता देशमा रहने हो, यो गम्भीर तथ्यमा चुक्यौँ भने हामी भूमिकाविहीन हुने जोखिम रहन्छ, नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सम्भव छ, यसका लागि बिपी कोइरालाको मेलमिलाप नीतिले हामीलाई मार्गनिर्देशन गर्दछ भ

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 302 पटक पढिएको
  • नेतृ तोसिमा कार्कीले समानुपातिक सूचीमा पारिवारिक आकांक्षा र पक्षपातको विरोध

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छन्।समानुपातिक प्रणालीले भौगोलिक विकटता, पहुँच र पावर नभएका योग्य व्यक्तिहरूलाई प्रतिनिधित्व दिने उद्देश्य राखेको भन्दै पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति जनाएकी हुन् ।उनले लेखेकी छन्, ‘समानुपातिक को अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सुचिले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सुचिले कर्णाली बोल्नुपर्छ। सुदुर पश्चिम बोल्नुपर्छ।’उनले पार्टी भित्रका पदाधिकारी र सचिवाल

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 525 पटक पढिएको
  • प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना

    काठमाडौं— आज नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना गरेको छ ।महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्रलाई उकास्न र विकासका नयाँ मार्ग तय गर्न यो संवाद आवश्यक भएको बताए।उनले यस अवसरमा राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने उद्देश्य रहेको जानकारी दिए ।संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहने महासंघले जनाएको छ।साथै, प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा समूह (जेनजी), नागरिक समाज र सञ्चार क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।यस कार्यक्रममा लक्स

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 473 पटक पढिएको
  • राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने

    काठमाडौं— संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका दुई महत्वपूर्ण समितिको बैठक आज बस्दैछ ।राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको १४६ औँ बैठक आज बिहान ११ः३० बजे सिंहदरबारस्थित संसद भवनमा बस्नेछ ।बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ । साथै विविध विषयमा समेत छलफल हुने समितिले कार्यसूचीमा तय गरिएको छ।यस्तै, आजै दिउँसो २ः३० बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । सिंहदरबारस्थित समिति कक्षमा बस्ने उक्त बैठकमा सर्ने तथा नसर्ने रोगको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशा सम्बन्धी विषयमा छलफल गरिनेछ ।

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 528 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.