राजनीति

    Showing 2,981-2,990 of 10,309 items.
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज पनि बस्ने भएको छ ।समितिको १४७ औं बैठक बिहीबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संसद भवनमा बस्ने भएको हो ।बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल र विविध अन्य विषयहरूमा छलफल हुने समिति सचिवालयले जानकारी दिएको छ।समितिका सबै सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थितिको लागि अनुरोध गरिएको छ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 472 पटक पढिएको
  • ऐतिहासिक पर्सागढीमा विजय उत्सव मनाइने

    वीरगञ्ज। ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले पराजित गरेको ऐतिहासिक युद्धस्थल पर्सागढीमा विजय उत्सव मनाइने भएको छ । गोर्खाली सेनाले ऐतिहासिक जित हात पारेको अवसरमा पारेर यस वर्ष पनि २११औँ विजय यही पुस १९ गते भव्य कार्यक्रम गरेर उत्सव मनाउन लागिएको पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकले बताउनुभयो । उहाँले विभिन्न कालखण्डमा भएको क्रान्तिले मुलुकभित्र सत्ता मात्रै परिवर्तन गरे पनि  विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौजबीच भएको युद्धले नेपाल  जोगाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरणमा विजय उत्सव मनाउन लागिएको बताउनुभयो ।“

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 333 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

    मोरङ। आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसार्इंले बुधबार कार्यालयको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमबारे जानकारी गराउनुभयो । आगामी माघ ११ गते हुने निर्वाचनका लागि स्थापना गरिएको कार्यालय निर्वाचन आयोगको  कार्यालय विराटनगरमा रहने निर्वाचन आयोगको कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख चोलाराज दङ्गालले जानकारी दिनुभयो ।  निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुुुसार २०८२ पुस १९ गते बिहान १०ः०० देखि ११ः००

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 262 पटक पढिएको
  • बागमती मन्त्रिपरिषद् बैठक : दुई समिति गठन आदेश पारित, विपन्न नागरिकका लागि रक्तसञ्चार कार्यविधि स्वीकृत

    मकवानपुर—  सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले दुई वटा समिति गठन आदेशलाई पारित गरेको छ।बैठकले नव बुद्धपार्क क्षेत्र विकास समिति तथा त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति गठनसम्बन्धी आदेश स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।बैठकले प्रदेशभित्र सञ्चालनमा रहेका सवारी साधनसँग सम्बन्धित केही दस्तुर, कर तथा जरिवानामा छुट दिने निर्णय समेत गरेको छ । यस निर्णयले सवारी धनीलाई राहत पुग्ने विश्वास लिइएको छ।त्यसैगरी बैठकले प्रदेशका विपन्न नागरिकलाई आकस्मिक उपचार सेवामा सहजीकरण गर्ने उद्देश्यसहित रक्तसञ्चार सञ्चालनसम्ब

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 465 पटक पढिएको
  • प्रचण्डद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना, राजनीतिक स्थिरता र समृद्धितर्फ राष्ट्रिय एकताको आह्वान

    काठमाडौं— अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।शुभकामना सन्देशमार्फत उनले नयाँ वर्षले नयाँ आशा, ऊर्जा र संकल्पसहित देशलाई राजनीतिक स्थिरता, शान्ति, समृद्धि र सफलताको मार्गमा अघि बढाउने विश्वास व्यक्त गरेका हुन् ।उनले विभिन्न कालखण्डका संघर्षमा सहिद, बेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरूको बलिदानबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै देशलाई अझ समावेशी, उन्नत र समृद्ध बनाउँदै समाजवादतर्फ अघि बढ्न अपील गरेका छन्।संयोजक प्रचण्डले सन् २०२५ मा देखिएको जेनजी युवापुस्ताको आन्दोलनल

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 475 पटक पढिएको
  • जेनजी आन्दोलनको मानवीय क्षति पीडायुक्त घाउ बनेर सँधै रहिरहने छ : प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन तोकिएको समयमै हुने दाबी गरेकी छिन् ।नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा सरकार पुगेको बताइन् ।उनले भनिन्,‘फागुन २१ गते निर्वाचन गर्नेगरी यो सरकार गठन भएको सबैलाई जानकार नै छ । सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा हामी पुगेका छौं ।’त्यस्तै उनले नेपालको राजनीतिक परिवर्तनले समान

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 360 पटक पढिएको
  • पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने अदालतको आदेश

    काठमाडौं । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ ।पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश गरेको हो ।विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो ।

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 328 पटक पढिएको
  • क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आसन्न निर्वाचन सशक्त बहिस्कारको घोषणा

    काठमाडौं— क्रान्तिकारी कम्युनिस्ट पार्टीले नयाँ पुराना दुबै शक्ति जो आए पनि विदेशी कठपुतली बन्ने भन्दै आसन्न निर्वाचनलाई सशक्त बहिस्कार गर्ने घोषणा गरेको छ ।पार्टीको काठमाडौं जिल्ला समितिले बुधबार राजधानीमा आयोजाना गरेका पत्रकार सम्मेलनमा नयाँ राजनीतिक शक्ति भनिएकाले चुनाव जितेपछि ‘नेपाली जेलेन्स्की’ तयार हुने र नेपाल युक्रेन बन्ने दाबी समेत गर्यो ।पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्माले जेनजी आन्दोलन जनपक्षीय भएपनि त्यसको बलमा बनेको सरकारले अन्ततः पुरानै दिशातिर फर्काउने निश्चित भएकोले बहिस्कार गर्न बाध्य भएको जनाए ।‘२०१५ सालदेखि अहिलेसम्म चुनाव भए अरबौं राष्ट्रिय ढुकुटी सकेर खर्च गरेपनि आखि

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 424 पटक पढिएको
  • मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार,६ जना मन्त्रीले लिए सपथ

    जनकपुर— मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री कृष्ण यादवले आज मन्त्रिपरिषद् विस्तार गर्दै ६ जना मन्त्री थपेका छन् ।श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मनिष सुमनलाई दिइएको छ ।राजकुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय, श्यामप्रसाद पटेललाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।थपिएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा पद तथा गोपणियताको सपथ लिएका छन् ।

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 253 पटक पढिएको
  • विशेष अदालतमा पूर्वमन्त्री राजकुमार गुप्ताको बयान सुरु

    काठमाडौं— पोखराको लिचीघारी जग्गासँग सम्बन्धित घुस प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ताको विशेष अदालतमा बयान सुरु भएको छ।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा गुप्तासँग बयान भइरहेको हो। बयान सकिएलगत्तै आजै थुनछेक बहस हुने बताइएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य नियुक्त गराइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ। साथै, पूर्वमन्त्री रन्जिता श्रेष्ठसँग मिलेमतो गरी थप २५ लाख रुपैयाँ घुस लिएको अभियोग पनि आयोग

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 521 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.