राजनीति

    Showing 271-280 of 7,477 items.
  • सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी

    काठमाडौं—  निवर्तमान सांसदहरूले प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्च अदालतमा दायर गरेको पूरक रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ ।नेपाली कांग्रेसका ६५ सांसद (पहिलेका ८ सहित) र अन्य तीन सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा संविधानको रक्षा र निर्वाचनको वैधानिकता सम्बन्धमा विवाद उठाइएको छ । पूर्वमहान्यायाधिवक्त खम्मबहादुर खातीको वारेस मार्फत दायर रिटमा असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्री सुशीला कार्की र उनको नेतृत्वको सरकारले सञ्चालन गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचन रोक्न माग गरिएको छ।यसअघि मंसिर २३ गते कांग्रेसका ८ सांसद र मंसिर १० गते एमालेका ७५ सांसदले संसद पुनस्र्थापनाका लागि रि

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 339 पटक पढिएको
  • सार्वजनिक नीति समितिको बैठक आज, अध्यागमन कानुन केन्द्रमा

    काठमाडौं— संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमनसम्बन्धी कानुन र त्यसअन्तर्गत बनेका प्रत्यायोजित विधायनको समीक्षा गर्ने भएको छ ।समितिको आज बस्ने ३११ औं बैठकमा अध्यागमन ऐन, २०४९ तथा सो ऐनअन्तर्गत जारी गरिएका प्रत्यायोजित विधायनबारे तयार पारिएको अध्ययन प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । अध्यागमन प्रणाली, कानुनी स्पष्टता र कार्यान्वयनको अवस्थाबारे समितिले गहिरो समीक्षा गर्ने अपेक्षा गरिएको छ ।समितिको बैठक बुधबार बिहान ११ः१५ बजे संघीय संसद सचिवालयस्थित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल (काठ घर नं. ४) मा बस्नेछ ।छलफलमा संविध

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 336 पटक पढिएको
  • राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग

    काठमाडौं— निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई एकसाथ तीव्र बनाएको छ ।आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ भने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।समानुपातिकतर्फ सहभागी हुन इच्छुक राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने समय सीमा नजिकिँदै गर्दा आयोगले आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी अघि बढाएको जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ९३ राजनीतिक दलले समानुपातिक सूचीमा रहन निवेदन दिएका छन् ।

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 343 पटक पढिएको
  • चुनावको तयारीबारे छलफल गर्न आज रास्वपा, राप्रपा र जनमतसँग सरकार

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले राजनीतिक दलहरूसँग प्रत्यक्ष संवादलाई तीव्र बनाएको छ ।चुनावी वातावरण अनुकूल बनाउन गठन गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीका केन्द्रीय कार्यालयमा पुगेर अनुगमन तथा छलफल गर्ने भएको हो ।बुधबार सरकारी टोलीले दलहरूसँग निर्वाचनको तयारी, राजनीतिक वातावरण र सहकार्यका सम्भावनाबारे प्रत्यक्ष रूपमा छलफल गर्ने जनाएको छ । समितिको तालिकाअनुसार बिहान ११ बजे जनमत पार्टी, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालयमा पु

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 353 पटक पढिएको
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं— आज नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।आजको बैठकमा पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ महाधिवेशन, आगामी माघ ११ हुने राष्ट्रियसभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।मुख्यसचिव पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुकोे उपस्थितिका लागि अनुरोध गरिएको छ ।

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 345 पटक पढिएको
  • भेरी–बबई आयोजनाको कानुनी अप्ठयारा फुकाउन सरकार तयार छ, काम छिटो सक्नु पर्योः गृहमन्त्री अर्याल

    सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा नगरपालिका–११ मा निर्माणाधीन प्रक्रियामा रहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मङ्गलवार स्थलगत अवलोकन गरेका छन् ।कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा आज सुर्खेतको वीरेन्द्रनगर आइपुग्नु भएका गृहमन्त्री अर्यालले आयोजना स्थलमा पुग्नु भई आयोजनाको समग्र भौतिक र वित्तीय प्रगति तथा आयोजनाले झेल्नु परेका प्राविधिक र प्रशासनिक अप्ठ्याराबारे जानकारी लिएका हुन् ।निरीक्षणका क्रममा मन्त्री अर्यालले परियोजनालाई अहिले परेको कानुनी अप्ठ्यारा फुकाउन आफूले पहलकदमी लिने बताउनु हुँदै परियोजनाका बाँकी कार्यलाई समयमै सपन्न गर्न आयोजना अधिक

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 103 पटक पढिएको
  • निर्वाचन सफल बनाउन मूख्य राजनीतिक दल र सकारबीच समझदारी

    काठमाडौँ । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपरान्ह प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा यस्तो समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।उनका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।‘देशको परिस्थिति गम्भिर र संवेदनशील भए

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 72 पटक पढिएको
  • तीन तहमा काम गर्न संरक्षण क्षेत्र व्यवस्थापन नियमावली बाधक !

    काठमाडौं । राष्ट्रिय सभा अन्तरगत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारवाही, समस्या तथा चुनौती र भावी कार्ययोजना, राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने इआइएको सहजीकरण सम्बन्धमा छलफल भएको छ ।मंगलबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा उक्त विषयमा छलफल सम्पन्न भएको हो ।सोही क्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा.नरेश सुवेदीले स्थानीय सरकारसँगको सहकार्यमा खासगरि संरक्षण क्षेत्रहरुमा थोरै विवाद देखिएको भन्दै त्यो विवाद संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ ले स्थानीय र प्रदेश सरकार नचिनेको कारण उठ

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 73 पटक पढिएको
  • राज्यले थारुहरुलाई नेपाली ठानेन्, म नेपाली हुनै सकिन् : रेशम चौधरी

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले थारुलाई नेपाली भन्न सक्नुपर्ने बताएका छन् । सरकारकै कारण आफू नेपाली हुन पनि नसकेको गुनासो गरे ।मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सदियौँदेखि एउटै वर्ग र समूहले हालीमुहाली गरेको साथै थारुहरुलाई नेपाली हुनै नदिएको उनको गुनासो छ ।टीकापुर विद्रोहबारे सरकारलाई राम्रो जानकारी भएको एवम पटक–पटक प्रधानमन्त्री बनेका ठूला दलका नेताहरु राम्रोसँग जानकार रहेपनि आफुहरुलाई नेपाली हुनबाट बन्चित गरेको उनको भनाइ थियो । जेनजी आन्दोलनको मर्म र महत्त्व बुझ्दै फागुन २१ को निर्वाचनमा सबै सहभागी हुनुपर्ने उनको धारणा छ ।थारुहरु राज

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 88 पटक पढिएको
  • भदौ २३–२४ घटनाको छानबिनः रमेश लेखकलाई बयानका लागि आयोगको पत्र

    काठमाडौं— भदौ २३ र २४ गते घटेका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ।आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार मंगलबार लेखकलाई पत्र पठाउँदै शुक्रबार उपस्थित हुन आग्रह गरिएको हो। आयोगले यस घटनासँग सम्बन्धित अधिकांश व्यक्तिहरूको बयान संकलन गरिसकेको जनाएको छ।अब अन्तिम चरणमा लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी भइरहेको छ। ओलीलाई समेत औपचारिक पत्रमार्फत बयानका लागि बोलाउने योजना आयोगको छ।

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 390 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा