राजनीति

    Showing 2,721-2,730 of 6,738 items.
  • लोकतन्त्रलाई सुदृढ बनाउन नेकपा एसको भूमिका महत्त्वपूर्ण : अध्यक्ष नेपाल

    काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपालले यस्तो बताएका हुन् । उनले राष्ट्रको विकास र जनताको समृद्धिका लागि देशमा सुशासन कायम गरी उत्पादन वृद्धिमा जोड दिनुपर्ने पनि बताएक छन् ।

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 281 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएपछि पहिलोपटक प्रतिनिधि सभाको बैठक बोलाइएको छ । आज अपरान्ह  १ बजे बस्नेगरी प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ । ओली चौथोपटक प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रश्नोत्तर हुँदैछ । ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एमालेसँगै लोसपा र जसपा छन् । यस्तै, आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको बिधायन सम्बन्धि विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत छ । 

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 310 पटक पढिएको
  • बागमतीमा नेपाली कांग्रेसले पहिलो मुख्यमन्त्री पाउँदै, आजै दाबी पेश गर्ने तयारी

    काठमाडौं–बागमती प्रदेशमा नेपाली कांग्रेसले पहिलोपटक नेतृत्व गर्ने भएको छ । एमालेको समर्थनमा बागमती प्रदशेसभामा कांग्रेसले नेतृत्व गर्न लागेको हो । आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत भएको थियो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धन अनुसार एमालेको समर्थनमा लामा मुख्यमन्त्री बन्दैछन् । प्रदेशसभामा भएका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गर्ने तयारी छ । ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 201 पटक पढिएको
  • प्रधानमन्त्रीले पाए दुई तिहाई बढी मत

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत पाएका छन्। उनले आज विश्वासको मत पाउँ भनी पेस गरेको प्रस्तावमाथि सांसदरूले मत हाल्दा दुई तिहाइ भन्दा बढी मत पाएका छन्। उनलाई सत्ता घटकका नेपाली कांग्रेस, नेकपा एमाले, जसपा (दुवै), नाउपा, लोसपा, जनमत पार्टी र २ स्वतन्त्र सांसदले मत हालेका हुन्। उनको पक्षमा १८८ मत परेको छ। उनको विपक्षमा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायका दलले मतदान गरेका छन्। 

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 198 पटक पढिएको
  • संविधान संशोधन रहर होइन आवश्यकता हो : प्रधानमन्त्री ओली

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन रहर नभई आवश्यकता भएको बताएका छन्।प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वास मतसम्बन्धी प्रस्तावमा उठेका छलफलमाथि जबाफ दिँदै प्रधानमन्त्री ओलीले जनताको चाहनाअनुसार संविधान संशोधन हुन सक्ने बताए।‘संविधान संशोधनीय, गतिशील र जीवन्त दस्तावेज हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यो आवश्यकता र जनताको मागअनुसार संशोधन हुन्छ, हुन सक्छ। रहरको विषय होइन आवश्यकताको विषय हो।’उनले यसअघि सर्वसम्मतिमा संविधान संशोधन भएको पनि बताए। त्यसबेला पनि केही सांसदहरूले असहमति राखेको ओलीले सुनाए।‘जो जसका जेसुकै राजनीतिक भिन्नता भए पनि एक ठाउँमा आएर संविधान संशोधन हुने रहेछ,’

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 351 पटक पढिएको
  • पूर्वमन्त्री सदनको रोस्टमबाट भने : हिजो घुस खुवाएँ

    काठमाडौँ- अशोककुमार राई नेतृत्वको जसपाका सांसद वीरेन्द्रकुमार महतोले देशमा भ्रष्टाचार मौलाएको भन्दै घुसबिना सरकारी कर्मचारीले कामै गर्न नसक्ने बताएका छन्। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै महतोले हिजो मात्र आफ्नो छोराको प्रमाणपत्रका लागि पाँच हजार घुस दिनुपरेको सुनाएका हुन्।‘म एउटा सानो उदाहरण दिन चाहन्छु। म भूपू मन्त्री। हिजो शिक्षा मन्त्रालयको सानो ठिमीमा पाँच हजार घुस दिएर आएको छु कसले पत्याउँछ ?’, उनले भने, ‘ पत्याउनुहुन्छ? मेरो छोराको सर्टिफिकेट इकुभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे पठाएको ३ बजेसम्म गर्दिएन ।’उनले कर्मचार

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 171 पटक पढिएको
  • बागमतीमा नयाँ सरकार गठन आव्हान

    हेटौंडा- बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन्। सोमबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनको आव्हान गरेका हुन् ।उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलीजुली सरकार गठनको आह्वान गरेका हुन् ।

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 167 पटक पढिएको
  • माधव नेपालले विश्वासको मत लिने प्रधानमन्त्री खोई भन्दै खोजेपछि...

    काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा प्रधानमन्त्रीको खोजी गरेका छन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले संसदमा प्रधानमन्त्री ओली नदेखेपछि खोजी गरेका हुन्।'मैले प्रधानमन्त्रीज्यूलाई देखिराखेको छैन। उहाँले आफ्नो विश्वासको मत मागिरहनु भएको छ। तर, यो हलबाट उहाँ बेपत्ता हुनुहुन्छ। उहाँले सदनलाई महत्व नदिएको देखिन्छ। उहाँको निम्ति सबैभन्दा महत्वपूर्ण कुरो भनेको आजको सदनमा पूरा समय उपस्थिति आवश्यक थियो। सबैका विचारहरू र धारणाहरू सुन्ने धैर्यता राख्नुपर्थ्यो। अरुका वचनहरु सहन नसकेक

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 226 पटक पढिएको
  • कांग्रेस र एमालेमात्र भएको यो देश कस्तो होला ?

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले साना दलले नभई कांग्रेस-एमालेकै क्रियाकलापले देशमा अस्थिरता देखिएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेपछि सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र एमाले मात्रै भएको देश कस्तो हुन्छ होला भन्दै प्रश्न गरेका हुन्।‘यो गठबन्धनले दुई दलीय व्यवस्थामा मुलुकलाई लानुपर्छ। त्यो नगरी मुलुकमा स्थिरता कायम हुँदैन भन्नुभयो तर, कांग्रेस र एमाले मात्रै भएको देश कस्तो हुन्छ होला ? अहिले अरु दल हुँदा त यस्तो छ। कस्तो हुन्छ होला त, त्यसकारण यो खतराबाट देशलाई जोगाउन राप्र

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 261 पटक पढिएको
  • ओलीको नियुक्तिसम्बन्धी रिट संवैधानिक इजलासमा पठाउने आदेश

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विवाद संवैधानिक इजलासमा पठाइएको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासमा आज भएको प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासमा पठाउने आदेश भएको हो।नेपालको संविधानको धारा ७६-२ बाट बनेको प्रधानमन्त्री विश्वासको मत पाउन असफल भएपछि स्वतः उपधारा ३ मा लैजानुपर्नेमा ओलीलाई उपधारा २ अनुसारै प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक दाबी गरी तीनवटा रिट परेका थिए। यसमा गम्भीर संवैधानिक विवाद निहित रहेको भन्दै ढकालको एकल इजलासले संवैधानिक इजलासबाट निरुपण हुनुपर्ने भनेको हो।

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 308 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा