राजनीति

    Showing 2,721-2,730 of 10,305 items.
  • यात्रा प्रतिबन्ध हटेपछि ओली गृहजिल्ला झापा पुगे

    काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लामो समयपछि पहिलो पटक आफ्नो गृहजिल्ला झापा पुगेका छन्। काठमाडौं उपत्यका बाहिर जान लगाइएको प्रतिबन्ध हालै फुकुवा भएसँगै उनी सोमबार बिहान भद्रपुर विमानस्थलमा अवतरण गरेका हुन्।गत भदौमा भएको युवा नेतृत्वको ‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसापछि गठित जाँचबुझ आयोगले ओलीलाई उपत्यका बाहिर जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो। आयोगको हालैको निर्णयपछि उक्त प्रतिबन्ध हटाइएको हो।भद्रपुर विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरूले ओलीको भव्य स्वागत गरेका थिए। स्वागत कार्यक्रमपछि उनी सिधै दमकतर्फ प्रस्थान गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 477 पटक पढिएको
  • सांसद पदबाट मधेसका पूर्वमुख्यमन्त्री सतिश सिंहले दिए राजीनामा

    राजविराज— मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभाबाट मात्र नभई जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट पनि राजीनामा दिएको जानकारी दिएका छन् ।प्रतिनिधिसभा निर्वाचनका लागि सिंहले दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा ‘स्वाभिमान पार्टी’ दर्ता गराएका छन् । सोही पार्टीबाट उनी प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा छन् । 

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 500 पटक पढिएको
  • डा.अबुल हुसेन भन्छन् कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएकाले पार्टी त्यागें

    काठमाडौं— नेपाली कांग्रेसका नेता डा.अबुल हुसेन अन्सारीले नेपाली कांग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गरेका छन् । उनले एमालेबाट प्रतिनिधि सभा सदस्यको टिकट नै प्राप्त गरेको दाबी गरेका छन् ।लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहेका अन्सारीले कांग्रेसभित्र बढ्दो किचलो, स्वार्थ केन्द्रित राजनीति र वैचारिक विचलनका कारण आफू निराश बनेको बताउँदै पार्टी त्याग्ने निर्णय गरेको स्पष्ट गरेका छन् ।सार्वजनिक रूपमा जारी गरिएको आफ्नो धारणा (स्टाटस) मार्फत अन्सारीले जीवनको ऊर्जाशील समय नेपाली कांग्रेसमै खर्चिएको उल्लेख गर्दै राजनीतिका अनेक उतार–चढाव कांग्रेसमै रहेर पार गरेको बताए ।तर पछिल्लो स

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 435 पटक पढिएको
  • उम्मेदवार चयनका लागि कांग्रेस संसदीय बोर्डको बैठक बस्दै

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्ने भएको छ। पार्टीका तर्फबाट उम्मेदवार टुंग्याउने उद्देश्यले केहीबेरमै बैठक बस्ने तयारी भइरहेको कांग्रेसका सह–महामन्त्री बहादुरसिंह लामाले जानकारी दिए।उनका अनुसार बैठकमा निर्वाचनमा उठाइने उम्मेदवारबारे छलफल गरी अन्तिम निर्णय लिने तयारी छ। पार्टीभित्रबाट आएका विभिन्न सिफारिस र राजनीतिक अवस्थालाई मध्यनजर गर्दै उम्मेदवार तय गरिने बताइएको छ।निर्वाचन नजिकिँदै जाँदा कांग्रेसले उम्मेदवार छनोट प्रक्रियालाई तीव्र बनाएको छ।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 452 पटक पढिएको
  • उम्मेदवार नबन्ने स्याङ्जा कांग्रेस सभापति थापाको घोषणा

    काठमाडौं— नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन् ।बदलिएको राजनीतिक समीकरण र नयाँलाई अवसर प्रदान गर्नका लागि आफूले निर्वाचन नलड्ने घोषणा गरेको थापाले बताए ।उनले भने, ‘म यसअघि पनि सोही क्षेत्रबाट ३ पटक निर्वाचनमा उम्मेदवार भए, दुई पटकसम्म जित पनि हाँसिल गरे, यसपटक नयाँ साथीहरुलाई अवसर दिनकै लागि हो, जसले नेपाली कांग्रेसबाट आधिकारिक टिकट ल्याउनुहुन्छ म उहाँलाई सहयोग गर्छु चुनाव जिताउन भरपुर लाग्छु ।’थापाको यो निर्णयले सामाजिक सञ्जालमा कार्यकर्ताहरुले थापा नै स्याङ्जा १ मा उम्मेदवार हुनुपर्ने र उहाँ बाहेक अरुले निर्वाचन जित्न गाह्रो हुन

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 451 पटक पढिएको
  • जनकपुरधामको सभालगत्तै बालेन झापा जाने

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनको लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी गरेका बालेन साह सोमबार साँझ दमक आउँदै छन्। निर्वाचन आयोगले भोली गर्ने उम्मेदवारी दर्ताका लागि उनी दमक आउन लागेका हुन्। आज मधेस प्रदेशको जनकपुरमा रास्वपाको कार्यक्रममा सहभागी भएपछि उनी झापाको दमक प्रस्थान गर्नेछन्।जनकपुरबाट सडकमार्ग हुँदै आउँन लागेका शाहको स्वागतमा सुनसरी, मोरङ र झापामा र्‍यालीसहितका स्वागत कार्यक्रमहरू हुने रास्वपाले जनाएको छ।  मङ्गलबार बालेन मनोनयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय पुग्नेछन्।आज निर्वाचन अधिकृतको कार्या

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 488 पटक पढिएको
  • युवा तथा खेलकुद मन्त्री मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

    काठमाडौं— युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। जेन–जी आन्दोलनको समर्थनमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा कात्तिक ९ गते मन्त्री बनेका गुप्ताले आज राजीनामा बुझाएका हुन्।यद्यपि, उनको राजीनामा औपचारिक रूपमा स्वीकृत हुन बाँकी रहेको छ। गुप्ताले भने, “राजीनामा बुझाइसकेको छु। आज सार्वजनिक बिदा भएकाले दर्ता हुन सकेन, भोलिसम्ममा स्वीकृत हुने अपेक्षा छ।”सुशीला कार्की नेतृत्वको सरकार गैरदलीय भए पनि गुप्ता पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा खुलेपछि तथा अमेरिका जाने विषयलाई लिएर विवादमा तानिएका थिए। सोही कारण प्रधानमन्त्री कार्की उनीप्रति असन्तुष्ट रहेको

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 467 पटक पढिएको
  • देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

    काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको आइतबार बिदाई कार्यक्रममा मन्त्री खरेलले राजनीतिक विश्वास र कर्मचारीको सहयोगबिना मुलुकको विकास हुन नसक्ने उल्लेख गर्नुभयो ।सञ्चारमन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेको चार महिनामा मन्त्रालय र मातहत निकायका कर्मचारीबाट कुनैपनि असहयोग नभएको बरु सौहार्दपूर्ण व्यवहार तथा समन्वयात्मक ढंगले काम भएको स्पष्ट पार्नुभयो । मन्त्री खरेलले नियमित प्रक्रिया अनुसार सरुवा भएको स्पष्ट पार्दै सचिव अर्यालसँगको समन्वयको प्रशंसा गर्नुभयो । सच

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 317 पटक पढिएको
  • सोनाम ल्होसार पहिचान, संस्कृति र राष्ट्रिय एकताको प्रतीकः प्रचण्ड

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोनाम ल्होसार पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताएका छन् ।सोमबार सोनाम ल्होसारको अवसरमा शुभकामना दिदैँ उनले सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताए ।उनले भने, ‘सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक हो । डुक ल्हो (सर्प वर्ष) लाई विदाइ गरी ता ल्हो (घोडा वर्ष) को स्वागत गर्दै यस पर्वले परिवर्तन, गति र नयाँ संकल्पक

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 493 पटक पढिएको
  • लहानमा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन साहद्वारा माल्यार्पण

    सिरहा— सिराहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन साहले मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले उनको योगदान मधेश मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी रहेको बताए ।कार्यक्रमका क्रममा उनले सहिदहरूको बलिदानकै कारण आजको लोकतान्त्रिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै सहिदको सपना पूरा गर्न इमानदार राजनीति, सुशासन र न्याय आवश्यक रहेको धारणा व्यक्त गरे ।उनी यसअघि आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जा

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 453 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.