राजनीति

    Showing 2,651-2,660 of 6,738 items.
  • राष्ट्रपतिद्धारा तीन प्रदेश प्रमुख नियुक्त, शपथ आज

    काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो । राष्ट्रपतिको कार्यालयका अनुसार उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गर्नुभएको हो । नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज बेलुका नै राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिने भएक छन् । 

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 398 पटक पढिएको
  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा थापा निर्वाचित

    काठमाडौँ-  प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुमदेवी थापा निर्वाचित भएकी छन् ।  मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिमा कांग्रेसकी सांसद थापालाई निर्वाचित गरेको हो ।समितिको सभापतिमा थापाको मात्रै उमेदवारी परेको थियो । सभापतिमा निर्वाचित भएपछि उनले कृषि क्षेत्रको सुधार र नीतिनिर्माणका लागि ध्यान केन्द्रित गर्ने बताइन् ।  आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति रिक्त भएको थियो । 

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 250 पटक पढिएको
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि (बुधबार) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक बस्नेछ । बैठकले समावेशिताको अनुपात र संख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने जनाइएको छ ।विधानअनुसार छुट्टाइएको क्लष्टरका आधारमा कमिटीको आकार थप गर्ने विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । हाल विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था रहेकामा ३२९ सदस्यीय कार्यसमिति विस्तार गर्ने गरी छलफल अगाडि बढेको उनले बताए । सबै प्रदेशले केन्द्रमा पठाएको सिफार

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 232 पटक पढिएको
  • प्रधानमन्त्रीले भने : धरहरा बन्यो, मान्छे चढ्न पाएनन्

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा बनेर पनि मान्छे चढ्न नपाएको भन्दै असन्तुष्टि पोखेका छन्। मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरूलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन्।‘हामीले तयार गरिसकेका संरचनाहरू सञ्चालन गर्न स्थानीय निकायहरूको ल्याकत छैन। त्यो सञ्चालन गर्नुपर्छ’ उनले भने, ‘धरहरा बनेको छ, मान्छे चढ्न तयार छन्, पाइरहेका छैनन्। पार्किङ छ, व्यवस्थित भएको छैन।उनले पोखरा र भैरहवा विमानस्थल चलाउन आवश्यक कदम चाल्न पनि निर्देशन दिए।उनले भने, ‘पोखरा विमानस्थलहरू छन्, चल्दैन भनेर त्यहाँ लेउ लगाउने, झार पलाउने बनाउने त होइन नि त। त्यो त चलाउनुपर्छ नि। त्यत्रो

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 260 पटक पढिएको
  • बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

    काठमाडौं- काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री लामाले ६४ सांसदको मत पाएका हुन् । ११० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिए । जुन बहुमत हो ।नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् । मतदानमा नेमकिपा तटस्थ बसेको छ ।त्यसअघि लामाले संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थि

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 362 पटक पढिएको
  • यी हुन् मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीले दिएको २६ निर्देशन

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट मंगलबार प्रधानमन्त्री ओलीले विद्यमान ऐन कानुनको अधिनमा रही आफूलाई तोकिएको जिम्मेवारी समयमा पूरा गर्न निर्देशन दिएका हुन् । उनले सबै मन्त्री, सचिव तथा आयोजना प्रमुखलाई कार्यसम्पादन सम्झौता गर्ने र अधिकारको प्रत्यायोजन गरेर अघि बढ्न पनि निर्देशन दिए ।नागरिकका लागि सहज सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न उनको निर्देशन थियो । उनले हरेक दिन, हप्ता, महिना, त्रैमास, अर्धवार

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 343 पटक पढिएको
  • माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक, साउन २५ गते बस्ने

    काठमाडौँ- नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आगामी साउन २५ गते स्थायी समिति बैठक बस्ने निर्णय भएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। ‘आगामी साउन २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय गरेको छ,’ उनले भने।  माओवादीको ४ दिनदेखि जारी पदाधिकारी बैठक आज समापन भएको छ।  

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 255 पटक पढिएको
  • रास्वपा सत्ताको पासोमा पर्‍यो : गोकुल बाँस्कोटा

    काठमाडौँ- नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सत्ताको लोभमा किन परेको भनेर दलहरूलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बाँस्कोटाले माओवादी केन्द्र र रास्वपाप्रति व्यङ्ग्य गरे ।‘सत्ताको लोभमा किन परेको? कसैले पनि यो नैतिकता देखाउनु भएन । ३२ सिट छ, त्यस कारण सत्ताको तालाचाबी दाबी गर्ने भन्ने कुरा सोच्नुभयो रु पर्खिने धेर्यता राख्नुभयो?,’ उनले भने, ‘हामी नयाँ छौँ केही समय धैर्यता गरेर हेरौँ भन्नुभयो? राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्छौँ भन्न किन सक्नु भएन रु उहाँहरू पनि सत्ताको पासोमा पर्नुभयो।’

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 256 पटक पढिएको
  • देशले संघीयता धान्न सक्दैन : कमल थापा

    काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकले संघीयता धान्न नसक्ने बताएका छन्। पार्टीको काठमाडौं ६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले संघीयता खारेज गर्नुपर्ने बताएका हुन्।उनले दुई तहको सरकार भए पुग्ने ठाउँमा अहिलेको जस्तो संघीयताले देशलाई टाट पल्टाउने जिकिर गरे।  विदेशी हस्तक्षेप र दबाबबाट आएको प्रणालीले मुलुकको हित हुन नसक्ने भएकोले सबै अट्ने मौलिक व्यवस्थाले मात्र देशलाई निकास दिने स्पष्ट पारे।अध्यक्ष थापाले साम्यवाद, समाजवाद र पुँजीवादको विकल्प जरुरी भएको जिकीर पनि गरे। नयाँ वैचारिक दर्शनको आवश्यकता भएकोले सम्बर्द्धनवादलाई अबको मार्गचित्र बनाउनु पर्नेमा थापाको जोड

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 339 पटक पढिएको
  • सरकारको काँधमा असाधारण जिम्मेवारी छ: प्रधानमन्त्री

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुलाई  निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराए।‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन्। राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलन

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 267 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा