काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने बताएकी छिन् । बिहीबार समाजिक सुरक्षा दिवस अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षा अन्तरपुस्ता लागत, सन्तुलन र समतामुलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताइन् । उनले भनिन्,‘बद्िलदो भूमिकाको जिम्मेवारीलाई नियाल्दै गर्दा परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने रहेछ । हाम्रो जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत, सन्तुलन र समतामुलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प
सर्लाही— जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवले पद तथा पार्टी दुवै त्याग्दै राजनीतिमा नयाँ बाटो समाउने घोषणा गरेका छन् । विहीबार अध्यक्षलाई सम्बोधन गरिएको पत्रमार्फत उनले प्रदेश अध्यक्षको जिम्मेवारीसँगै साधारण सदस्यता समेत त्यागेको जानकारी गराएका हुन् । यादवले आफ्नो राजीनामा पत्रमा अहिलेको राजनीतिक अवस्थालाई घुमाउरो रुपमा आलोचना गर्दै मधेश केन्द्रित दलहरूबाट मधेश तथा देशको विकास सम्भव नहुने स्पष्ट उल्लेख गरेका छन् । उनले सार्वजनिक गरेको पत्रमा ‘मधेशी जनअधिकार फोरम नेपालबाट राजनीति सुरु गरी जसपा सम्मको यात्रामा अन्याय, अत्याचार, शोषण र विभेदविरुद्ध आव
काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक र अनुपकुमार उपाध्याय अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार अध्यक्ष रहेको हाम्रो नेपाल पार्टीले संयुक्त चुनाव चिह्नमा लड्ने भएका छन् ।संयुक्त चुनाव चिह्नका लागि दुवै दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।चुनाव चिह्न भने बलेको चिम रहने छ । निर्वाचन आयोगले फागुन २१ मा हुने संसदीय निर्वाचनका लागि तयारी तीव्र पारेको छ ।चुनावका लागि १ करोड ८१ लाख ६८ हजार २ सय ३० मतदाताको नामावली अद्यावधिक भएको छ ।
काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३०८ औँ बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो । बैठकमा गृहमन्त्रीसँग समसामयिक विषयमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
काठमाडौं— मानवरहित विमान संघ नेपाल (उडान) को प्रतिनिधिमण्डलले बुधवार युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री बब्लु गुप्तासँग भेटवार्ता गर्दै नेपालमा भइरहेको अनियमित ड्रोन तथा अन्य पाइलटविहीन खेल–गतिविधिबारे विस्तृत छलफल गरेको छ ।भेटवार्ताका क्रममा उडान टोलीले देशका विभिन्न स्थानहरूमा ड्रोन रेसिङ तथा पानी र हावामा संचालन गरिने पाइलटविहीन उपकरणहरू बिना कुनै स्पष्ट मापदण्ड सञ्चालन हुँदै आएको उल्लेख गर्दै, यस्तो अवस्था सुरक्षादेखि खेलको मर्यादा तथा अनुशासनसम्म नकारात्मक प्रभाव पारिरहेकोप्रति मन्त्रीज्यूको ध्यानाकर्षण गराएको हो ।संघका प्रतिनिधिहरूले यस्ता गतिविधिको नियमन, अनुमति प्रक्रिया, निरीक
काठमाडौं— ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामको जानकारी लिएका हुन् । आगामी फागुन २१ को चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले पटक पटक तीन सिफ्टमा काम गराउन शहरी विकास मन्त्रालयका अधिकारी र निर्माण व्यवसायीयलाई निर्देशन दिएका थिए । तर, बुधबार भएको आकस्मिक भ्रमणका क्रममा मन्त्री घिसिङले तीन सिफ्टमा काम गर्ने भनिएको तर फिल्डमा नदेखिए
कैलाली— बाराको सिमरामा केही दिन अघि एमालेले शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेनजीहरुमाथि गरिएको साङ्घातिक हमला र आज धनगढीमा युवामाथि दोहोरिएको नियोजित आक्रमणप्रति जेनजीहरुले ध्यानाकर्षण भएको बताएका छन् ।बुधबार चार वटा जेनजी समूहले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जेनजीको मागलाई सुन्नै नचाहने र उल्टै जेनजीहरुमाथि केपी ओली र महेश बस्नेतले सुरु गरेको साङ्घातिक हमलाको भर्त्सना गरेका हुन् । उनीहरुले विज्ञप्तिमा भनेका छन्,'हामीलाई थाहा छ यो जेनजी माथिको केवल आक्रमण होइन, जेनजीहरु विरुद्धको खुला युद्ध र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गरिएको सुनियोजित ध्वंस हो । देशभर युवाहरू उठेर सुशासन, न
काठमाडौं— दल दर्ताका लागि निर्वाचन आयोगले चार दिन समय थपेको छ। अझै १९ वटा नयाँ दल दर्ता प्रक्रियामै रहेकाले उनीहरु पनि निर्वाचनमा सहभागी होउन् भन्ने उद्देश्यले समय थप गरेको आयोगले जनाएको छ।आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले दल दर्ताको समय आज ९बुधबार० सम्मका लागि मात्र तोकेको थियो।बुधबार मात्रै १९ वटा नयाँ दल दर्तासँगै निर्वाचन प्रयोजनका लागि दल दर्ताको संख्या १०६ पुगेको छ। नेपाली कांग्रेस र नेकपा एमालेले दुई दिनअघि मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन्।
काठमाडौं— एमसिए–नेपालले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबीच न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ गरेको छ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच महत्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्नेछ ।माननीय अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम डिन आर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक श्री डायन फ्रान्सिस्को, एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर वि
काठमाडौं— नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले १५ औं महाधिवेशन समयमा गर्न हात जोडेर भन्दा पनि पार्टी नेतृत्वले नसुनेको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उनले १५ औं महाधिवेशन समयमा गर्ने कुरा पार्टी नेतृत्वले नसुनेपछि महाधिवेशन प्रतिनिधि साथिहरुसँग छलफल गरेर महाधिवेशनको लागि २४८८ जनाको हस्ताक्षर संकलन गरेर केन्द्रीय कार्यालयमा बुझाएको बताए । उनले भने, ‘अब हामी महाधिवेशन तर्फ लागौ, अहिलेको अवस्थालाई विवेचना गरौं । घटनाहरुलाई समिक्षा गरौ, आत्म समिक्षा गरौ ३५, ३६ वर्ष सरकार चलाउदा हामीले कतै कमजोरी त गरेनौ समिक्षा गरौं त्यसको लागि केन्द्रीय स
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.