काठमाडौं । केन्द्रमा एमाले र नेकपाबीच नयाँ राजनीतिक समीकरण बनेपछि त्यसको प्रभाव प्रदेश सरकारहरूमा पनि देखिन थालेको छ। विशेषगरी मधेस प्रदेशमा सत्ता समीकरण निकै पेचिलो बनेको छ, जहाँ कुनै पनि दल वा गठबन्धनले एक्लै सरकार गठन गर्न सक्ने अवस्था छैन।१०७ सदस्यीय प्रदेश सभामा हाल १०३ सदस्य कायम रहेकाले सरकार बनाउन ५२ सांसदको समर्थन आवश्यक छ। तर एमालेसँग २४ र नेकपासँग १५ सांसद मात्रै रहेकाले दुवै दल मिलेर पनि ३९ सिट पुग्छ, जुन बहुमतभन्दा अझै १३ सिट कम हो। यस्तो अवस्थामा २८ सांसद रहेको जनता समाजवादी पार्टी ९जसपा० नेपाल सबैभन्दा निर्णायक शक्ति बनेको छ। प्रदेशको सबैभन्दा ठूलो दल भएकाले जसपा नेपालले सरकारको
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच प्रदेश सरकार गठनका लागि भएको तीनबुँदे समझदारीले नेकपाभित्र नयाँ बहस सुरु गराएको छ। पाँच प्रदेशमा सरकार गठनको सहमतिपछि सहसंयोजक माधवकुमार नेपालले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्।शनिबार भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले लिने तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने समझदारी भएको थियो। तर, माधव नेपाल पक्षले यसलाई केवल सत्ता बाँडफाँटमा केन्द्रित सहमति भएको भन्दै असन्तुष्टि जनाएको छ।माधव नेपाल निकट नेताहरूका अनुसार सरकार गठनको सहमतिसँगै जनताका लागि के–कस्ता नयाँ नीति, का
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। पछिल्ला वर्षहरूमा कम्युनिस्ट आन्दोलनले लगातार धक्का खेपेको उल्लेख गर्दै उनले विचार, उद्देश्य र राष्ट्रिय हितका आधारमा सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने बताएका हुन्। काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रचण्डले इतिहासबाट प्रेरणा लिएर भविष्य निर्माण गर्नुपर्नेमा जोड दिए। उनका अनुसार पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यले देखाएको वैचारिक मार्ग
विराटनगर । कोसी प्रदेशको राजनीतिक समीकरण फेरि एकपटक निर्णायक मोडमा पुगेको छ। केन्द्रमा एमाले र नेकपाबीच नयाँ गठबन्धन बनेसँगै त्यसको प्रत्यक्ष प्रभाव प्रदेश सरकारमा पनि देखिन थालेको छ। नयाँ सत्ता समीकरणअनुसार अब कोसी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने लगभग निश्चित भइसकेको छ। यद्यपि, कांग्रेसले भने नयाँ मुख्यमन्त्रीको टुंगो नलाग्दासम्म आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता नबोलाउने रणनीति अपनाएको छ। कोसी प्रदेशमा हाल एमाले–कांग्रेसको संयुक्त सरकार सञ्चालनमा छ। तर केन्द्रमा विकसित राजनीतिक घटनाक्रमसँगै एमालेले नेकपासँग मिलेर नयाँ सरकार गठन गर्ने सहमति गरिसकेको छ। यससँगै वर्तमान सरकारको आयु छोटिँद
काठमाडौं। लुम्बिनी प्रदेशको सत्ता समीकरण एकाएक फेरिने भएको छ। एमाले र नेकपाबीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति भएपछि लुम्बिनी सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्।एमाले नेतृत्वको सरकारमा कांग्रेसको बसाइ अब अन्त्यतिर पुगेको छ। कांग्रेस सरकारबाट बाहिरिएलगत्तै एमाले–नेकपा गठबन्धनले प्रदेशसभामा स्पष्ट बहुमत जुटाउने अंकगणित देखिएकाले नयाँ राजनीतिक अध्याय सुरु हुने संकेत देखिएको छ।कांग्रेसबाट सरकारमा रहेका शहरी विकास तथा खानेपानी, आर्थिक मामिला, उद्योग–पर्यटन तथा यातायात, सामाजिक विकास र वन तथा वातावरण मन्त्रालय सम्हालिरहेका मन्त्रीहरूले सामूह
काठमाडौं— अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र आफ्नो पार्टीको मान्यतामा विश्वस्त रहन आग्रह गरेका छन् । उनले विदेशमा रहेका नेपालीहरूलाई नेपालको आर्थिक विकास र लगानी विस्तारका महत्त्वपूर्ण साझेदारका रूपमा अघि आउन पनि आह्वान गरेका छन् ।अस्ट्रेलियास्थित नेपाली युवा उद्यमीहरूले आयोजना गरेको एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले गैरआवासीय नेपालीसँगको सम्बन्धलाई थप सुदृढ बनाउने नीति लिएको बताए ।‘एक पटकको नेपाली, सधैँको नेपाली भन्ने हाम्रो मान्यता स्पष्ट छ । त्यसमा ढुक्क हुनुहोस्,’ उनले भने । उनले
धनगढी— धनगढीमा २४औं सत्याग्रह बसेका डा.गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा।जेपी अग्रवालको संयोजकत्वमा गठित समिति धनगढी पुगेको छ । समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्य रहेका छन् । संयोजक अग्रवाल सहित सरकारका तीनै जना प्रतिनिधिले शनिबार डा. केसीलाई सामान्य भेटे पनि औपचारिक वार्ता भने आज हुनेछ । डा. गोविन्द केसीका स्वास्थ्य सहयोगी डा। अमृत जैसीका अनुसार शनिबार सरकारी टोलीले केसीसँग सामान्य भेट मात्रै गरेका थिए । औपचारिक वार्ता (आज) आइतबार हुने उनले बताए । केसीको तर्फबाट स्पष्ट माग अघि बढिसकेकाले सरकारी टोली त्यसमा
काठमाडौं— नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सातै प्रदेशमा सरकार गठन तथा सहकार्य गर्ने विषयमा सहमति भएको छ।शनिबार भएको सहमतिअनुसार पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीन अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्या समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले दुई दल सहमतिमा पुगेका हुन्।सहमति पत्रमा भनिएको छ, ‘पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्यालाई समाधान गर्दै जनताको चाहनाअनुरूप राजनीतिक स्थिरता, स
काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र देशको नेतृत्व गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्।शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नरबहादुर कर्मचार्य जीवनभर वर्ग, विचार र क्रान्तिप्रति इमानदार, निष्ठावान र सरल व्यक्तित्वका रूपमा स्थापित भएको बताए।उनले आफू जनयुद्धको तयारीका क्रममा करिब छ वर्ष कर्मचार्यको संरक्षणमा बसेको स्मरण गर्दै जनयुद्धको तयारीका विषयमा नियमित छलफल हुने गरेको बताए।उनले भने, ‘मैंले जनय
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको मसी प्रहार र दुव्र्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शनिबार जारी गरेको विज्ञप्तिमा मिति साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा सांसद पौडेलमाथि गरिएको कालो मसी प्रहार तथा दुव्र्यवहारको घटनाको घोर भत्र्सना गरिएको छ।रास्वपाले लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध गर्ने अधिकार सुरक्षित भए पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुव्र्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.