राजनीति

    Showing 2,471-2,480 of 10,305 items.
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।बिहीबार समितिको १६५ औं बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे बस्ने भएको हो ।आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर दफावार छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।समितिका सचिवालयले बैठकमा सहभागिता जनाउन सबै सरोकारवालाहरू र सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 474 पटक पढिएको
  • एमालेलाई मुलुकप्रति विशेष अभिभारा छ: ओली

    काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई मुलुकप्रति विशेष अभिभारा रहेकाले त्यसलाई पूरा गर्नुपर्ने दायित्व रहेको बताएका छन्।झापा–काठमाडौं सम्पर्क कमिटीको निर्वाचन विशेष भेटघाट कार्यक्रममा बोल्दै उनले नेकपा (एमाले) अन्य दलभन्दा पृथक रहेको दाबी गरे।उनले भने, ‘नेकपा एमाले विशेष अभिभारा बोकेको पार्टी हो । त्यो पूरा गर्नुपर्नेछ । अरु पाटी भन्दा यो पृथक छ । यसको काममा राष्ट्रियता, जिम्मेवारी र जवाफदेही छ । त्यसकारण यो पार्टी अरु भन्दा पृथक छ ।’अध्यक्ष ओलीले एमाले मात्र देशभक्त वा लोकतान्त्रिक पार्टी हो भन्ने आशय नरहेको स्पष्ट पार्दै अन्य दलहरूसँग स्पष्टता र त्यसमा अडिग रहने तथा कार

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 554 पटक पढिएको
  • निर्वाचनमा सवारीसाधन प्रयोगमा कडाइ, आयोगद्वारा नयाँ कार्यविधि जारी

    काठमाडौं— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ ।आयोगले निर्वाचन अवधिमा सवारीसाधनको प्रयोगलाई कडाइका साथ नियमन गर्ने उद्देश्यले ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको हो ।निर्वाचन प्रचारप्रसारको अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउने लक्ष्यसहित कार्यविधि लागू गरिएको आयोगले जनाएको छ ।राजनीतिक दल, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने सवारीसाधनको अनुमति प्रक्रिया स्पष्ट पार्न आवश्यक भएकाले कार्यविध

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 419 पटक पढिएको
  • संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण होः प्रदेश प्रमुख सुरेन्द्र लाभ

    जनकपुर— मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संघीयता अधिकार र अवसरको न्यायोचित वितरण रहेको बताएका छन् ।बुधबार मधेश प्रदेश सभाको ८ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रदेश प्रमुख लाभले संघीयता भनेको भूगोलको विभाजन मात्र नरहेको धारणा राखे ।उनले संघीयता भनेको सिंहदरबारको अधिकारलाई जनताको घरदैलोसम्म ल्याउने प्रदेश संरचना रहेको बताए । लोकतन्त्रको सुन्दरता भनेको जनताले आफ्नो प्रतिनिधिहरु मार्फत आफ्ना लागि आफै कानुन बनाउनु रहेको प्रदेश प्रमुख लाभको भनाई थियो ।प्रदेश प्रमुख लाभले विगत ८ वर्षमा मधेश प्रदेश सभाले विभिन्न उतार चढाव झेल्दै संघियता कार्यान्वयनमा खेलेको नेर्तत्वदायी भूमिका प्रशंसन

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 466 पटक पढिएको
  • रमेश खरेलद्वारा प्रवल थापालाई मत दिने घोषणा

    काठमाडौं— नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले आसान्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं.१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापालाई मत दिने घोषणा गरेका छन् । एक टेलिभिजनको अन्तवार्ता कार्यक्रममा बोल्दै खरेलले सो घोषणा गरेका हुन् ।आफू अहिले कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको उल्लेख गर्दै खरेलले यसपटक थापालाई मतदान गर्ने बताएका हुन् । उनले भने–म सोही क्षेत्रको मतदाता हुँ, हाल स्वतन्त्र छु ।तर, इमानदारितापूर्वक भन्नुपर्दा मैले प्रवल थापालाई मतदान गर्नेछु ।’ २०७९ को निर्वाचनमा नेपाल सुशासन पार्टीका तर्फबाट सोही क्षेत्रमा उम्मेदवार रहेका खरेल उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्ट

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 575 पटक पढिएको
  • सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छः महेश बस्नेत

    काठमाडौं— नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचनमा कसैको एजेण्डा स्थापित गर्न र निश्चित उम्मेदवारलाई जिताउन सरकार नै माध्यम बन्न खोजेको जस्तो अवस्था देखिएको आरोप लगाएका छन् ।बुधबार काठमाडौंमा आयोजित सूर्य ध्वजावाहक उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले झापा–५ मा देखिएका पछिल्ला घटनाक्रमले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको बताए ।उनले रास्वपाबाट झापा–५ का उम्मेदवार बनेका बालेन साहकी श्रीमतीको घरदैलो कार्यक्रममा सिभिल प्रहरी परिचालन हुनुका साथै उनीहरू स्वयं भोट माग्ने परिवेश देखिएको उल्लेख गर्दै यसले सरकार निर्वाचन प्रक्रियामा प्रत्यक्ष संलग्न भएको संकेत दिएको बताए ।बस्न

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 571 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ

    काठमाडौं— प्रधानमन्त्री सुशिला कार्कीले अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्नेमा जोड दिएकी छन्।मंगलबार श्री राष्ट्रिय सेवा दल मध्य तालिका शिक्षालयद्वारा आयोजित वार्षिक सामूहिक क्याम्प दीक्षान्त कवज कार्यक्रममा सम्बोधन गर्दै उनले राष्ट्रिय सेवा दलको तालिमले युवालाई जिम्मेवार नागरिक बनाउने महत्वपूर्ण भूमिका खेलेको बताइन्।प्रधानमन्त्री कार्कीले क्याडेट छात्रछात्रालाई सम्बोधन गर्दै तालिमले आधारभूत सुरक्षा, सैनिक कला, समसामयिक विषयको ज्ञान, साथै नेपालको भूगोल, भाषा, संस्कृति र इतिहासलाई नजिकबाट बुझ्ने अवसर दिएको उल्लेख गरिन्।यसले नेतृत्व क्षमता, सामूहिकता र राष्ट्रिय एकताको भावन

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 501 पटक पढिएको
  • बालेन शाह उर्लाबारीमा, सुशासन र नागरिक सहभागितामा जोड

    उर्लाबारी— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उर्लाबारी आएका छन्।उर्लाबारीमा आयोजित भेटघाट तथा छलफलका क्रममा उनले स्थानीयवासी, युवाहरू र नागरिक अगुवासँग समसामयिक राजनीतिक अवस्था, सुशासन र स्थानीय विकासका विषयमा संवाद गरेका छन्।भेटघाटमा शाहले विकासको मूल आधार पारदर्शिता र जवाफदेहिता भएको उल्लेख गर्दै राज्य संयन्त्रमा देखिएको बेथिति र अनावश्यक खर्च नियन्त्रण गर्न नागरिक स्वयं सचेत र सक्रिय हुनुपर्ने धारणा राखे। उनले स्थानीय तह बलियो बने मात्र संघीय संरचनाको औचित्य पुष्टि हुने बताए।स्थानीय युवाहरूले रोजगारीको अभाव, शहरी व्यवस्थापन, फोहोर व्यवस्थापन तथा आधारभू

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 510 पटक पढिएको
  • राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किदै छन् ।जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन सोमबार जापान गएका थिए ।भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागिता जनाउँदै समारोहलाई सम्बोधन गरे ।यसैगरी, टोकियोस्थित इम्पेरियल प्यालेसम

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 555 पटक पढिएको
  • समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी

    काठमाडौं— प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीमा एक हजार ७ सय ७२ जना महिला उम्मेदवार समावेश छन्। यस्तै, एक हजार ३ सय ६३ जना पुरुष उम्मेदवार रहेका छन्।समानुपातिकतर्फ कूल ६३ वटा राजनीतिक दल सहभागी भएका छन् भने आयोगले ५७ वटा निर्वाचन चिन्ह कायम गरेको जनाएको छ । अन्तिम बन्दसूचीअनुसार समानुपातिक प्रणालीतर्फ कूल तीन हजार १ सय ३५ जना उम्मेदवार कायम भएका छन्।निर्वाचन आयोगले प्रतिनिधिसभ

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 470 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.