राजनीति

    Showing 2,451-2,460 of 6,738 items.
  • एमालेले बोलायो सचिवालय बैठक

    काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने छ।यसैगरी, सचिवालय बैठकका ‘एजेन्डा’ तय गर्न आज केन्द्रीय कार्यालयमा कार्यालय बैठक बसेको थियो।  महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको कार्यालय बैठकले सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्यायोजना र समसामयिक राजनीतिक विषयका एजेन्डा तय गरेको छ। बैठकमा महासचिव पोखरेलसहित उपमहासचिवहरु, सचिवहरु र कार्यालय सचिव सहभागी रहेका सो पार्टीले जनाएको छ।

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 316 पटक पढिएको
  • देउवा निवास अगाडि शङ्कास्पद वस्तु फेला, बम डिस्पोजल टोली खटियो

    काठमाडौं–नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शङ्कास्पद वस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि गएराति तारसहितको वस्तु कालो झोलामा राखिएको अवस्थामा फेला परेको हो । सो वस्तु फेला परेपछि प्रहरीले रातिबाटै सो स्थानलाई निगरानीमा राखेको जानकारी दिएको छ । आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी गराए ।   

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 616 पटक पढिएको
  • लोसपाले वार्षिकोत्सवमा भोलि झण्डोत्तलन गर्ने

    काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले तेस्रो वार्षिकोत्सवका अवसरमा पार्टी कार्यालयमा झण्डोत्तलन गर्ने भएको छ । पार्टीले स्थापना दिवसका अवसरमा यही भदौ ९ गते आइतबार अपराह्न १ बजे पार्टी कार्यालय बबरमहलमा झण्डोत्तलन गर्ने भएको हो ।लोसपाले सो कार्यक्रममा उपिस्थत हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ।

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 382 पटक पढिएको
  • शिक्षा बनाउने नीतिमा बहस गर्न जरुरी : शिक्षामन्त्री

    काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी रहेको बताएकी छन्। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्य विन्दु नगरपालिकाले सुरु गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रमको शनिबार शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले राजनीति कस्तो बनाउने भनेर बहस हुने गरे पनि शिक्षाका बारेमा कमै मात्रमा बहस हुने गरेको बताइन्। ‘हामीले लामो समयसम्म राजनीति कस्तो हुने भनेर सङ्घर्ष गर्‍यौँ, राजनीति कस्तो बनाउने भन्ने आन्दोलन गर्‍यौँ , बहस गर्‍यौँ,  तर शिक्षा कस्तो बनाउने भन्ने बहस कम गर्‍यौँ, अब शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ’ मन्

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 347 पटक पढिएको
  • प्रचण्डको दाबी : ०८४ मा माओवादी पहिलो शक्ति बन्छ

    काठमाडौँ- नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनबाट माओवादी पहिलो पार्टी बन्नसक्ने दाबी गरेका छन् ।नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिको ८औं भेलालाई सम्बोधन गर्दै उनले माओवादीलाई पहिलो पार्टी बनाउने आत्मविश्वासका साथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।उनले भने, ‘कसैले हाम्रो पार्टी फुटाउँन सक्दैन । केही समयपछि फुटेर गएका माओवादीहरु पनि एकताबद्ध हुन्छन् । हाम्रो पार्टी फुटाउने षड्यन्त्र प्रतिक्रियावादीहरुले जनयुद्धको बेलामा पनि गरेकै हुन् । पछि पनि गरेकै हुन् । केही साथीहरु जानुभयो । पछि केही फर्केर आउनुभएको छ । बाँकी रहेकासँग पनि वार्ता चलिएको छ । टेन्सन नलिनुह

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 462 पटक पढिएको
  • प्रधानमन्त्रीलाई टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि आग्रह

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे आज ध्यानाकर्षण गराएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, संघीय सांसदहरु दीपक गिरी र मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरीलगायतले सो माग प्रस्तुत गरेका हुन्।मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले उक्त विमानस्थल स्तरोन्नतिका साथै लमही–घोराही–तुल्सीपुर स

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 343 पटक पढिएको
  • रास्वपाको ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गरेको छ। केन्द्रीय कार्यालय, वनस्थलीमा शनिबार नेपाली उत्पादनको प्रदर्शनीसहित ‘नीति मन्थन’ गरेर रास्वपाका केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन, उद्योग तथा वाणिज्य, उत्पादन प्रवद्धन, कृषि र अनुसन्धान तथा अभिलेखिकरण विभागको संयोजनमा अभियान सुरु गरिएको हो। अभियानको शुभारम्भ गर्दै उपसभापति डीपी अर्यालले आन्तरिक उत्पादन अभिवृद्धिको दीर्घकालिन लक्ष्यसहित तत्कालका लागि भने स्वदेशमै उत्पादनको क्षेत्रमा भइरहेका उपलब्धी देखाएर विदेशिने खोज्ने युवालाई मुलुकभित्रै रहन प्रेरित गर्न अभियान सुरु गरिएको बताए। यो अभियान वडास्तरसम्म विस्तार

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 564 पटक पढिएको
  • छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोच्दैछु : ओली

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशमा छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको बताएका छन्।  काठमाडौंमा शनिबार आयोजित काठमाडौं युथ कन्क्लेभमा युवाहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले त्यसका लागि केही तयारी चाहिने बताए। ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ’, नेपालले महिला प्रधानमन्त्री कहिले पाउने रु भन्ने प्रश्नको जवाफमा ओलीले भने, रियालिटीमा दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ । तर छिट्टै बनाउने तयारी बारेमा सोचिराखेको छु।’उनले आफूले नै पहिलो महिला

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 333 पटक पढिएको
  • मैले दिएको प्रमाणबाट आरोप पुष्टि हुन्न : रवि लामिछाने

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए ।'आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो,' उनले भने, 'त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रुपमा हेरेको छु ।'सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिएका थिए । उनले जीबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताए

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 493 पटक पढिएको
  • बस दुर्घटनाका घाइतेको उपचारमा कमी नहुने गृहमन्त्रीको दाबी

    काठमाडौँ- गृहमन्त्री रमेश लेखकले तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर घाइतेहरूको जानकारी लिएका हुन् । शनिबार दुर्घटनाबारे बुझ्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेसँगै गृहमन्त्री पनि अस्पताल पुगेका हुन् । सोही क्रममा गृहमन्त्री लेखकले घटना दुःखद भए पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैको प्रयासले केही मानिसलाई बचाउन सफल भएको बताए । उनले भने, ‘सडक दुर्घटनाहरू धेरै भइरहेका छन् । यही सिलसिलामा भारतबाट पर्यटकका रूपमा आउनुभएका मानिसको दुर्घटनामा मृत्यु भयो । नेपाली सेना, सशस्त्र प

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 397 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा