राजनीति

    Showing 2,451-2,460 of 10,305 items.
  • प्रचण्ड–माधव पुगे सिन्धुली, तर विद्रोह रोकिएला ?

    काठमाडौं –  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद केही जिल्लामा तीव्र बन्दै गएको छ, जसको प्रत्यक्ष असर सिन्धुलीमा देखिन थालेको छ । सिन्धुलीमा पार्टीका हेभिवेट नेता हरिबोल गजुरेलको विद्रोहपछि नेकपाका उम्मेदवारका लागि निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न चुनौतीपूर्ण हुने विश्लेषण भइरहेको छ । पार्टीभित्रको विवाद समाधान गर्न नसक्दा सिन्धुलीमा देखिएको विद्रोह र मतदातालाई सन्देश दिन पुगेका माधव नेपाल–प्रचण्डको पहल सफल हुन्छ वा हुँदैन भन्ने विषय अहिले चासोको केन्द्रमा छ । सिन्धुलीमा देखिएको नेकपाको विवाद राष्ट्रिय तहसम्मै ठूलो विषय बनेको छ । पटक–पटक मन्त्री भइसकेका नेता हरिबोल गज

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 302 पटक पढिएको
  • मकवानपुर क्षेत्र नं. १ बाट एमालेका रामेश्वर राना चुनावी मैदानमा

    हेटौंडा—  निर्वाचन २०८२ अन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना मगरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।रानाको राजनीतिक यात्रा २०३६ सालको जनआन्दोलनबाट प्रभावित भई २०३७ सालमा अनेरास्ववियु त्रिभुवन माविको प्रारम्भिक कमिटीबाट सुरु भएको हो।२०३८ सालमा अखिलको जिल्ला कमिटी उपाध्यक्ष हुँदै जिल्ला कमिटी अध्यक्ष बनेका उनी २०४२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य चयन भए । त्यसपछि पार्टीको शाखा कमिटी, हेटौंडा नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्यका रूपमा सक्रिय रहे ।२०५१ सालमा एमाले मकवानपुरको सचिव बनेका रानाले तीन कार्यकाल

    • प्रकाशित मितिः माघ २४, २०८२
    • 241 पटक पढिएको
  • गृहमन्त्री अर्यालसहितको निरीक्षण टोली नुवाकोटमा, निर्वाचनको भरपर्दो तयारी गर्न निर्देशन

    नुवाकोट—  गृहमन्त्री ओमप्रकाश अर्याल शनिबार आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी सम्बन्धी विषयमा स्थलगत निरीक्षण अनुगमनको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय, नुवाकोट पुगेका छन् ।निरीक्षण अनुगमनको टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले र गृहमन्त्री अर्यालको सचिवालय सदस्यहरुको सहभागी थियो ।सो क्रममा, गृहमन्त्री अर्यालले आसन्न निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए ।निरीक्षणका क्रममा मुख्य निर्वाचन अध

    • प्रकाशित मितिः माघ २४, २०८२
    • 202 पटक पढिएको
  • अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन

    काठमाडौं— अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लाको निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत अर्थमन्त्री खनालले शुक्रबार दुवै जिल्लाको भ्रमण गरेका हुन् ।भ्रमणका क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए ।रुकुम पश्चिममा भएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी गराउँदै २१ वटा म

    • प्रकाशित मितिः माघ २४, २०८२
    • 289 पटक पढिएको
  • सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आंकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।आज गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही काम गर्न मन्त्रालय मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।बैठकले निर्वाचन तयारी सम्बन्धमा विगतका बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थाको समिक्षा गरी निर्वाचन नजिकिँदै गर्दा आउनसक्ने थप सुरक्षा चुनौतीहरुलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिबारे समेत मार्गदिश

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 305 पटक पढिएको
  • जनताको मत र जीतको असली हकदार हामी हौंः उपेन्द्र यादव

    सप्तरी— जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभाको यो निर्वाचनमा जनताको मत र जीतको असली हकदार जसपा नेपाल मात्रै भएको दाबी गरेका छन् ।मधेश जनविद्रोहको ऐतिहासिक स्वामित्व, निरन्तरको संघर्ष र सीमान्तकृत जनता केन्द्रीत एजेन्डाको हिसाबले मधेशमा जसपा नेपाल मात्रै जनताको मत र जीतको वास्तविक हकदार रहेको दाबी गरेका हुुन् ।सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ७, स्थित इटहरीमा शुक्रबार आयोजित चुनावी छलफल तथा भेटघाटको क्रममा अध्यक्ष यादवले भने, ‘कठोर सङ्घर्ष गरेरै अधिकार र अवसर दिलाउने पार्टी जसपा नेपाल हो, त्यसैले बाँकी अधिकारप्राप्तिका लागि जनताको मतको असली हकदार हामी नै हौँ

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 284 पटक पढिएको
  • नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ होः प्रचण्ड

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट पार्टी नै अहिलेको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको दाबी गरेका छन् ।नेपाली कम्युनिष्ट पार्टीको मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले नेकपा एमालेका महत्वपूर्ण नेताहरू पार्टीमा समायोजन भएको उल्लेख गरे । समायोजन भएर आएका नेताहरूले एमाले किन छाडे भन्ने विषयमा आफ्ना धारणा प्रस्तुत गर्दा केपी शर्मा ओलीप्रति केही आग्रह–पूर्वाग्रह देखिएको टिप्पणी गरे ।प्रचण्डले भने, ‘समायोजन भएर आउनुभएका नेताहरूले केपी ओली के हो र देशलाई कहाँ लैजान खोज्दै छन् भन्ने विषयमा धारणा राख्नुभयो । त्यसमा केही आग्रह र पू

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 244 पटक पढिएको
  • राष्ट्रिय सभाको बैठक बस्दै स्सामाजिक सञ्जाल विधेयक फिर्ता हुँदै

    काठमाडौं— संघीय संसद्अन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभाको बैठक बस्दैछ।बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ विधेयकहरूमाथि छलफल गर्ने तयारी गरिएको छ।बैठकको सुरुमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याहरूको अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।यसैगरी, आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ’सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन्।साथै, उनले श

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 276 पटक पढिएको
  • नागरिकमा रहेको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा

    गण्डकी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्ने बताउनुभएको छ । कांग्रेस कास्कीद्वारा पार्टी कार्यालयमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले नागरिकहरूमा रहेका सबै असन्तुष्टिको जवाफ दिन जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिनुभयो । “नागरिकमा रिस गहिरो छ । राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ । यसलाई सुधारबाटै जवाफ दिनु आवश्यक छ” सभापति थापाले भन्नुभयो,“नागरिकमा अविश्वास बढ्दै गएको छ । चरम निराशा छ । यी सबै कुरालाई आत्मसात गर्दै देशलाई सम्हाल्नु छ । देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 383 पटक पढिएको
  • चुनाव प्रचारप्रसार खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको निर्देशन

    काठमाडौं— निर्वाचन आयोगले उम्मेदवारको आर्थिक पारदर्शिता कायम गर्न उम्मेदवारले अनिवार्यरुपमा बैंक खाता खोल्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । आयोगले निर्वाचन प्रसारप्रसार कार्यविधि २०८२ जारी गरी आर्थिक कारोबारलाई पारदर्शी बनाएको छ । आयोगले कार्यविधिबमोजिम नेपालको बैंकमा खाता खोलेर मात्र कारोबार गर्न निर्देशन दिएको हो । आयोगको यो निर्देशनसँगै उम्मेदवारले गर्ने मनपरि खर्चमा अंकुश लागेको छ । उम्मेदवारले क, ख र ग वर्गको बैंक र वित्तीय संस्थाबाट मात्र खाता खोल्न पाउनेछन् । आयोगको निर्देशनपछि उम्मेदवारहरु खाता खोल्ने तरखरमा लागेका छन् । राजनीतिक दलका उम्मेदवारलाई आम निर्वाचनको सिलसिलामा गरिने प्रचा

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 231 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.