काठमाडौं / नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्था सहज नरहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र संवादमार्फत समस्या समाधान गर्न सबै पक्षलाई आग्रह समेत गरे । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गत निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धताअनुसार सरकार अघि बढ्न नसकेको टिप्पणी गरे । सरकारका गतिविधिले जनअपेक्षा पूरा गर्न नसकेको भन्दै दिनप्रतिदिन परिस्थिति अझ असहज बन्ने चिन्ता बढ्दै गएको उल्लेख गरे । उनले भने, ‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहको नेतृत्वशैलीमाथि कडा टिप्पणी गर्दै अनुभवी राजनीतिक नेतृत्व, बुद्धिजीवी र विज्ञहरूसँग संवाद गर्न किन नखोजिएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठाएका छन्। उनले राष्ट्रिय संकट र जटिल परिस्थितिमा अनुभवको उपयोग गर्नु नेतृत्वको दायित्व भएको उल्लेख गर्दै संवादबाट टाढा रहनु उचित नभएको बताए।प्रचण्डले नेपालमा लोकतन्त्र, शान्ति प्रक्रिया, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि दशकौँ संघर्ष गरेका तथा जटिल राजनीतिक संकट समाधानको अनुभव भएका नेताहरूको ठूलो पंक्ति रहेको स्मरण गराउँदै उन
काठमाडौं । लगानी बोर्ड नेपालको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया निर्णायक चरणमा पुगेको छ। सिफारिस समितिले तीन जना प्रतिस्पर्धीको नाम मन्त्रिपरिषद्मा पठाएसँगै अब अन्तिम निर्णय सरकारको हातमा पुगेको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेतृत्वको सिफारिस समितिले याङ्की उक्याब, मनोज पौडेल र सुमनमानसिंह बस्नेतलाई सिइओ पदका लागि सिफारिस गरेको हो। अब मन्त्रिपरिषद्ले यीमध्ये एक जनालाई आगामी चार वर्षका लागि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेछ।याङ्की उक्याब विकास अर्थशास्त्री हुन्। उनी यसअघि लगानी बोर्डमै परामर्शदाताका रूपमा कार्यरत थिइन्। मनोज पौडेल अर्थशास्त्रीका रूपम
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि बिग्रिएको शान्ति–सुरक्षा अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय संयुक्त बैठक आह्वान गरेको छ। प्रमुख जिल्ला अधिकारीको समन्वयमा बस्ने बैठकमा जिल्लाका राजनीतिक नेतृत्व, जनप्रतिनिधि, सुरक्षा निकाय र नागरिक समाजलाई एउटै टेबलमा ल्याएर साझा समाधान खोज्ने प्रयास गरिएको हो।आज दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, प्रमुख राजनीतिक दलका जिल्ला अध्यक्ष तथा प्रतिनिधि, देवानगञ्ज, हरिनगरा, कोशी, भोकराहा नरसिंह र इनरुवाका पालिका प्रमुख–उपप्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद समिना मियाँले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज क्षेत्रमा भएको साम्प्रदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मियाँले पछिल्लो समय देशका विभिन्न जिल्लामा विभिन्न घटना भइरहेका उल्लेख गर्दै देवानगञ्जको घटनाले देशलाई स्तब्ध बनाएको बताइन् । ‘विभिन्न जिल्लाहरूमा विभिन्न घटनाहरू घटे र त्यसमध्य पनि एउटा संवेदनसिल घटनाले देशलाई स्तब्ध बनाएको छ,’ उनले भनिन्, ‘देवानगन्चको कप्तानगन्जमा भएको मुस्लिम र हिन्दू समुदायबिच द्वन्द्व मच्चियो । म सम्पूर्ण देशबासी र सम्पूर्ण राजनीतिक दललाई देशमा मिल
काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितहरूको माग सम्बोधन गर्न सरकारले औपचारिक संवाद प्रक्रिया अघि बढाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पीडित पक्षसँग वार्ता गरी समस्याको समाधान खोज्न पाँच सदस्यीय उच्चस्तरीय वार्ता समिति गठन गरेका छन्।मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन्। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ।अर्थमन्त्री वाग्लेले समितिलाई तत्काल काम सु
काठमाडौं / सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले उठाएको प्रश्नले ६० दिन पूरा गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी सांसदहरूले प्रधानमन्त्रीसँग स्पष्ट जवाफ माग्दै विरोधलाई निरन्तरता दिए। नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रधानमन्त्रीबाट कहिलेसम्म जवाफको प्रतीक्षा गर्नुपर्ने भन्दै प्रश्न उठाइन्। उनले सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको स्पष्ट आधार प्रस्तुत गर्नुपर्ने बताइन्। नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले उक्त अभिव्यक्तिलाई राष्ट्रिय हितविपरीत भएको दाब
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा चुनौतीबीच सरकारले उच्चस्तरीय सुरक्षा समीक्षा थालेको छ। प्रधानमन्त्री बालेन शाहको आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर देशको समग्र शान्ति–सुरक्षा अवस्था, विशेषगरी सुनसरी घटनापछि विकसित परिस्थितिबारे विस्तृत छलफल सुरु भएको हो।बैठकमा प्रधानमन्त्रीसहित रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, नेपाली सेनाका प्रधानसेनापति तथा रक्षा सचिव सहभागी छन्। परिषद्ले सुनसरी घटनाको सुरक्षा प्रभाव, सम्भावित जोखिम र त्यसको नियन्त्रणका लागि आवश्यक रण
काठमाडौं / सांसद खुश्बु ओलीले सुनसरी घटनाबारे राजनीतिक दलहरूले जारी गरेका विज्ञप्तिमा घटनाको वास्तविक स्वरूप स्पष्ट नभएको बताएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घटनाको चर्चा गरेपनि वास्तवमा के भएको थियो भन्ने विषयमा स्पष्ट रूपमा बोल्ने साहस कसैले नगरेको टिप्पणी समेत गरिन् ।उनले भनिन्, ‘सबैजनाले घटना घटना भन्नुभयो तर घटना के भएको रहेछ भनेर हिम्मत कसैमा छैन् । सत्तारुट दललगायत अन्य दलहरूले आफ्नो प्रेस विज्ञप्तिमा सुनसरीको घटनालाई संवेदनशील र दुखद घटना उल्लेख गरेको छ । तर कुन घटनाको कुरा गरिएको हो, स्पष्ट छैन ।’सत्ता पक्षसहित विभिन्न राजनीतिक दलहरूले सुनसरीको घटनालाई
काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएकी छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनसरीमा भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । उनले घाइते स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार निःशुल्क र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले दंगा नियन्त्रण दमनबाट नभई संवाद, योजना र विश्वास निर्माणबाट गर्नुपर्ने बताइन् । राज्य शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्न अस
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.