राजनीति

    Showing 181-190 of 7,458 items.
  • लीलामणिसहित नेकपा प्युठानले सिफारिस गर्‍यो ७ उम्मेदवार

    काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्युठानबाट प्रत्यक्षतर्फ सात जनालाई उम्मेदवार सिफारिस गरेको छ। नेकपा प्युठानले नेताहरु लीलामणि पोखरेल, कृष्णध्वज खड्कासहित सात जनालाई उम्मेदवार सिफारिस गरेको हो। उम्मेदवार सिफारिस हुने अन्य नेतामा भोजविक्रम बुढामगर, मिलन एससी, उमाराम पौडेल, अर्जुनकुमार कक्षपति र प्रेमबहादुर विश्वकर्मा छन्। ०७९ निर्वाचनमा प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा विजयी भएका थिए। त्यतिबेला राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ मतले हराएर थापा विजयी भएका थिए।था

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 98 पटक पढिएको
  • यो सरकारको मुख्य काम फागुन २१ को चुनाव हो : मन्त्री घिसिङ

    पोखरा । पोखरामा आजदेखि २७ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजनामा ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित महोत्सव सुरु भएको हो ।अंग्रेजी नयाँ वर्षको स्वागत गर्न पोखराको लेकसाइडमा आयोजना गरिएको महोत्सवको उद्घाटन उर्जा जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै मन्त्री घिसिङले अहिलेको सरकारको मुख्य काम फागुन २१ को चुनाव रहेको बताए ।उनले भने, ‘छोटो समय तीन महिना भयो, यो जेन्जी आन्दोलनपछिको सरकारले हामीले गर्नुपर्ने धेरै कुराहरु छन् तर छोटो समयमा धेरै गर्न नसकेपनि जनतालाई आशा दिन सक्ने हिसाबले का

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 84 पटक पढिएको
  • पौष १३–१४ सम्म बन्दसूची पेस गर्ने समय, तीन दलबाट १३४ नाम दर्ता

    काठमाडौं— प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलनको समय पौष १३ र १४ गतेसम्म तोकिएको छ ।जसमा आजबाट सुरु भएको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलनमा आइतबार तीन वटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसूची संकलन भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।उनले भने, ‘निर्वाचन आयोगको समानुपातिक तर्फको पूर्व निर्धारित कार्यक्रम अनुसार पौष १३ र १४ गतेसम्म बन्दसूची पेस गर्ने समय तोकिएकोमा आज तीनवटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसूची भेरीफाइ भइसकेको छ । आज र भोलि समय तोकिएको हुनाले भोलिसम्ममा

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 391 पटक पढिएको
  • करदाता कार्यालय हटाउने निर्णयविरुद्ध गौरमा धर्ना

    रौतहट— रौतहटको गौरमा रहेको करदाता सेवा कार्यालय नेपाल सरकारले हटाउने निर्णय गरेपछि त्यसको विरोधमा सर्वदलीय तथा सर्वपक्षीय धर्ना कार्यक्रम सुरु भएको छ । रौतहट उद्योग वाणिज्य संघको अगुवाइमा आइतबारदेखि सुरु भएको धर्ना कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतको ऐक्यबद्धता छ ।करदाता सेवा कार्यालयको मूल गेटमा धर्नामा बसेकाहरुले सरकारलाई तत्काल यो निर्णय फिर्ता लिन र गौरमै करदाता सेवा कार्यालय यथावत् राख्न माग गरेका छन् । धर्नामा बसेका नेता बाबुलाल साहले करदाताहरू अब करसम्बन्धी सेवाका लागि आन्तरिक राजस्व कार्यालय सिमरा वा अन्यत्र धाउनुपर्ने बाध्यता हुने र यसले समय

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 398 पटक पढिएको
  • निर्वाचन आचारसंहिताः गाडी र हेलिकोप्टर प्रयोगमा कडाइ

    काठमाडौं— निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गर्दै विभिन्न प्रावधानहरु ल्याएको छ । आचारसंहिता स्वीकृत गरेपनि कहिलेबाट लागु हुने भन्ने निर्णय भने गरिएको छैन् ।आचारसंहितामा निर्वाचित दल वा उमेदवारले प्रत्येक वर्ष घोषणाापत्रअनुसार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय राखिएको छ ।त्यस्तै विगतमा नभएको हरित निर्वाचन सम्बन्धि आचारणको विषय राखिएको छ ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उम्मेदवारले प्रचारप्रसारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ ।निर्वाचन अधिकृतको अनुमति लिई उमेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उमेदवार भएको स्थान

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 358 पटक पढिएको
  • राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन कांग्रेसको माग

    काठमाडौं— नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटवार्ता गरेको छ ।कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वमा गएको टोलीले आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर नेपाली कांग्रेस संसदीय दलको निर्णबारे जानकारी गराउँदैं यस्तो माग गरेका हुन् ।गत पौष १० गते बसेको कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभा

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 368 पटक पढिएको
  • जेनजीहरुको आवाज कलामार्फत, संसद भवन अगाडि प्रदर्शन

    काठमाडौं— गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरु संघीय संसद् भवन अगाडि प्रदर्शनी गरिएको छ ।वीरगति प्राप्त गरेका जेनजी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फोटो प्रदर्शनी गरिएको हो ।सोही क्रममा कार्यक्रम आयोजक समितिका सदस्य आयुष बस्यालले राज्य संयन्त्रले जेनजी र जनताको आवाजहरु दबाउने प्रयास गरेको भन्दै त्यसको लागि यो प्रदर्शन गरिरहेको बताए ।उनले भने, ‘राज्य संयन्त्रले हाम्रो आवाजहरु दबाउने प्रयास गर्नुभयो । त्यसको लागि यो प्रदर्शन गरिरहेका हौं । त्यो पद नै कस्तो हो कस्तो त्यहाँ पुगेपछि सबै एउटै हुने ।’यस्तै, प्रदर्शनीमा सहभागी अमूल्य आचार्यले

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 357 पटक पढिएको
  • निर्वाचन आयोगले सुरु गर्यो समानुपातिक बन्द सूची संकलन

    काठमाडौं— प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु हुँदैछ ।निर्वाचन आयोगले कार्यतालिका अनुसार सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको जनाएको छ ।आयोगका अनुसार आज आइतबार र भोलि सोमबार दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा बुझाउन पाउनेछन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्द सूची पेसदेखि अन्तिम प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया समयसीमा भित्रै सम्पन्न गरिने स्पष्ट पारे ।पेस गरिएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ । छानबिनका क्रममा कानुनअनुसार समावेश

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 365 पटक पढिएको
  • मन्त्री खरेल भन्छन मुलुक निर्वाचनतर्फ अघि बढ्यो

    काठमाडौं—  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् ।आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले शनिबार प्रधानमन्त्रीसँग भएको प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा निर्वाचनमा जाने सहमति भएको बताए ।उनले भने,‘पछिल्लो हप्ता सरकारले राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकार भएका पक्षहरूसँग सघन छलफल गरेको छ, मुख्य राजनीतिक दलका कार्यालय र शीर्ष नेताका निवासमै पुगेर सरकारले वार्ता गरेको छ । सबै राजनीतिक दलहरू निर्वाचनको तयारीम

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 366 पटक पढिएको
  • रवि–बालेन समीकरणले पूराना दलहरुलाई नयाँ चुनौती

    काठमाडौं— पछिल्लो समय नेपालको राजनीतिक वृत्तमा तीव्र हलचल देखिएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि नेपाली राजनीतिले अपेक्षाभन्दा फरक मोड लिएको छ ।कांग्रेस–एमाले गठबन्धनमा बनेको सरकार अल्पकालमै पतन भयो र त्यसपछि शुसीला कार्कीको नेतृत्वमा जेन–जी सरकार गठन भयो । सरकार बने पनि राजनीतिक अस्थिरता भने कायमै देखिएको छ । यसैबीच नयाँ र पुराना दलहरूबीच नयाँ समीकरणहरू बन्न थालेका छन् । नयाँ दलहरू आपसी सहकार्यतर्फ उन्मुख देखिएका छन् भने पुराना दलहरू पनि पुनः एकताबद्ध हुने प्रयासमा छन् ।यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन श

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 356 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा