राजनीति

    Showing 131-140 of 10,271 items.
  • सार्वजनिक लेखा समिति ‘एक्सन’मा, आजदेखि उजुरीमाथि औपचारिक छानबिन सुरु

    काठमाडौं।संसदीय निगरानीलाई थप सक्रिय बनाउने संकेत गर्दै सार्वजनिक लेखा समितिले आफूकहाँ परेका उजुरीमाथि आजदेखि औपचारिक छलफल र छानबिन प्रक्रिया सुरु गर्ने भएको छ। समितिको पूर्ण बैठकले उजुरीहरूलाई एजेन्डामा समावेश गर्दै कुन विषयमा तत्काल अनुसन्धान अघि बढाउने भन्ने निर्णय गर्ने तयारी गरेको हो।समितिका सभापति भरत खड्काका अनुसार सबै उजुरीलाई एउटै रूपमा नहेरी प्राथमिकताका आधारमा अध्ययन गरिनेछ। समितिको अधिकार क्षेत्रभित्र पर्ने विषयलाई पहिचान गरेपछि मात्रै विस्तृत छलफल र अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ।यसपटक उजुरीमाथिको कारबाही उपसमितिबाट होइन, समितिको पूर्ण बैठकबाटै सञ्चालन हुनेछ। अहिले गठन गरिएका प

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 187 पटक पढिएको
  • अर्थ विधेयकमा सांसदहरूको हस्तक्षेप, ६ सांसदबाट १५ संशोधन प्रस्ताव

    काठमाडौं । सरकारले संसद्मा दर्ता गरेको अर्थसम्बन्धी विधेयकमाथि सांसदहरूले सुधारका लागि दबाब बढाएका छन्। ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ मा ६ सांसदले १५ वटा संशोधन प्रस्ताव दर्ता गर्दै राजस्व प्रशासन, कर प्रणाली र सरकारी निर्णय प्रक्रियालाई थप पारदर्शी र जवाफदेही बनाउनुपर्ने माग गरेका छन्।प्रतिनिधिसभा नियमावलीअनुसार सभामुख डोलप्रसाद अर्यालले ती संशोधन प्रस्तावलाई छलफलका लागि स्वीकृति दिएका छन्। संशोधन प्रस्तावमा बुद्धिप्रसाद पन्त, सन्दीप राना, पवित्रा विक, रेणुका काउँचा, बासना थापा, सन्तोष सुब्बा, मनमाया विश्वकर्मा, सुशील खड्का र नीतिमा भण्डारी (कार्की) लगा

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 131 पटक पढिएको
  • तस्बिरमा जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवस

    काठमाडौं । जननायक तुलसीलाल अमात्यको २९ औँ स्मृति दिवसका अवसरमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले अमात्यको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धासुमन अर्पण गरेका छन् ।

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 155 पटक पढिएको
  • ‘व्यवस्थाको विकल्प अर्को व्यवस्था हुन सक्दैन : भोटे

    तनहुँ । संविधान सभा सदस्य पेम्बा गुरुङ भोटेले वर्तमान संविधान राजनीतिक दलहरूबिचको सम्झौताको दस्ताबेज भएकाले यसको निष्ठापूर्वक र इमानदार कार्यान्वयनमै मुलुकको भविष्य रहेको बताएका छन् ।  पोलिटिकल साइन्स सोसाइटी नेपालद्वारा तनहुँमा आयोजित ‘राजनीति शास्त्र शिक्षाको आवश्यकता र महत्त्व तथा बदलिँदो परिवेशमा राजनीतिक दलको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै संविधानसभा सदस्य गुरुङले सो कुरा बताएका हुन् । सम्बोधनका क्रममा नेता गुरुङले संविधानमा त्रुटि खोजेर मात्रै पूर्णता प्राप्त नहुने भन्दै राजनीतिक व्यवस्था र संविधानको निरन्तर विकल्प खोज्दै जाने प्रवृत्तिले मुलुकलाई सही गन्तव्यम

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 166 पटक पढिएको
  • नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन तथा विभिन्न नेताका घरमा आगजनी भएको उल्लेख गर्दै त्यसबाट मुलुकको राजनीतिक र बौद्धिक सम्पदामा क्षति पुगेको बताएका छन् ।उनले जेनजी आन्दोलनका क्रममा विभिन्न महत्वपूर्ण दस्तावेज, नेताहरूका घर तथा सरकारी भवनमा आगजनी भएको भन्दै उक्त घटनाको असर विभिन्न संस्थाले पनि भोग्नुपरेको बताए । उनले नेकपा एमालेको पुस्तकालय तथा त्यहाँ रहेका बहुमूल्य पुस्तकसमेत आगजनीबाट नष्ट भएको उल्लेख गरे ।उनले भने, ‘जेनजी आन्दोलनमा निकै नै महत

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 53 पटक पढिएको
  • ‘राष्ट्रिय भेला’मा नाम राखिएकोप्रति अपाङ्ग संघका अध्यक्ष चम्लागाईंको आपत्ति

    काठमाडौं / नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले साउन २९ गतेदेखि आयोजना गर्न लागिएको भनिएको ‘राष्ट्रिय भेला’को ५५१ सदस्यीय मूल आयोजक समितिमा आफ्नो नाम बिना सहमति राखिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्।बिहीबार जारी अपिलमा अध्यक्ष चम्लागाईंले उक्त भेलासँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै पार्टीको वैधानिक संरचनालाई कमजोर बनाउने तथा विभाजनकारी गतिविधिमा आफू सहभागी नहुने बताएका छन्। राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षका रूपमा आफ्नो नाम राखिएको विषय स्वीकार गर्न नसकिने उनको भनाइ छ। अपिलमा उनले पार्टीभित्र असन्तुष्टि हुन स

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 118 पटक पढिएको
  • कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘एकता अभियान’, शीर्ष नेताहरुलाई दबाब

    काठमाडौं / नेपाली कांग्रेसका युवा नेताहरुले फुटको संघारमा पुगेको पार्टीलाई एकताबद्ध गर्ने अभियान सुरु गरेका छन् । आइतबार काठमाडौंको बानेश्वरमा भेला भएका नेताहरुले ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका हुन् । ‘राष्ट्रका लागि कांग्रेस, कांग्रेसका लागि एकता’ नारामार्फत अभियान सुरुवात गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिए । सो अवसरमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले पार्टीभित्र लामो समयदेखि बढ्दै गएको मतभेद, अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर बन्दै गएको बताए । सम्मेलनमा उनले नेपाली कांग्रेस अहिले पार्टी एकताको गम्भीर परीक्षणबाट गुज्रिरहेको बताउँदै एकताबिना लोकतन्त्र सुदृढ ह

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 95 पटक पढिएको
  • कांग्रेसभित्र मेलमिलापको अभियान, दुई धारलाई जोड्न युवा नेताहरू सक्रिय

    काठमाडौं । लामो समयदेखि आन्तरिक ध्रुवीकरणले प्रभावित नेपाली कांग्रेसभित्र अब मेलमिलापको नयाँ प्रयास सुरु भएको छ। पार्टीभित्र देखिएको विभाजन अन्त्य गरी संगठनलाई एकताबद्ध बनाउने उद्देश्यसहित युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने’ अभियान घोषणा गरेका छन्।नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, रञ्जित कर्णलगायत युवा नेताहरूको अगुवाइमा सुरु हुन लागेको अभियानले कांग्रेसका फरक धारबीच संवाद, सहकार्य र विश्वासको वातावरण बनाउन पहल गर्ने जनाएको छ।अभियानको पहिलो कार्यक्रमका रूपमा साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने भएको छ। देशभरका पालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुन

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 103 पटक पढिएको
  • किसान आन्दोलनको विरासत जोगाउन ओलीको आह्वान

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूले सुरु गरेको किसान आन्दोलनको विरासतलाई नयाँ उचाइमा पु-याउन आह्वान गरेका छन्।नेपालको किसान आन्दोलनका दुई ऐतिहासिक पात्र तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तको स्मृति दिवसका अवसरमा जारी श्रद्धाञ्जली सन्देशमा ओलीले किसान आन्दोलन कुनै इतिहासको अध्याय मात्र नभई सामाजिक न्याय र समानताको आधार भएको उल्लेख गर्दै त्यसलाई समयअनुसार थप सशक्त बनाउनुपर्ने बताएका हुन्।ओलीले नेपाल कम्युनिस्ट आन्दोलनका अग्रणी नेता तुलसीलाल अमात्यले ‘जसको जोत, उसको पोत’ भन्ने नारामार्फत भूमिहीन र श्रमिक किसानलाई अधिकारका लागि संगठित गरेको स्मरण ग

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 299 पटक पढिएको
  • संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच १३ बुँदे मागपत्र सहमती

    जनकपुर / हिन्दूवादी संगठनहरुको संयुक्त मोर्चा ’हिन्दू मोर्चा’ र नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङबीच १३ बुँदे सहमती भएको छ।शनिबार जनकपुरधाममा बसेको दुई चरणको बैठकमा हिन्दू मोर्चा र सरकरबीच सहमती भएको छ । मोर्चाले दिगो शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आर्थिक सहअस्तित्व प्रवद्र्धनका लागि हिन्दू राष्ट्र गर्नेलगायतका माग राखेकोमा समय सीमा तोकी माग हरु पूरा गर्ने तय भएको छ । सुनसरी घटना पछि हिन्दूवादी संघ संस्थाहरुले धनुषामा पनि विरोध प्रदर्शन गर्दै आएको थियो । स्थिती साम्य गर्न गृहमन्त्रीसहितको टोली आज जनकपुरधाम आएर वार्ता बसेका थिए । सहमती भएसंगै मोर्चाले आन्दोलन तथा विरोधका सम्

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 119 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.