राजनीति

    Showing 10,261-10,270 of 10,379 items.
  • प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्म स्थगित

    काठमाडौं /  प्रतिनिधिसभाको बुधबार बसेको बैठकले विभिन्न मितिमा निधन भएका पूर्व तथा वर्तमान सांसदको शोक प्रस्ताव पारित गरेको छ ।बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्व तथा हालका १४ सांसदको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरेका थिए । दिवंगत सांसदको आत्माको चिरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो ।बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी तथा पूर्व सांसद दीपकबहादुर गुरुङ, डा राममान श्रेष्ठ, मानपुर चौधरी, वीरबहादुर लामा, ॐकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बू, भीमप्रसाद गौतम, कमानसिंह लामा, गङ्गादत्त जोशी, एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा र डा शङ्करप्रसाद उप्

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 102 पटक पढिएको
  • प्रधानमन्त्री संसद बैठक सुरु नै नभइ बाहिरिए

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबारको प्रतिनिधिसभा बैठक नै नबसी फर्किएका छन् । संसद् भवन नयाँबानेश्वरमा करिब १० मिनेट बसेर उनी बाहिरिए । प्रधानमन्त्री ओली सममै संसद् बैठक सुरु नभएको भन्दै बाहिरिएका हुन् ।बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटा र दलका प्रतिनिधिबीच छलफल चलिरहेका बेला प्रधानमन्त्री बाहिरिएका हुन् ।२३ गतेको बैठकमा पनि प्रधानमन्त्री संसद् भवन पुगेर बाहिरिएका थिए । उक्त दिनको बैठकमा करिब ४० मिनेट बसेर उनी बाहिरिएका थिए । संसद् बैठक ठिक समयमा सुरु नभएको भनेर उनी दोस्रो पटक संसद् भवनबाट बाहिरिएका हुन् ।

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 101 पटक पढिएको
  • अब मध्यावधि निर्वाचनको विकल्प छैन : डा. कोइराला

    झपा /  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको बताएका छन् ।   “नेपाल कम्युनिष्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी)मा फर्किए, सहज रुपमा अब संसद् चल्न सक्दैन”, उनले भने, “संसद् चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचनमार्फत भए पनि निकास दिनुपर्छ ।” डा कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 101 पटक पढिएको
  • एमाले र माओवादी केन्द्र दुबैले सर्वोच्चको फैसला पुनरावलोकन नगर्ने

    काठमाडौं/ एमाले र माओवादी केन्द्र दुबै सर्वोच्च अदालतको फैसला विरुद्ध पुनरावलोकनमा नजाने भएका छन् । एमाले फैसला कार्यान्वयनको पक्षमा उभिएपछि माओवादी केन्द्र पनि पुनरावलोकनमा नजाने भएको हो ।सर्वोच्च अदालतले गत आइतबार ऋषिराम कट्टेललाई नेकपाको आधिकारिकता दिएपछि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बदर भएको थियो । सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएको छ ।फैसलाको पुनरावलोकनको पक्षमा देखिएका माधवकुमार नेपाल सहितका नेताहरु समेत एमालेमा फर्किएपछि माओवादी केन्द्र एक्लै पुनारावलोकनमा जानुपर्ने औचित्य नभएको भन्दै नजाने निर्णयमा पुगेको हो ।माओवादी केन्द्रका नेता रामनारायण वि

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 86 पटक पढिएको
  • सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा

    काठमाडौं / गत आइतबार कार्याव्यवस्था परामर्श समितिको बैठक नबोलाएको भन्दै रुष्ट बनेका दलहरुसँग सभामुख अग्नि सापकोटाले परामर्श थालेका छन् ।प्रतिनिधिसभाको आज (बुधबार)को बैठक सहजरुपमा सञ्चालन गर्न सभामुख सापकोटा अनौपचारिक छलफलमा जुटेको उनको निजी सचिवालयले जानकारी दिएको छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी सहित दलका नेताहरुसँग उनले परामर्श गर्दै छन् ।आजको बैठकमा चारै दलका प्रमुख नेताहरुलाई बोल्न समय छुट्याएर सहजै संसद सञ्चालन गर्ने सभामुखको तयारी रहेको छ । आजको कार्यसूचीमा केही अध्यादेश सहित दिवंगत सांसदहरुप्रति श्रद्धाञ्जली समावेश छ ।यो गत आइतबारकै कार्यसूची हो । यसमा संवैधानि

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 103 पटक पढिएको
  • झापामा पनि राखियो एमालेको बोर्ड

    झापा । नेकपा झापाको पार्टी कार्यालयमा एमाले लेखिएको बोर्ड राखिएको छ ।तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साइनबोर्ड फेरेर एमालेको बोर्ड राखिएको हो ।सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो । नेकपा विभाजित भएर अलग–अलग समूह भएपछि कार्यालय बन्द रहेको थियो । आजैदेखि कार्यालय पनि सञ्चालनमा आउने नेकपा एमालेका जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलले बताए ।

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 107 पटक पढिएको
  • रघुजी पन्तविरुद्ध कोमल वलीद्वारा गाली बेइज्जती मुद्दा दायर

    बिर्तामोड/  एमालेका राष्ट्रियसभा सांसद कोमल वलीले एमालेकै नेता रघुजी पन्तविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेकी छन् ।पन्तविरुद्ध आफुलाई यौनि हिंसाजन्य गाली बेइज्जती गरेको भन्दै सांसद वली अदालत पुगेका हुन् । एक सार्वजनिक कार्यक्रममा नेता पन्तले पिडुँला देखाएको भरमा सांसद भएको आपत्तिजनक शब्द बोलेका थिए ।उक्त अभिव्यक्तिको सार्वजनिक रुपमा व्यापक आलोचना भएपछि उनले माफी समेत मागेका थिए । वलीले पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको बताएकी छन् ।वलीले आफ्नो उजुरीमा भनेकी छन् । ‘राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी विपक्षीले जानी जानी मल

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 295 पटक पढिएको
  • विप्लवको सुरक्षामा इन्स्पेक्टर सहित १० जनाको टोली

    बिर्तामोड  / नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवु को सुरक्षाको लागि गृह मन्त्रालयले प्रहरी निरीक्षक(इन्स्पेक्टर)सहित १० जनाको टोली खटाएको छ।गत शुक्रबार सार्वजनिक भएका विप्लव खुला राजनीतिमा आएसँगै उनलाई सुरक्षा दिइएको हो । उनलाई मन्त्रालयको निर्देशन अनुसार आवश्यक सुरक्षा दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।आवश्यक सुरक्षाको व्यवस्थापन मिलाउनू भनेर गृहबाट निर्देशन भएको छ त्यहीअनुसार प्रहरीहरू खटिएका छन्,ु उनले भने, सुरक्षा थ्रेट भन्दा पनि भर्खरै शान्ति प्रक्रियाबाट मूलधारमा आउनुभएको छ। त्यसैले सुरक्षा दिएको हो। महानगरीय प्रहरी परिसर,

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 106 पटक पढिएको
  • ओलीले सुरु गरे सत्ता जोगाउन चलखेल

    काठमाडौं/ सरकार जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले चलखेल सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसँग सोमबार विहान वालुवाटारमै छलफल गरेको स्रोतले बताएको छ ।जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अब आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि ओली संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई दल भन्दा बढीको समर्थनमा प्रधानमन्त्री भन्नुपर्नेछ ।अर्थात अब सदनमा ओलीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने छ । माओवादी केन्द्रले साथ छोड्दा उनी अल्पमतमा पर्नेछन् । त्यसैले विश्वासको मत लिनका ल

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 94 पटक पढिएको
  • एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगको पत्राचार

    काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई निर्वाचन आयोगले पत्राचार गर्ने भएको छ । दुबै दलका नाम र चुनाव चिन्हका लागि सम्पर्कमा आउन पत्राचार गर्ने भएको हो ।नेकपा विवाद टुंग्याउने ठूलो सकस पाएको आयोग अदालतको फैसलाबाट सहज बनेको छ । उसले फैसला कार्यान्वयन गर्ने गरी आयोगले पत्राचार गर्ने तयारी गरेको हो ।अदालतको फैसला अनुसार दुबै दललाई पुनः एकीकरण भएर नयाँ नाम लिएर आउन वा साविककै एमाले र माओवादी केन्द्रको नाम दर्ताका लागि प्रक्रिया अगाडि बढाउन आयोगले मौका दिनेछ । एमालेको सूर्य चिन्ह र माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा नै हुनेछ ।

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 102 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.