पत्रपत्रिका

    Showing 921-930 of 1,254 items.
  • हेलचक्र्याइँ गरे संक्रमण भयावह

    बिर्तामोड ( नागरीक दैनिकबाट) जनस्वास्थ्य मापदण्ड पालनामा लापरबाही जारी रहे छिटै दैनिक ११ हजारजनाका दरले कोरोना संक्रमण बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ। यस्तो प्रक्षेपण राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमबार पत्रकारसँगको भेटघाटमा बताएका हुन्। यस हिसाबले आगामी असारसम्ममा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण हुने आकलन गरिएको छ।मन्त्री त्रिपाठीले बढ्दो संक्रमण नियन्त्रण गर्न कडाइपूर्वक जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरे। ‘कोरोना संक्रमणको दोस्रो लहरको प्रमुख कारणमा लापरबाही नै बढी देखिन्छ’, उनले भने।

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 106 पटक पढिएको
  • विकास खर्च कमजोर

    बिर्तामोड( राजधानी दैनिकबाट) सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत(विकास) खर्च गरेको छ ।सरकारको विकास कार्य तीव्र गतिमा अघि बढ्न नसकेको यसबाट प्रस्ट देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७-७८ को ९ महिने अवधिमा ३० चैतसम्म कुल १ खर्ब ३ अर्ब १२ करोड ९४ लाखमात्र पुँजीगत खर्च भएको हो ।चालू आवका लागि सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख पुँजीगत खर्च विनियोजन गरेको थियो । चालू आर्थिक वर्षका लागि कुल विनियोजत पुँजीगत खर्चको लक्ष्य भेटाउन अझै २ खर्ब ४९ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।पुँजीगतमध्ये अ

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 205 पटक पढिएको
  • कोरोना संक्रमणको जोखिम उच्च : सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

    बिर्तामोड ( राजधानी दैनिकबाट ) छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा बेवास्ता हुँदै आएको छ । जसका कारण कोरोना संक्रमण दर ह्वात्तै बढ्न थालेको छ ।हाल मुलुकका उत्तरी र दक्षिणीतर्फ गरी ३५ सीमानाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै ३२ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । यतिसम्म कि दैनिक रूपमा के कति संख्यामा ती विभिन्न नाकाबाट मानिस आवतजावत गरिरहेका छन् र उनीहरू कहाँ पुगे भन्ने यकिन तथ्यांक सरकारी निकायसँग छैन ।गृह मन्त्रालयअन्तर्गतको सीमा तथा अध्यागमन प्रशासन शाखाका प्रमुख परमानन्द

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 118 पटक पढिएको
  • सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

    बिर्तामोड ( राजधानी दैनिकबाट) सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग समानान्तर रूपमा जसपा नेता छलफलमा भए पनि कोसँग सत्ता सहकार्य गर्ने भन्ने निर्णय अझै गर्न सकेका छैनन् ।जसपा कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले कोसँग मिलेर सरकार निर्माण गर्ने भन्ने विषयमा निर्णय गर्न अहिले आवश्यक नै नभएको बताए । सबै राजनीतिक दलसँग सरकार निर्माणका लागि छलफल भइरहेको बताउँदै उनले आवश्यक समयमा सही निर्णय पार्टीले गर्ने बताए ।‘हाम्रा लागि सबै समान छन् । कसैसँग दोस्ती

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 105 पटक पढिएको
  • एमालेमा नेपाल-खनाल समूहको रणनीति : शक्ति सञ्चयसहित प्रतिरोध

    बिर्तामोड( नागरीक दैनिकबाट) एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर शक्ति सञ्चयमा लागेको हो। नेपाल–खनाल पक्षले देशभर वडा तहसम्मै समानान्तर कमिटी गठन गर्दैछ। सो समूहले समानान्तर कमिटी गठन गर्दा नै सबै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेको छ।नेपाल–खनाल पक्षले ओली पक्ष नवौं महाधिवेशनको स्पिरिटअनुसार अघि नबढेको आरोप लगाएको छ। ‘लोकतान्त्रिक अभ्यासका क्रममा नवौँ महाधिवेशनमा पुग्दा हामीले अलग–अलग प्यानल बनाएर केन्द्रीय कमिटी निर्वाचन गर्‍यौँ। महा

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 98 पटक पढिएको
  • वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटे पनि रेमिट्यान्स बढ्यो

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटे पनि विप्रेषण आप्रवाह भने निरन्तर बढिरहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा विप्रेषण ८.६ प्रतिशतले बढेको छ । चालू आवको आठ महिनाको अवधिमा छ खर्ब ४२ अर्ब १४ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या भने करिब ७५ प्रतिशतभन्दा धेरैले घटेको छ ।नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले बढेर पाँच अर्ब ४५ करोड पुगेको छ । समीक्षा अवधिमा वैद

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 104 पटक पढिएको
  • विभूषणमा चुच्चे नक्सा नराखिएकोमा आपत्ति:पुष्पा भुसाल

    बिर्तामोड( नेपाल समाचारपत्र दैनिकबाट) सरकारले हालै वितरण गरेको विभूषणमा नेपालको नयाँ नक्सा समावेश नगरेपछि सांसदहरूले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले विभूषणमा नेपालको भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा नपरेको सम्बन्धमा प्रधानमन्त्री केपी ओली शर्माले संसद्मा जवाफ दिनुपर्ने माग गर्नुभएको छ ।गत वर्ष नै वितरण गरिनुपर्ने सो पदक कोरोना महामारीका कारण सरकारले केही दिनअघि मात्र वितरण गरेको थियो । पदकमा पुरानै नक्सा भएको भन्दै आलोचना शुरु भएपछि सांसदहरूले पनि यसबारे प्रश्न उठाएका गरेका छन्

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 106 पटक पढिएको
  • तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट)कोभिड–१९ को दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताएका हुन् । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहने भएकाले केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त नहुने भनाइ उनीहरुको थियो ।सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा शिक्षा, विज्ञान

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 102 पटक पढिएको
  • फेरि उठ्यो ‘एमसीसी’ बहस

    बिर्तामोड (कान्तिपुर दैनिकबाट )अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको सम्झौता पारित गर्ने विषयलाई संसद् र प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि बहसका रूपमा प्रवेश गराएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्झौता पारित गर्ने एजेन्डाका रूपमा ल्याउनुपर्ने माग भएकै दिन प्रधानमन्त्री ओलीले पनि सार्वजनिक रूपमै यसबारे अभिव्यक्ति दिँदै सभामुखका कारण अघि बढ्न नसकेको जिकिर गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नेतृत्व गरिरहेको दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसले एमसीसीलाई संसद्को बहसको विषय बनाउनुपर्ने माग गरेका थिए । एमाले सांसद खगराज अधिकारीले एमसीसी संसद्को बिजनेस बनाइयोस्

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 106 पटक पढिएको
  • फेरि बढ्यो जोखिम

     बिर्तामोड ( कान्तिपुर दैनिकबाट) गत वैशाख १ गते लकडाउनका कारण घरमै नयाँ वर्ष मनाइरहँदा २ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । दुई जना थपिँदा पनि ‘अब मरिने भइयो’ भन्दै सर्वसाधारण लामो सास फेर्थे । त्यो दिनसम्म संक्रमितको कुल संख्या १४ मात्र पुगेको थियो ।संक्रमण हुन सक्ने डरले मानिसहरू पसलबाट ल्याएको दूधका प्याकेट होस् वा फलफूल, घाममा राख्ने र धोइपखाली गर्थे । सिधै भान्सामा लैजान डराउँथे । आफन्तलाई भेट्दासमेत कोरोना सर्ने डरले फोन र सामाजिक सञ्जालबाट नयाँ वर्षको शुभकामना साटासाट गरे । नयाँ वर्ष मनाउन न बजार पसल खुलेको थियो, न त रमाइलो गर्न जाने कुनै पार्क नै । कोरोना संक्रमण बढ्न नदिन सरका

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 112 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा