पत्रपत्रिका

    Showing 401-410 of 1,254 items.
  • राजस्व संकलन लक्ष्य भेटाउन सरकार असफल

    बिर्तामोड (रााजधानी दैनिकबाट) सरकार राजस्व संकलनको लक्ष्य भेटाउन असफल भएको छ । गत आर्थिक वर्षमा लिएको राजस्व संकलनको लक्ष्यमा सरकार असफल भएको हो । गत आर्थिक वर्ष २०७७–७८ मा कुल १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकामा कुल ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ, जुन लक्ष्यको ८२ दशमलव ८१ प्रतिशत हो ।सरकारले सो अवधिमा कुल राजस्वमध्ये करतर्फ ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ र अन्य कर राजस्व रकम १ खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मासमक्ष मंगलबार पेस

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 126 पटक पढिएको
  • मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् ।बाह्रबिसे नगरपालिका–६ गातीको जम्बु क्षेत्रमा निर्माणधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त गरेअनुसार प्रभावितहरूको माग पूरा नगरेपछि स्थानीयहरू आयोजनाविरुद्ध आन्दोलित भएका हुन् ।आयोजनाले स्थानीयलाई रोजगारी दिने, स्थानीयबाट निर्माण सामग्री आपूर्ति गर्ने, सामाजिक उत्थानका कामहरू गर्ने लगायतका विभिन्न विषयमा स्थानीय प्रभावितसँग लिखित र मौखिक सहमती गरेको थियो । आयोजनाले प्रतिबद्धता गरेका विषयहरू पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रने बाह्रबिसे नगरपालिका–५ का अध्यक्ष बेलबहादुर रोक्काले चेतावानी दिएक

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 146 पटक पढिएको
  • एमाले महाधिवेशनः ओली सर्वसम्मतको पक्षमा, अरुमा रस्साकस्सी

    बिर्तामोड (अन्नपूर्ण पोष्ट दैनिकबाट) एमाले नेताहरूले १०औँ महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन् । तर सहमतिमा अन्य पदाधिकारी को को आउलान् ?१० बुँदे सहमति गरेका र माओवादीबाट आएका नेताहरूको व्यवस्थापन कसरी होला भन्ने चासोको विषय बनेको छ ।महाधिवेशनबाट अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने गृहकार्य भइरहेको छ । उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले अध्यक्षमा उठ्ने सङ्केत गरेका छन् । तर, अध्यक्षमा ओलीको मात्र उम्मेदवारी हाल्ने र सर्वसम्मत अध्यक्ष घोषणा गर्ने तयारीमा नेताहरू जुटेका छन् ।चितवनमा मङ्सिर १० देखि १३ गतेसम्म हुने महाधिवेशनबाट

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 116 पटक पढिएको
  • एआइजी पाललाई सिध्याउन प्रहरीभित्रै षडन्त्र

    बिर्तामोड (नागरिक दैनिकबाट) नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा फसाएर पक्राउ गरी वृत्ति विकास सिध्याइदिने प्रयास भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा मुद्दा लगाउन खोजिएको हो। प्रहरी महानिरीक्षक शैलेश थापा भारत भ्रमणमा जाने र त्यहीबीचमा निमित्त प्रमुखको जिम्मेवारी पाएका अधिकृतमार्फत यो ‘पक्राउ पुर्जी’ जारी गर्नेसम्मको तयारी भएको खुल्न आएको छ।प्रह

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 155 पटक पढिएको
  • सिभिल ठगी मुद्दाः ५ अर्ब ५३ करोड ठगीको जाहेरी

    बिर्तामोड (राजधानी दैनिकबाट) सिभिल ग्रुपको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी आउने क्रम बढ्दै गएको छ । गत १४ कात्तिकसम्ममा सिभिल ग्रुपबाट ठगिएको भन्दै सीआईबीमा १३ सय ६४ जनाको जाहेरी परेकोमा सोमबारसम्म आइपुग्दा १४ सय ४१ जनाले ठगिएको भन्दै जाहेरी दिएका छन् ।तीन वर्ष अघिदेखि रकम फिर्ता नपाएको भन्दै सिभिल ग्रुपको ठगीका विषयमा जाहेरी पर्न थालेपछि सीआईबीले सो संस्थाका सञ्चालकसहितका कर्मचारीलाई पक्राउ गरेको थियो । हाल १२ जना पूर्वकर्मचारी र हाल कार्यरत कर्मचारी सीआईबीको अनुसन्धानको दायरामा छन् ।सीआईबीले सिभिल ग्रुपका सञ्चालक तथा नेकपा एमाल

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 127 पटक पढिएको
  • बिजुली पाएपछि होङ्शीले २० अर्ब लगानी थप्दै

     काठमाडौं(आर्थिक अभियान दैनिकबाट ) । व्यावसायिक उत्पादन शुरू गरेको ३ वर्षपछि बिजुली पाएको होङशी शिवम् सिमेन्ट उद्योगमा थप लगानीसहित क्षमता विस्तार गरिने भएको छ । हालको उत्पादन क्षमतालाई दोब्बर बनाउन उद्योगमा रू २० अर्बभन्दा बढी लगानी थप गर्न लागिएको हो । यसअघि उद्योगमा रू ३६ अर्ब लगानी भइसकेको छ ।२०७५ जेठदेखि व्यावसायिक उत्पादन थालेको उद्योगले हालसम्म डिजेलको प्रयोगबाट सिमेन्ट उत्पादन गर्दै आएको थियो । उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले शनिवार रातिदेखि ३० मेगावाट विद्युत् उपलब्ध गराएको छ ।नवलपरासीको सर्दीस्थित उद्योगबाट अहिले दैनिक ६ हजार मेट्रिकटन सिमेन्ट उत्पादन हुँदै आएको छ । उद्योगल

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 162 पटक पढिएको
  • एमालेको महाधिवेशन प्रतिनिधि चयन ‘सर्वसम्मत’

    बिर्तामोड (आजको कान्तिपुर दैनिकबाट) नेकपा एमालेको दसौं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया सुरु भएको छ । महाधिवेशन कार्यतालिकाअनुसार एमालेले शनिबार एकसाथ देशभर प्रतिनिधि चयनको मिति तय गरेको थियो । धेरै ठाउँमा सर्वसम्मत प्रतिनिधि चुनिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।विवादका कारण प्रतिनिधि चयन हुन नसकेका जिल्लामा निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएको छ । ‘शनिबार देशैभरि प्रतिनिधि चयन प्रक्रिया प्रारम्भ भयो, मूलतः विभाग, जनसंगठन र विशेष कमिटीमा सर्वसम्मतिले प्रतिनिधि चयन भएका छन् । करिब ३० जिल्लाले सहमति गरेर प्रतिनिधिको नाम केन्द्रमा पठाएका छन्,’ तामाङले भने, ‘भूगोलक

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 129 पटक पढिएको
  • पेट्रोलियम प्रतिस्थापनलाई अवसर तर पूर्वाधार कमजोर

    बिर्तामोड (आजको कान्तिपुर दैनिकबाट)  विद्युत् प्रयोगलाई प्राथमिकता दिन भन्दै सरकारले २०७८र७९ को बजेटमार्फत विद्युतीय सामग्रीमा लाग्ने भन्सारदर घटायो । इन्डक्सन चुलो, रेफ्रिजेरेटर, हिटरजस्ता घरायसी प्रयोगका विद्युतीय सामग्रीमा १० प्रतिशतसम्म भन्सार घटाइएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत्को उपभोग बढाउन किस्ताबन्दीमा सस्तो मूल्यमा इन्डक्सन चुलो उपलब्ध गराउने योजना बनाइरहेकी छन् । उनका अनुसार मन्त्रालयले यसको प्रारम्भिक चरणका प्रक्रियागत काम थालिसकेको छ । मन्त्रालय तथा मातहतका निकायमा विद्युतीय सवारी मात्रै खरिद गर्ने र देशभर चार्जिङ स्टेसन बनाउने घोषणा पनि मन्त्री

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 126 पटक पढिएको
  • जबरालाई गेटमै छेक्ने बारको तयारी

    बिर्तामोड (आजको कान्तिपुर दैनिकबाट) नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ । जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेको थियो । तर जबरा अर्को गेटबाट सर्वोच्च छिरेका थिए । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि जबरालाई सर्वोच्च प्रवेशमा निषेध गर्न धर्ना दिने बताए । ‘सकेसम्म सर्वोच्च अदालतभित्रै छिरेर गेटमा धर्ना दिन्छौं । गत शुक्रबारजस्तै प्रहरी खटाएर भित्र जान रोके भने बाहिरै धर्नालाई जारी राख्छौं,’ उनले भने । अदालत भवन र नेपाल बार

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 119 पटक पढिएको
  • भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ ९भारू २०० सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो ।बिहीवार साँझ भारतको ६ः३० बजेदेखि ६ः४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । ‘सबै विद्युत् २० भारूमा नै विक्री भएको भने होइन । मार्केटअनुसार फरकफरक दरमा विद्युत् विक्री भइरहेको हुन्छ,’ उनले भने, ‘त्यस क्रममा उक्त अवधिको बिजुली त्यस मूल्यमा विक्री भएको हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’भा

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 131 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा