पत्रपत्रिका

    Showing ४०१-४१० of १,२६७ items.
  • कोरोनाले १ सय ६९ बालकालिका अभिभावकविहीन

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) कोरोना संक्रमणका कारण १ सय ६९ बालबालिका अभिभावकविहीन भएका छन् । ७ सय ५३ वटै स्थानीय तहमा गरिएको अनुसन्धानमा ती बालबालिका अभिभावकविहीन भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले ती बालबालिकालाई व्यवस्थापन गर्न आवश्यक पहल गरेको जनाएको छ ।अन्तर्राट्रिय बाल अधिकार दिवसको अवसरमा परिषद्ले सार्वजनिक गरेको ‘नेपालमा बाल अधिकार स्थिति प्रतिवेदन’मा कोरोना संक्रमणका कारण सयौं बालबालिका समस्यामा रहेको उल्लेख छ । परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले कोरोना संक्रमणका कारण अभिभावक गुमाएका बालबालिकालाई अभिभावकत्व दिलाउन पहल भइरहेको जानकारी दिए । परिषद्ले

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • १९२ पटक पढिएको
  • सुरुङमार्ग निर्माणः काठमाडौंका सिडिओको छड्के

    बिर्तामोड ( राजधानी दैनिकबाट) सबैतिर चासो भए पनि नेपालको पहिलो सुरुङमार्ग आयोजना नागढुंगा सुरुङ मार्ग अहिले सुस्ताएको अवस्थामा छ । कुनैबेला यो आयोजनाले निकै गति लिएको थियो तर एकाएक आयोजनाको निर्माण कार्य कछुवाको गतिजस्तै भएपछि शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाललगायतको सरकारी उच्च टोलीले आयोजना स्थल पुगेर आकस्मिक छड्के मात्रै गरेनन्, सो आयोजना छिटोभन्दा छिटो सक्न आयोजनाका कर्मचारीहरूलाई निर्देशनसमेत दियो ।सो आयोजना हाल निर्माणको क्रममा भए पनि कामकारबाही अत्यन्तै सुस्त भएको भन्दै चौतर्फी गुनासा आएका थिए । २०७६ असोजमा नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा एन्डो कर

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • १९५ पटक पढिएको
  • आउन सकेन संघीय निजामती ऐनः अझै पनि जालझेल

    बिर्तामोड (राजधानी दैनिकबाट) सरकारी अधिकारीहरूको अकर्मण्यताका कारण मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानूनका रूपमा रहेको संघीय निजामती सेवा ऐन आउन सकेको छैन ।प्रतिनिधि सभामा पेश भइसकेको संघीय निजामती सेवा विधेयकलाई पारित गर्नुको साटो सरकारले उल्टै फिर्ता लिएर संघीय निजामती कानून तत्कालका लागि ल्याउने बाटो अवरुद्ध गरेको हो ।सरकारले दूरगामी महत्त्वको यो कानून संसद्लाई छलेर अध्यादेशमार्फत ल्याए त्यसले प्रशासन सुधारमा गम्भीर धक्का लाग्न सक्ने विश्लेषण गरिएको छ ।सरकारको सो कार्य झालझेलपूर्ण र अलोकतान्त्रिक हुने विज्ञहरूको आरोप छ । २ वर्षसम्म लामो गृहकार्यपश्चात् तयार पारिएको संघीय निजामती सेवा

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • १९८ पटक पढिएको
  • यी राजमार्गमा ६ महिनामा तयार हुँदैछन चार्जिङ स्टेशन

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो ।प्राधिकरणका अनुसार स्टेसन रहने स्थानको पहिचान गरिएको छ । चार्जर मेसिन खरिदको सम्झौता भइसकेको छ । हाल स्टेसनमा विद्युत् लाइन पुर्याउने काम भइरहेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, “स्टेसनमा विद्युत् लाइन पुर्याउने काम भइरहेको छ । रफ्तारमै काम भइरहेकाले छ महिनाभित्र सम्पन्न हुन्छ ।”उनका अनुसा

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • २४६ पटक पढिएको
  • नेपाली वैज्ञानिकहरु दोस्रो भूउपग्रह प्रक्षेपणको तयारीमा

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिकहरु जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ ।सबै काम निर्धारित समयमा सम्पन्न भए सन् २०२२ सम्ममा स्याटेलाइट प्रक्षेपण गर्ने तयारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० को छ । नास्टको सहयोगमा डा। आभास मास्केसहित १० जना नेपाली युवा वैज्ञानिकहरु भूउपग्रह निर्माणमा तल्लीन छन् । यसअघि जापानको क्युटेक विश्वविद्यालयसँग मिलेर ‘नेपाली स्याट–१’ निर्माण गरी अमेरिकाबाट प्

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • २०८ पटक पढिएको
  • फेरि नेतृत्वमा दोहोरिन देउवालाई कति सजिलो ?

    बिर्तामोड (नागरिक दैनिकबाट) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीमा जुटेसँगै सभापतिमा दोहोरिन देउवालाई थप सहज हुने उनी पक्षका नेताको बुझाइ छ ।संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। निधि र श्रेष्ठ सभापतिको प्रतिस्पर्धामा अन्तिमसम्म मैदानमा टिकिराखे भने देउवाका लागि नेतृत्वमा दोहोरिन कठिन हुनेछ ।१३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै कृष्णप्रसाद सिट

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • २०३ पटक पढिएको
  • कांग्रेस महाधिवेशनः केन्द्र र प्रदेश प्रतिनिधिबाट दुई करोड उठ्दै

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडौं रुपियाँ संकलन गरिरहेको सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ गतेदेखि २६ गतेसम्म हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिबाट मात्रै करिब १ करोड ३५ लाख रुपियाँ संकलन गर्ने भएको छ ।महाधिवेशनका लागि १ सय ६५ निर्वाचन क्षेत्रबाट २५ जनाको दरले ४ हजार १ सय २५ जना प्रतिनिधि आउँदै छन् ।७७ जिल्ला सभापति, केन्द्रीय समितिका सबै जना, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाबाट आउने प्रतिनिधि र विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधि गरी महाधिवेशनमा करिब ४ हजार ५ सय जना प्रतिनिधिको नामावली दर्ता हुन्छ । 

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • १८४ पटक पढिएको
  • एमाले महाधिवेशनः पदाधिकारी मिलाउन ओलीलाई सकस

    बिर्तामोड ( नागरिक दैनिकबाट) नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो।वर्तमान अध्यक्ष केपी ओलीले दसौँ महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन्। तर वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा सोचेभन्दा धेरै आकांक्षी देखिएका छन्। तर अहिलेसम्म आकांक्षी कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन्।वर्तमान उपाध्यक्ष भीम रावलले गृहजिल्ला अछाम पुगेर दसौँ महाधिवेशनमा

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • २०४ पटक पढिएको
  • गोलाप्रथा लागु गर्न निर्देशिका संशोधनमा छलफल

    बिर्तामोड (नागरीक दैनिकबाट ) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग कायमै राख्दै न्यायाधीशहरूले गोलाप्रथाबाट पेसी तोक्न निर्देशिका र नियमावली परिवर्तन गर्नुपर्ने विषयमा छलफल गरेका छन्। उनीहरूबीच बुधबार भएको छलफलमा गोलाप्रथाद्वारा पेसी तोक्ने प्रक्रियामा भएका अवरोधबारे विमर्श भएको छ।  तीन सातादेखि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेरेका न्यायाधीशले फुलकोर्ट बैठक बसेर गोलाप्रथाका लागि प्रक्रिया अघि बढाउन सहमति जनाएका छन्। गोलाप्रथाबाट पेसी तोक्न सर्वोच्च अदालतको निर्देशिका र नियमावली संशोधन गर्नुपर्छ। निर्देशिका र नियमावली संशोधनका लागि फुलकोर्ट बैठकले पारित गर्नुपर्ने का

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • १९७ पटक पढिएको
  • प्रिमियम बढाउन बैंकहरूको अनुचित दबाब

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट)  कोरोना महामारी उत्कर्षमा रहेका बेला लगानीका क्षेत्र खुम्चिरहँदा ऋणीप्रति उदार व्यवहार देखाएका बैंकहरू अहिले व्यवसायीलाई कस्ने नियतमा लागेका छन् । कोरोना महामारी मत्थर भएसँगै उद्यम व्यापारले गति लिन थालेको छ । यो बेला बैंकहरूले तरलता अभावलाई कारण देखाएर लिमिटमा भएको रकमसमेत दिन नमानेको गुनासो औसत व्यवसायीको छ ।बैंकहरूले ऋणीलाई प्रिमियम दर बढाउन दबाब दिन थालेको वीरगञ्ज उद्योग वाणिज्य संघले बताएको छ । संघले यसबारेमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेरै ध्यानाकर्षण गराए पनि ती निकायले सुनुवाइ नगरेको संघको बैंक तथा वित्तीय समितिका संयोजक आशि

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • १९४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.